पत्रपत्रिकाबाट

  • कांग्रेससँग दूरीपछि वैद्यसँग निकटता

    सुधीर शर्मा काठमाडौ, पुस २७ - पार्टीभित्र मोहन वैद्य पक्षसँग 'निर्णायक संघर्ष' मा उत्रिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकाएक किन उनीहरूसँगै एकता गर्न अग्रसर भए ? फुटको संघारमा पुगेको पार्टीलाई जोगाउनु त एउटा उद्देश्य होला, अर्को कारणचाहिँ यसबीचमा प्रमुख प्रतिपक्षी कांग्रेससँग बढेको दूरी पनि हो । दाहालसामु दुइटा विकल्प थिए: शान्ति र संविधानको प्रक्रियामा कांग्रेस, एमालेसँग लचिलो भई वैद्य पक्षलाई टाढा हुत्याउने कि शान्ति/संविधानमा कडा नीति लिएर उक्त समूहलाई फुट्नबाट जोगाउने । उनले दोस्रो ...
  • वैद्य पक्षलाई सरकारमा ल्याउने तयारी

    गंगा बीसी काठमाडौ- माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बाबुराम भट्टर्राई नेतृत्वको सरकार बदले आफूलाई 'पाप लाग्ने' भन्दै यसैलाई राष्ट्रिय स्वरूपको सरकार बनाउन प्रयास गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार संस्थापन पक्षको भेलामा पोलिटब्युरो सदस्यहरूले मुख्य नेतृत्वले सरकार परिवर्तन गर्न लागेको प्रश्न उठाएपछि उनले त्यो हल्लामात्रै भएको दाबी गरेका हुन् । 'बाबुरामजीको नेतृत्वको सरकार फेरे मलाई पाप लाग्छ,' दाहाललाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, 'हिजोआ...
  • ईन्टरनेट र फेसबुकको अश्लिल फोटो मेरो होइनः अञ्जु पन्त

    अञ्जु पन्त नेपाली सुगम संगीतको क्षेत्रमा पछिल्लो समयमा निक्कै चर्चित नाम हो । कहिले आफुले गायका गीतका कारण कहिले पारिवारिक सम्बन्ध र कहिले व्यक्तिगत जीवन शैलीका कारण चर्चामा आइरहने अञ्जु पन्तसँग उज्यालो सहकर्मी सूर्यकुमार क्षेत्रीले गरेको कुराकानी  । हिजो आज केमा व्यस्त हुनुहुन्छ ? गीत रेकर्डिङ्गको काम धेरै छ । अनि स्टेज प्रोगाममा पनि निक्कै व्यस्त छु । एक दुई महिना अघि म बिरामी भएँ थलै परे । त्यतिवेला देखि थुपि्रएका गीत पनि गाउन बाँकी छन् । तिनै गीत गाइरहेकी छु । अञ्जु पन्तको त श...
  • राष्ट्रिय पंक्षी डाँफेको मासु प्लेटको ३ सय

    निमेन्द्र शाही  बाजुरा –  बाजुरामा बन्यजन्तुको चोरी सिकारी बढेको छ । सिकारीहरुले सदरमुकाम मार्तडी र कोल्टी बजारमा राष्ट्रिय पंक्षी डाँफे सहित मुनाल, कालिज घोरल, बनेल लगायतको मासु बिक्री गर्न थालेका छन् । सदरमुकाम मार्तडीमा कालिजको मासु प्रति केजी पाँच देखि आठ सयसम्ममा बिक्री हुने गरेको छ भने सिकारीहरुले डाँफे र मुनालको मासु १५ सय देखि दुईहजार रुपैँयासम्ममा बेच्ने गरेका छन् । डाँफे र मुनालको मासु बजारमा धरै बिक्ने भएकोले मुल्य पनि बढी भएको मार्तडीका एक युवाले बताए । पकाएको मासु प्रति प्...
  • वैद्य पक्षका सभासद् विरोधमै

    काठमाडौं- एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ ले सहमति जनाएका विषयको माओवादीकै सभासद्ले विरोध जनाएका छन्। प्रचण्ड संयोजक रहेको विवाद समाधान उपसमितिले गरेका सहमतिलाई संवैधानिक समितिबाट अनुमोदन गराउन खोज्दा सोमबार वैद्य पक्षधर सभासद्ले विरोध गरेका हुन्। आफ्नै सहमति माओवादीले आफैं उल्ट्याउँदै गएको आरोप अन्य दलले लगाइराखेका बेला संवैधानिक समितिको सोमबार बिहानको बैठकमा उपसमितिबाट सहमति भएका निर्णय अनुमोदनका लागि प्रस्तुत हुनासाथ वैद्य पक्षधर विरोधमा उत्रिएका थिए। अन्य साना ...
  • भट्टराई एक्लिँदै

    नारायण वाग्ले काठमाडौं, पुस २६- अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्ट पक्षका नेता मोहन वैद्यसँगको 'कार्यदिशा'को अन्तरविरोध थाती राखेर कार्यक्रमिक रुपमा एकढिका हुने सहमति गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराई स्वतः दबाबमा पर्ने भएका छन्। दाहाल-वैद्य सहमति भनेको शान्ति र संविधानबारे वैद्यका असहमतिहरूलाई सम्बोधन गर्न अन्य दलहरूसँग 'आत्मसमर्पण' नगर्ने हो। त्यसको मार प्रधानमन्त्री भट्टराईमाथि पर्नेछ।  माओवादीले भट्टराईलाई दिने दबाब यसअघि अन्य दलहरूसँग भएका सहमतिभन्दा फरक प्रकृतिका हुने निश्चित छ।...
  • ‘राजनीतिले जनता निराश’

    काठमाडौ - देशव्यापी रूपमा गरिएको एक जनमत सर्वेक्षणले नेपालको राजनीतिले जनतामा निराशा बढाउँदै गएको देखाएको छ । इन्टरडिसिप्लिनरी एनालिस्ट (आईडीए) ले गरेको पछिल्लो सर्वेक्षणले राजनीतिक संरचनाले ल्याएको जनअसन्तुष्टि विस्तारै निराशामा परिवर्तन भइरहेको देखाएको हो । सर्वेक्षणमा सहभागी जनसंख्याको ठूलो हिस्साले देश गलत दिशामा गइरहेको देखाएको छ । जुनै दलको सरकार भए पनि जनताका निराशा हटाउन केही नगरेको उनीहरू ठान्छन् । सन् २०१० अगस्ट, २०११ का फेब्रुअरी र जुनमा गरिएका सर्वेक्षणमा ३५ जिल्लाका ३० हजार जनाला...
  • मेजरभन्दा माथिको पद दिन सकिन्न: सुशील कोइराला

    काठमाडौ - कांग्रेस सभापति सुशील कोइरालाले माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्दा मेजरभन्दा माथिको पद दिन नसकिने बताएका छन् । माओवादीसंग पनि बढीमा मेजरसम्मको पद दिने सहमति भएको दाबी गर्दै कोइरालाले पछिल्लो समय माओवादीले दर्जा निर्धारणबारे उठाएका विषय शान्तिप्रक्रिया अघि नबढाउने ‘बाहानाबाजी’ मात्रै रहेको बताए । ‘प्रचण्ड (माओवादी अध्यक्ष पुष्पकमल दाहाल) जी समेतको उपस्थितिमा धेरैपटकको सल्लाह र व्यापक छलफलबाट मेजर पदसम्म दिने सहमती भएको हो,’ आईतबार सानेपानस्थित केन्द्रिय कार्यालयमा आयोजित एक...
  • माओवादी पार्टी नफुटाउन दाहालको प्रयास जारी

    काठमाडौं - एकीकृत माओवादीभित्रको अन्तर्विरोध हल गर्न कार्ययोजना र कार्यक्रममा एक हुन दुई पक्ष सहमति नजिक पुगेका छन्। अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यबीच आइतबार भएको छलफलपछि पार्टीलाई एक ढिक्का बनाउने सहमति भएको हो। दाहाल निवास नयाँ बजारमा भएको छलफलमा दुबै पक्षका नेताहरू सहभागी थिए। शान्ति र संविधानमा अवरोध आए संघर्षबाट अघि बढ्नेमा दुबै पक्ष सहमत भएका हुन्। उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता अमिक शेरचन लगायतसँग छलफल गरेर पुनःबस्ने...
  • सीआरबीटी चोर्ने गिरोह

    सुशील पौडेल काठमाडौ- म्युजिक कम्पनी सञ्चालक र दूरसञ्चारका केही कर्मचारीको मिलेमतोमा मोबाइल प्रयोगकर्ताको पासवर्ड अवैध प्रयोग गरी कलर रिङ ब्याक टोन (सीआरबीटी) चोरी हुने गरेको छ । सुन्दै नसुनेका गीत हजारौं पटक डाउनलोड हुन तथा सीआरबीटी सेवा नै नलिएका उपभोक्ताको मोबाइलमा त्यसबापतको पैसा काटिन थालेपछि यस्तो खुलेको हो । सीआरबीटी डाउनलोडको कान्तिपुरलाई प्राप्त रेकर्डमा बढी मात्रामा दुई व्यक्तिका नाममा रहेका इन्टरनेट सेवा प्रयोग भएको पाइएको छ । तिनीहरूका आईपी (इन्टरनेट प्रोटोकल) एड्रेस पहिचान गर्द...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित