पत्रपत्रिकाबाट

  • राष्ट्रपतिले तीन दलका शीर्ष नेतालाई भने- ‘कालोसूचीबाट बचाउनुहोस्’

    कुलचन्द्र न्यौपाने काठमाडौ- राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका संसद्मा पेस भएका सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विधेयक पारित गराउन प्रमुख तीन दलका शीर्ष नेताको ध्यानाकर्षण गराएका छन् । विधेयक पास नहुँदा मुलुक कालोसूचीमा पर्न सक्ने खतरा औंल्याउँदै त्यस्तो अवस्था आउन नदिन समयमै कानुन बनाएर अघि बढ्न राष्ट्रपतिले नेताहरूलाई सचेत गराएका हुन् । राष्ट्रपतिले बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई बोलाएर करिब डेढ घन्टा छलफल...
  • गोकर्ण रिसोर्टका ठेकेदारलाई सेयर बेच्न रोक

    गोविन्द परियार काठमाडौं- सरकारले करार सर्त पूरा नगरेको भन्दै राजधानीको गोकर्ण फरेस्ट रिसोर्ट लिजमा चलाउँदै आएको विदेशी कम्पनीलाई सेयर बेच्न रोक लगाएको छ।   पूर्व राजपरिवारको नाममा रहेको २ हजार ७ सय रोपनी जग्गामा फैलिएको गोकर्ण फरेस्ट रिसोर्ट सिंगापुरको एलएम सुविर ब्रदर्स कम्पनीले सन् १९९५ मा ३० वर्षे लिजमा लिएको थियो। पूर्वराजा वीरेन्द्रको नाममा रहेको उक्त रिसोर्ट २०६२/६३ को जनआन्दोलनपछि नेपाल ट्रस्ट कार्यालयअन्तर्गत छ। करारअनुसार सन् २००० सम्म रिसोर्टमा ५० कोठा र २००५ सम्म सय क...
  • जुद्धबहादुरको भ्यालेन्टाइन !

    राजेन्द्र मानन्धर दोलखा - सहरका युवायुवती भ्यालेन्टाइनको 'गिफ्ट' किन्न पसल धाइरहेका बेला दोलखाको सुन्द्रावती गाउँका ६५ वर्षीय जुद्धबहादुर थामीलाई अर्कै चटारो थियो । खुट्टा बंग्याउँदै नातिनातिनाको जन्ती जानुपर्ने बेला उनी आफैं बेहुलो बनेर जन्तीसहित हानिए ५३ वर्षकी मसली बसेको घरतिर । आइतबार साँझ धामी र पुरोहित साक्षी राखेर मसलीले पनि पानीको घेरोले छेक्दै माला लगाइदिइन् उनलाई । भोलिपल्ट उनी उसरी नै गए ४७ वर्षकी अनुमायाको घर । अनुमायाले पनि जुद्धबहादुरलाई त्यसै गरिन् । जुद्धबहादुरले...
  • स्वर्गीय वीरेन्द्रको सम्पत्ति देखाउन विदेशी बैंकले मानेनन्

    गोविन्द परियार काठमाडौं- विदेशी बैंकहरूले राजा वीरेन्द्रको नाममा रहेको नगद तथा जिन्सीबारे विवरण दिन अस्वीकार गरेका छन्। विदेशस्थित विभिन्न बैंकहरुले 'व्यक्तिगत गोप्यता' कारण जनाउँदै राष्ट्रबैंकलाई यस्तो सूचना दिन नमिल्ने जवाफ पठाएका हुन्। केही बैंकले मात्र वीरेन्द्र र उनको परिवारका नाममा कुनै मौज्दात नभएको पत्र पठाएका छन्। २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा मारिएका वीरेन्द्र र उनको परिवारको सम्पत्ति खोजबिन सिलसिलामा नेपाल ट्रस्टको कार्यालयले नेपाल राष्ट्र बैंकमार्फत स्विट्जरल्यान्...
  • ‘घुस खाने अड्डा’ माग्दै मन्त्रालयमा आक्रमण

    किरण भण्डारी काठमाडौं- मध्याह्न बाह्र बजे। 'मेजर इन्सिडेन्ट सपोर्ट टास्क फोर्स' लेखिएको प्रहरीका दुई ट्रक साइरन बजाउँदै सिंहदरबारतिर हुइँकिए। गोली गठ्ठा र प्लास्टिकको कवच बोकेका प्रहरी ट्रकमा खचाखच छन्। ट्रक सरासर सामान्य प्रशासन मन्त्रालयभित्र पुगेर अडियो। के विपत्ति परेछ भनेर रमिता हेर्न अरू मन्त्रालयका कर्मचारी ओइरिए। 'सरकारी कर्मचारीले नै मन्त्रालयमा तोडफोड गरे भन्ने खबर आयो,' प्रहरी निरीक्षक पवन भट्टराईले नागरिकसँग भने, 'हामी आदेश पालना गर्न आएका हौं, अरू के-के भएको हो थाहा भ...
  • क्यानभासमा समलिंगीका नग्नचित्र

    ललितपुर- समलिंगी भन्न हिच्किचाउनेहरुलाई सार्वजनिक हुन अनुरोध गर्छिन् कमला सुब्बा। साथीभाइबीच माइला नामले चिनिने कमलाले यसका लागि नग्न मोडलिङको सहारा लिएकी छिन्।  एक विदेशी र एक नेपालीसहित कमलाले चित्रकार कपिलमणि दीक्षितका लागि 'न्युड पोज' दिएका छन्, जसलाई कपिलले चित्रमा उतारेका छन्। कोर नेपाल संस्थाको पहलमा भएको यो अभियान अन्तर्गत् कोरिएका चित्रहरुको प्रदर्शनी पहिलोपटक गत शुक्रबार ललितपुरमा भएको थियो। 'एक्सप्रेसन अफ रिप्रेसन' शीर्षकमा सार्वजनिक गरिएका चित्रमा विदेशी मोडलले मात्र अनुहार देखाएकी ...
  • केआई सिंहलाई भेट्दा जेल

    कमलराज रेग्मी विसं २००८ असार महिनाको कुरा हो। नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूबारे छलफल गर्न काठमाडौँमा एउटा भेलाको आयोजना गरिएको थियो। त्यस भेलामा भाग लिन काठमाडौँ आउने उद्देश्यले म पाल्पाबाट भैरहवा आएको थिएँ। त्यसबेला भैरहवा हुँदै काठमाडौँ आउनुपथ्र्यो। डा केआई सिंहको पश्चिम नेपालमा ठूलो आकर्षण थियो। युवाका लागि त उनी 'रोल मोडेल' नै थिए। एकातिर नेपालमा प्रजातन्त्र आगमनको खुसीयाली मनाइँदै थियो भने अर्कोतर्फ 'दिल्ली सम्झौता धोका हो' भन्दै आन्दोलनको उद...
  • बलिउडको प्रेम कहानी,कुनै पुरा कुनै अधुरो

    मुम्बई, भारत (एजेन्सी)- रितेश देशमुख र जेनियाको प्रेम कथा  वैवाहिक बन्धनमा गएर समाप्त भइ सकेको छ। तर बलिउडमा प्रेमका अझ धैरै कहानी अधुरै छन्। भ्यालेन्टाइन डेको बहानामा त्यस्ता केही पुरा केही अपुरो कहानीको यहाँ वयान गरिदै छ।  हालै लगनगाँठो बाधेका रितेश र जेनेलिया वैवाहिक जोडीका रुपमा आफ्नो पहिलो भ्यालेन्टाइन डे मनाउदै छन्। बलिउडमा धेरै जोडी यस्ता पनि छन् जो निकै अघि देखि विहे पूर्व नै भ्यालेन्टाइन डे मनाइरहेका छन्। अनी केही यस्ता बहादुर छन् जसले खुलेआम आफ्नो प्रेमको घोषणा गरेका छन्। अर्थात बलि...
  • राष्ट्रकविको ‘भ्यालेन्टाइन डे’

    सन्तोष न्यौपाने काठमाडौं- अँध्यारोले छोपिँदै गएको युगलाई उज्यालो पार्ने एउटा भाव छ- प्रेम। प्रेमलाई मान्छेका अभिलाषा, ठूला सपना, छड्के बाटोको सफलता, वैरभावले निरन्तर हमला गरिरहेका छन् तर प्रेम कहिँ कतै हरियो रंग भएर बसेकै छ- सुक्दै गएको दुबोको जरातिर बचेको हरियोझैं। भन्नेहरू भन्लान्- प्रेमलाई कुनै दिन चाहिँदैन। संसारको क्यालेन्डरमा यस्ता दिन तोकिएका छन् जसमा पटकपटक मानवताको हत्या गरिएको थियो। कयौं आंतकवादी हमला, ठूलो देशले सानो देशलाई निलेको दिन, नरसंहारले रक्ताम्य भएका पटांगी- सबै क्य...
  • नाम चैँ सिल्क, व्यवहार खस्रो !

    सिंगापुरको विमान कम्पनी सिल्क एअरबाट काठमाडौँ आउने क्रममा म लगायत विमानमा रहेका यात्रुहरुले गएको साता निकै सास्ती खेप्नु पर्‍यो। उनीहरुको व्यवहार देखेर साह्रै दिक्क लाग्यो। गत ८ फेब्रुअरी बुधबारका दिन चांगी एअरपोर्टबाट हामी सिल्क एअरवेजको फ्लाइट MI412 मा चढेर काठमाडौँ आउन लागेका थियौँ। त्यहाँको विमानस्थलबाट २ घण्टा ढिला बिहान ११ बजे विमान उडेको थियो। काठमाडौँ विमानस्थलमा उत्रनुपर्ने विमान त्यहाँ अवतरण गर्न नसकेको कारण भारतको वाराणसी विमानस्थलमा आपतकालिन अवतरण गरियो भनियो। तर पाँच घण्टासम्म वि...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित