पत्रपत्रिकाबाट

  • माओवादी ‘जनसत्ता’का घरजग्गालाई मान्यता

    काठमाडौ - सशस्त्र युद्धका बेला माओवादी 'जनसत्ता' ले गरेका घरजग्गा किनबेच, अंशबन्डा र बकसपत्रका निर्णयलाई सरकारले मान्यता दिएको छ । भूमिसुधार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले केही दिनअघि उक्त निर्णय गरेको हो । माओवादी जनसत्ताले त्यतिबेला दिएको लिखितका आधारमा अब जिल्ला मालपोत कार्यालयले लालपुर्जा दिनुपर्नेछ । त्यसबेला भएका कागजातहरू मालपोत कार्यालयमा पेस गर्न ३५ दिन म्याद दिइनेछ र जग्गा किन्ने व्यक्तिबाट निवेदन माग गरिनेछ । जग्गा बेच्नेले जनसत्ताले दिएको लिखितहरूलाई अस्वीकार गरेका अवस्थाम...
  • मोबाइल टर्च बालेर योजना आयोगको गोष्ठी

         सुरज कुँवर  ललितपुर, पुस २७ - नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को हल मंगलबार मध्यमाञ्चल विकास क्षेत्रका ४० भन्दा बढी आयोजना र कार्यक्रम प्रमुखहरूले खचाखच थियो । कार्यक्रम थियो, राष्ट्रिय योजना आयोगले थालेको क्षेत्रीय भेला । प्रमुख अतिथि योजना आयोगकै उपाध्यक्ष दीपेन्द्रबहादुर छेत्री । बिहान ९ बजे सुरु कार्यक्रममा प्रमुख अतिथिले बोल्ने पालो आउँदा साँझको सात बज्नै लागिसकेको थियो । उनी आयोजनाले बेहोर्नुपरेका झमेला र लोडसेडिङलगायत समस्याबारे बोल्दै थिए- बत्ती झ्याप्पै...
  • राष्ट्रपति जनताले र प्रम संसदले चुन्ने सहमति स्विट्जरल्यान्डमा भइसकेको खुलासा

    माधव ढुङ्गेल, काठमाडौं, पुस २७- जनताले चुनेको राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपबारे प्रमुख दलका प्रतिनिधिबीच एक वर्षअघि नै स्विटजरल्यान्डमा सहमति भएको खुलासा भएको छ। उक्त 'जुरिच सहमति' कै आधारमा संविधानसभाको विवाद समाधान उपसमितिअन्तर्गतको राजनीतिक कार्यदलले 'उपयुक्त शासन प्रणालीको छनोट' गरेको थियो। 'नेपाल ट्रान्जिसन टु पिस' नामक संस्थाको पहलमा एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच राष्ट्रपति र प्रधानमन्त्रीबीच कार्यकारी अधिकार बाँडफाँट गरी देश सञ्चालन ग...
  • सेतो हेरोइन कारोबारीको नेपाल ‘ट्रान्जिट’

    केपी ढुंगाना, काठमाडौं, पुस २७- क्याप्सुल बनाइएको एक किलो २ सय ग्राम सेतो हेरोइनसहित धादिङ सेर्तुङका सुपारोङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ। अफगानिस्तानबाट दिल्ली हुँदै काठमाडौं भित्र्याइएको हेरोइनसहित सोमबार तामाङ पक्राउ परेका हुन्। लागूऔषध नियन्त्रण तथा कानुन कार्यान्वयन इकाइका डिआइजी यादव अधिकारीका अनुसार सो हेरोइन छ दिनअघि काठमाडौं ल्याइएको हो। प्रहरीका अनुसार अफगानिस्तानमा हेरोइनका एक सय ३ वटा क्याप्सुल निलेर हवाईमार्गबाट नयाँ दिल्ली भिœयाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको हो।   त्य...
  • कांग्रेससँग दूरीपछि वैद्यसँग निकटता

    सुधीर शर्मा काठमाडौ, पुस २७ - पार्टीभित्र मोहन वैद्य पक्षसँग 'निर्णायक संघर्ष' मा उत्रिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकाएक किन उनीहरूसँगै एकता गर्न अग्रसर भए ? फुटको संघारमा पुगेको पार्टीलाई जोगाउनु त एउटा उद्देश्य होला, अर्को कारणचाहिँ यसबीचमा प्रमुख प्रतिपक्षी कांग्रेससँग बढेको दूरी पनि हो । दाहालसामु दुइटा विकल्प थिए: शान्ति र संविधानको प्रक्रियामा कांग्रेस, एमालेसँग लचिलो भई वैद्य पक्षलाई टाढा हुत्याउने कि शान्ति/संविधानमा कडा नीति लिएर उक्त समूहलाई फुट्नबाट जोगाउने । उनले दोस्रो ...
  • वैद्य पक्षलाई सरकारमा ल्याउने तयारी

    गंगा बीसी काठमाडौ- माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बाबुराम भट्टर्राई नेतृत्वको सरकार बदले आफूलाई 'पाप लाग्ने' भन्दै यसैलाई राष्ट्रिय स्वरूपको सरकार बनाउन प्रयास गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार संस्थापन पक्षको भेलामा पोलिटब्युरो सदस्यहरूले मुख्य नेतृत्वले सरकार परिवर्तन गर्न लागेको प्रश्न उठाएपछि उनले त्यो हल्लामात्रै भएको दाबी गरेका हुन् । 'बाबुरामजीको नेतृत्वको सरकार फेरे मलाई पाप लाग्छ,' दाहाललाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, 'हिजोआ...
  • ईन्टरनेट र फेसबुकको अश्लिल फोटो मेरो होइनः अञ्जु पन्त

    अञ्जु पन्त नेपाली सुगम संगीतको क्षेत्रमा पछिल्लो समयमा निक्कै चर्चित नाम हो । कहिले आफुले गायका गीतका कारण कहिले पारिवारिक सम्बन्ध र कहिले व्यक्तिगत जीवन शैलीका कारण चर्चामा आइरहने अञ्जु पन्तसँग उज्यालो सहकर्मी सूर्यकुमार क्षेत्रीले गरेको कुराकानी  । हिजो आज केमा व्यस्त हुनुहुन्छ ? गीत रेकर्डिङ्गको काम धेरै छ । अनि स्टेज प्रोगाममा पनि निक्कै व्यस्त छु । एक दुई महिना अघि म बिरामी भएँ थलै परे । त्यतिवेला देखि थुपि्रएका गीत पनि गाउन बाँकी छन् । तिनै गीत गाइरहेकी छु । अञ्जु पन्तको त श...
  • राष्ट्रिय पंक्षी डाँफेको मासु प्लेटको ३ सय

    निमेन्द्र शाही  बाजुरा –  बाजुरामा बन्यजन्तुको चोरी सिकारी बढेको छ । सिकारीहरुले सदरमुकाम मार्तडी र कोल्टी बजारमा राष्ट्रिय पंक्षी डाँफे सहित मुनाल, कालिज घोरल, बनेल लगायतको मासु बिक्री गर्न थालेका छन् । सदरमुकाम मार्तडीमा कालिजको मासु प्रति केजी पाँच देखि आठ सयसम्ममा बिक्री हुने गरेको छ भने सिकारीहरुले डाँफे र मुनालको मासु १५ सय देखि दुईहजार रुपैँयासम्ममा बेच्ने गरेका छन् । डाँफे र मुनालको मासु बजारमा धरै बिक्ने भएकोले मुल्य पनि बढी भएको मार्तडीका एक युवाले बताए । पकाएको मासु प्रति प्...
  • वैद्य पक्षका सभासद् विरोधमै

    काठमाडौं- एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ ले सहमति जनाएका विषयको माओवादीकै सभासद्ले विरोध जनाएका छन्। प्रचण्ड संयोजक रहेको विवाद समाधान उपसमितिले गरेका सहमतिलाई संवैधानिक समितिबाट अनुमोदन गराउन खोज्दा सोमबार वैद्य पक्षधर सभासद्ले विरोध गरेका हुन्। आफ्नै सहमति माओवादीले आफैं उल्ट्याउँदै गएको आरोप अन्य दलले लगाइराखेका बेला संवैधानिक समितिको सोमबार बिहानको बैठकमा उपसमितिबाट सहमति भएका निर्णय अनुमोदनका लागि प्रस्तुत हुनासाथ वैद्य पक्षधर विरोधमा उत्रिएका थिए। अन्य साना ...
  • भट्टराई एक्लिँदै

    नारायण वाग्ले काठमाडौं, पुस २६- अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्ट पक्षका नेता मोहन वैद्यसँगको 'कार्यदिशा'को अन्तरविरोध थाती राखेर कार्यक्रमिक रुपमा एकढिका हुने सहमति गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराई स्वतः दबाबमा पर्ने भएका छन्। दाहाल-वैद्य सहमति भनेको शान्ति र संविधानबारे वैद्यका असहमतिहरूलाई सम्बोधन गर्न अन्य दलहरूसँग 'आत्मसमर्पण' नगर्ने हो। त्यसको मार प्रधानमन्त्री भट्टराईमाथि पर्नेछ।  माओवादीले भट्टराईलाई दिने दबाब यसअघि अन्य दलहरूसँग भएका सहमतिभन्दा फरक प्रकृतिका हुने निश्चित छ।...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित