विचार

  • क्रान्तिकारी युगपुरुष : फिडेल क्याष्ट्रोलाई किन सम्झने ?

    बिसौं शताब्दीको उत्तराद्र्धदेखि बिश्व राजनीतिक रंगमञ्चमा प्रभावकारी रुपमा छाएका क्रान्तिकारी नेता कमरेड फिडेल क्याष्ट्रोको निधन वास्तवमा एक युगको अन्त्य हो । आफु राजनीतिकरुपमा सक्रिय रहेको त्यो कालखण्डभरी एकजना महाकाय ब्यक्तित्वले बिश्व महत्वका सबै बिषयहरुका बीच तीब्र गतिमा कदम अघि बढाउँदै हिडेको देखिन्थ्यो । यस प्रकृयामा क्याष्ट्रोले एकछिन पनि एकजना क्रान्तिकारी कम्युनिष्टको नाताले मानबताको पूर्ण मुक्ति र स्वतन्त्रताका लागि काम गर्ने लक्षलाई आफ्नो आँखाबाट पटक्कै ओझेल हुन दिएनन् । हुन त अब ...
  • विद्यार्थी, विद्यार्थीको सेमिनारमा जाने कि नेताको कार्यक्रममा ?

    जापानमा कुकको समस्या जति छन् विद्यार्थीको समस्या पनि त्यतिकै छन् । कुक र विद्यार्थीको मात्र होइन, साहुजीको पनि समस्या उत्तिकै छन, डिपेन्टेन्टहरूको पनि समस्या उत्तिकै छन् । साेही अनुरूप हरेकले आ–आफ्नो ठाउँमा समस्याहरु भोग्दैछन् । त्यसैले त म भन्छु-'जिन्दगी भोगाईहरुको थुप्रो हो' । मानिस, समय र ठाउँ अनुसार भोगाई फरक–फरक होलान तर भोगाईहरुमा समस्या मिश्रित हुन्छन नै । केही समय अगाडिको आँकडा अनुसार जापानमा नेपालीहरुको संख्या करीव ६५ हजार नाघिसकेको छ अनि त्यसमा विद्यार्थीहरुको संख्या करीव २० हजार बढी छ...
  • क्याष्ट्रोको निधन पछि कसरी अघि बढ्ला क्यूबा ?

    बिश्व चर्चित क्यूबाली क्रान्तिका महानायक क्रान्तिकारी राजनेता फिडेल क्यास्ट्रोको जन्म १३ अगस्ट १९२६ मा भएको थियो । यही २६ नोभेम्बर २०१६ का दिन उनको देहबसान भयो । वास्तवमा उनी क्यूबाली क्रान्तिका अग्रज नेता र प्रमुख प्रणेता थिए । उनी १९५९ को फेब्रुअरीदेखि १९७६ को डिसेम्बरसम्म क्यूबाको प्रधानमन्त्री र त्यसपछि क्यूबाको राष्ट्रपति रहे । उनले २००८ मा स्वेच्छाले पदत्याग गरे । उनी बाचुञ्जेल क्यूबाको कम्युनिस्ट पार्टीको प्रथम नेता रहेका थिए । क्यास्ट्रोलाई विश्वमा अमेरिकी साम्राज्यवाद विरोधी एक सशक्...
  • यात्रा अनुभूतिः प्रसंग पश्चिम यात्राको

    परिचित व्यक्तिहरूसँग यात्रा गर्न म निकै रुचाउँछु । त्यो भन्दा बढी म अपरिचित सितको यात्रामा रमाँउछु । र त बढिजोसो दसैँ–तिहारमा एक्लै घर पुगेँ अनि फर्किएँ । यस वर्षको दसैँमा पनि एक्लै घर जाने योजना बनेको थियो मेरो । तर, काठमाडौँदेखि महेन्द्रनगरसम्म भने भाईहरुसित यात्रा गर्न पाएँ । हुन त एक्लै भारतको टनकपुरसम्म गई धनपैसा कमाएर घर जिल्ला बाजुरासम्म पुर्‍याउने मेरा पैदलयात्री पुर्खाहरुका अगाडी काडमाडौँबाट २ दिनको बस यात्रा र २ दिन पैदल हिड्नु निकै झिनो कुरा हो । काठमाडौँ देखिकै जामका कारण कुरिनटार ...
  • जापानको साथीलाई खुल्ला पत्र

    प्रिय साथी रबिन ! हरियो पासपोर्टले यो दुर देशमा जुराईदिएको हाम्रो निकटको मित्रता र आत्मीयतालाई सायद भविष्यका हाम्रा छु्ट्टा-छुट्टै गन्तव्यहरुले पनि छुटाउन र हामीलाई दुर पार्न पक्कै सक्दैनन् । रबिन केही दिन अघि तपाईको निमन्त्रणालाई स्वीकार गर्दै तपाईको कुटी (रबिन निवास) मा बसेको अघिल्लो साहित्यिक बसाईको मीठो सम्झना मनभरी संगालेर ती बसाईहरुमा रबिनमा मैले भेटाएको सामाजिक चिन्तन र सक्रियताले म नतमस्तक छु । साथी रबिन ! आज फेरि मैले समुद्रपारि डट कम मार्फत अर्को भेंटको निमन्त्रणा स्वरुप तपाइँलाई...
  • पत्रकारको न्यूनतम पारिश्रमिक पूर्ण कार्यान्वयनमा चुनौती

    काठमाडौँ –“सूचना विभागमा प्रेस परिचयपत्र बनाउन जाँदा न्यूनतम पारिश्रमिक तलब खुलाएको नियुक्तिपत्र पेस गर्नुपर्छ, मेरो सञ्चार गृहले तोकिएभन्दा कम तलबसहितको नियुक्तिपत्र दिएकाले मैले सिंहदरबार छिर्ने प्रेस पास बनाउन पाएको छैन ।’’ एक निजी टेलिभिजनमा कार्यरत पत्रकारको यो गुनासो अन्य पत्रकारका सन्दर्भमा पनि मिल्छ । सरकारले निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० अझै पनि धेरै सञ्चार माध्यममा दिन थालिएको छैन तर पनि पत्रकारहरुले खुलेर त्यो कुरा भन्न सक्दैनन् । सायद, उनीहरुलाई जागिरको ...
  • लोकतन्त्रलाई लज्जाजनक तुल्याउदैछ लोकमान प्रकरणले

    लोकतन्त्र आज लोकमान प्रवृत्तिको प्रत्यक्ष तथा अप्रत्यक्ष अवतारहरुमै अल्झिएर हल न चलको सिकार भएको छ । महाअभियोग लगाउने र लगाइमाग्ने दुवै लोकमान प्रवृत्तिकै प्रतिरुप हुन् । भ्रष्टाचारीहरुको पारस्परिक लडाई झगडामा जनता र देश कहिलेसम्म सताइने हुन् कुनै ठेगान छैन । लोकमान प्रवृत्ति वास्तवमा सत्ताका विभिन्न महत्त्वपूर्ण अंगप्रत्यगमा बसेर लोकतन्त्रलाई बद्नाम गर्ने, त्यसको खिल्ली उडाउने, भ्रष्टाचारलाई संस्थागत गर्ने र आफ्ना विरुद्ध रहेका र रहन सक्नेहरुको मान मर्दन गर्दै रहने बिल्कुलै गलत प्रवृत्ति हो । अ...
  • प्रवासको दसैं, खै के खै के ? (दसैं अनुभव)

    दसैं मात्र यस्तो चाड हो, जसले के स्वदेश के बिदेशमा रहेका नेपाली मनहरुलाई एक पटक आफ्नो बाल्यकाल र जन्मघरको स्मरण गराएरै छोड्छ । घरका बाबुआमा जतिसुकै अभावको भुङ्ग्रोमा पिल्सिएको भए पनि अबोध बाल्यकालको बेला दसैंले ल्याउने उमंग, उच्छबास र खुशीयालीको वर्णन गरेर साध्य छैन । संभवतः हरेकको जीवन भोगाईमा मेल खाने यस तथ्यले गर्दा नै दसैंले बाल्यकाल र त्यो जन्मघरको स्मरण गराउँदो हो । निलो आकाशमुनि दसैंको घमाइलो मौसम, लहलह झुलेका धानका बाला, नौरथाभरि गुञ्जिने मालसिरीको धुन, नजिकैको कोट घरमा मानिसहरुको चहलपहल...
  • त्यो बेलाको दसैं ! अाहा, त्यस्तो पो दसैं

    खरले छाएको पुरानो घर भएपनि लिपपोतको लागि चटारो । कतै रातोमाटोले लिप्ने त कतै कमेरो । पुराना ब्याट्री फुटालेर काली बनाउने अनि चिटिक्क पारेर झ्यालढोका कालो रंले रङ्ग्याउने । पिंढी र आँगन लिप्नका लागि कुवापानी (ठाउँको नाम) बाट चाम्रे माटो ल्याईन्थ्यो । दसैंंको टिकाको दिनमा पाँच रुपैयाँको नयाँ नोट दक्षिणास्वरुप दिने सर्तमा एकदुुई खेप माटो बढी बोकिन्थ्यो । सबै गाउँलेहरु घरआँगन, करेसा सरसफाईमा व्यस्त हुन्थे । कमेरोखोलामा कमेरो माटो लिन जाने, जैथुम्का (ठाउँको नाम) को डाँडामा रातो माटो लिन जानेको भिड अन...
  • नेपाल–भारत सम्बन्ध र प्रचण्डको आसन्न भ्रमण !

    इतिहास अनुसार नेपाल–भारत सम्बन्ध झन्डै तीन हजार वर्ष अघिदेखि रहदैं आएको मानिन्छ । दुई देश बिच कहिल्यै अन्त्य नहुने चिरस्थायित्व शान्ति, मेलमिलाप, माया, मंमता, सास्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक लगाएतका विभिन्न खालका गतिविधिमा नेपाल–भारतको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहदै आएको मानिन्छ । सुरुमा नेपालसँगको ब्रिटिस व्यापारिक स्वार्थ मात्र नभएर तिब्बतको बजारमा पुग्नको लागि भारतले नेपालको भूमिहरु प्रयोग गदैं आएको थियो । त्यस समयमा नेपाल–भारतको सम्बन्ध औपचारिक रूपमा अघि बढ्न सकेको थिएन । विश्वका अ...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित