पत्रपत्रिकाबाट

  • लगातार टाउको दुख्छ ? जँचाइहाल्नुहोस्

    काठमाडौं –  वर्षा मौसमका साथ मानिसमा टाउको दुख्ने समस्या पनि बढ्न सक्छ । यसका लागि उपचारमा ख्याल गरिहाल्नुपर्छ । सामान्य समस्या हो भन्दै हामी उपचार गर्न जाँदैनौँ । केही समयमै सन्चो हुन्छ अथवा केही दिनमा ठीक हुन्छ भन्दै हामी टाउको दुख्ने समस्यालाई उति ख्याल गर्दैनौँ । यदि टाउको दुख्ने समस्यालाई हामीले लगातार बेवास्ता गरेको खण्डमा अरू बढी समस्या उत्पन्न हुन सक्ने चिकित्सकहरूले बताएका छन् । टाउको दुख्न थाल्यो भने सकेसम्म चाँडै चिकित्सककहाँ पुगेर समस्या बताइहाल्नुपर्छ । टाउको दुख्ने विभिन्न कारण ...
  • नेपाल राष्ट्र बैंकले आजबाट ब्याजदर करिडोर लागू गर्दै

    काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारदेखि ब्याजदर करिडोर लागू गर्दै छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त व्यवस्था ल्याए पनि राष्ट्र बैंकले चार महिनापछि मात्र लागू गर्न लागेको हो । यसअघि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेकाले उपयुक्त समय नभएको भन्दै राष्ट्र बैंकले लागू गरेको थिएन । अहिले बजारको अवस्था सही ठाउँमा रहेकाले ब्याजदर करिडोर लागू गर्न लागिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताउनुभयो । ब्याजदरमा स्थिरता ल्याउने उद्देश्यले राष्ट्र बैंकले ब्याजदर ...
  • देशको मुख्य प्रशासनिक भवनकै बिजोग

    काठमाडौं – भूकम्पपछिको पुनर्निर्माण भइरहेको ढिलाइको उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारको तस्वीरले नै पुनर्निर्माणको अवस्था प्रष्ट देखाउँछ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सिंहदरवारको पश्चिमी मोहडा थप जिर्ण बन्दै गएको छ । भूकम्पले भवन चर्काएको ३० महिना बितिसक्दा पनि भत्काएर नयाँ बनाउने कि सबलीकरण गरेर जोगाउने भन्ने टुंगो लागेको छैन । भवनको सबलीकरण गर्ने वा भत्काउने भन्ने टुंगो नलागे पनि सरकारले पटकपटक गरी करोडौं खर्च खरिसकेको छ ।...
  • आइजिपी प्रकाश अर्यालले प्रहरी कर्मचारीलाई दिए कडा चेतावनी

    काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रहरी संगठनका सदस्यको निष्पक्ष भूमिकाबारे आशंका बढिरहेको बेला प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले उपत्यका र प्रहरी प्रधान कार्यालयका प्रहरी कर्मचारीलाई बोलाएर कुनै दलको पक्षमा नलाग्न निर्देशन दिनुभएको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार प्रमुख असईदेखि एआइजीसम्म र प्रहरी प्रधान कार्यालयका अधिकारीलाई प्रहरी क्लबमा भेला पारेर कुनै कर्मचारी दलविशेषको पक्षविपक्षमा लाग्दा संगठनकै बदनामी हुने भएकाले निर्वाचन सुरक्षामा निष्पक्ष भएर खटिन निर्द...
  • आत्महत्याको संकेत कसरी पहिचान गर्ने ?

    काठमाडौं –  विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार संसारभर बढी आत्महत्याका घटना हुने देशहरूमा नेपाल सातौँ स्थानमा पर्छ । अझ महिलाको आत्महत्याका घटनालाई हेर्ने हो भने नेपाल विश्वमै तेस्रो स्थानमा पर्दछ । आत्महत्या गर्नुका पछाडि यही नै कारण हो भन्न सकिन्न । तर पनि आत्महत्या गर्नुमा केही कारणले भने भूमिका खेल्दछ । ९० प्रतिशत मानिस आत्महत्या मानसिक रोगको कारणले गर्ने गर्दछन् । विभिन्न मानसिक रोगहरूमध्ये डिप्रेसनलाई आत्महत्या गर्न सघाउ पु¥याउने प्रमुख रोगको रूपमा मानिन्छ । यसका साथै बाइपोलार डिसअर्...
  • एटीएम ह्याकरको निशानामा नेपाल, कति सुरक्षित छन् नेपालका !

    काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार ठमेलबाट बुल्गेरियन नागरिक भिटालिया भ्यासिलिभिच नेकिटलाई पक्राउ गरेको छ । उनी एटीएम प्रयोगकर्ताको गोप्य डाटा अनधिकृत रुपमा चोर्न प्रयोग हुने कार्ड स्किमर मेसिनसहित पक्राउ परेका हुन् । दुई महिना यता एटीएम मेसिनबाट विभिन्न प्रविधि प्रयोग गरेर अनधिकृत रुपमा रकम निकाल्ने गिरोहका सदस्य पक्राउ परेको यो तेस्रो घटना हो । कात्तिक १४ गते नेपाल आएका भिटालियाले कति एटीएम प्रयोगकर्ताको डाटा अनधिकृत रुपमा हात पारेका छन् भनेर प्रहरीले अनुसन्धान गरिरह...
  • औषधिको मूल्य २२०० प्रतिशत घट्न सक्ने

    काठमाडौं – सरकारले उत्पादकसँग सीधै खरिद गरी सर्वसाधारणलाई बिक्री गरे औषधिको मूल्य अहिलेको भन्दा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने देखिएको छ । सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका फार्मेसीमार्फत उपलब्ध गराउनेबारे सिफारिस गर्न सरकारद्वारा करिब ६ महिनाअघि गठित उच्चस्तरीय समितिले यस्तो निष्कर्ष निकालेको हो । बिचौलियाले अनुचित र आश्चर्यजनक रुपमा मूल्यवृद्धि गरेकाले औषधि २२ सय प्रतिशतसम्म महँगो भएको हो । समितिले सरकारलाई सोमबार बुझाएको प्रतिवेदनमा लागत घटाउन सरकारले नै उत...
  • निर्वाचनको मुखमा बाँड्न थालियो पैसा: कार्यकर्तालाई लाखौं रुपैयाँको चेक

    काठमाडौं – पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाँकी रहँदा सरकारले करोडौं रुपैयाँ धमाधम वितरण गर्न थालेको छ । आर्थिक सहायताको नाममा सत्तारुढ दलका कार्यकर्तालाई लाखौं रुपैयाँको चेक वितरण गरिएको हो । गृहमा यतिखेर आर्थिक सहायता बापतको चेक लिनेको भीड बढेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै सरकारलाई आर्थिक सहायता वितरणमा रोक लगाए पनि सरकारले त्यसलाई बेवास्ता गर्दै लाखौं रुपैयाँका चेक वितरण गरिरहेको छ । गृह मन्त्रालयले एभरेस्ट बैंकको चेक काट्दै दलका कार्यकर्तालाई ५० हजार दे...
  • ११ रुपैयाँको काउली १४० मा विक्रि गरेपछि..

    काठमाडौं – मुलुकको पुर्वी नाका काँकडभिट्टाबाट प्रतिकिलो झन्डै ११ रुपैयाँसम्म छिरेको काउली राजधानीमा १ सय ४० रुपैयाँ पुगेको फेला गरेको छ । आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रबार राति कालिमाटी बजारमा छापा मार्दा व्यवसायीले तरकारी प्रतिकलिो साढे ११ रुपैयाँमा खरिद गरेको फेला पार्यो । एनएसवी टे«ड एन्ड सप्लायर्सले काँकडभिट्टाबाट ल्याएको काउली, भिन्डी, परवर, भान्टा प्रतिकिलो मुल्य ११ रुपैयाँ ५० पैसाको दरले ७ हजार ५ सय किलो खरिद गरेको थियो । सोही दिन कालिमाटी फलफुल तथा तरक...
  • चन्दा छल्न व्यापारीहरु धमाधम विदेश भ्रमणमा

    काठमाडौं –  वीरगन्जका मुख्य तथा प्रतिष्ठित उद्योगी व्यवसायीको एउटा ठूलो समूह इन्डोनेसियाको भ्रमणमा हिँडेको छ । स्रोतका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गणेश लाठ, वीरगन्ज उद्योगा वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडिया, वर्तमान वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, उपाध्यक्ष सुवोधकुमार गुप्तालगायत एक दर्जन उद्योगी व्यवसायीको टोली जकार्ता उडेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संघारमा आर्थिक नगरीका ठूला तथा प्रमुख उद्योगी व्यवसायीले नगरमात्र नभई मुलुकै छाडेर सयरम...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित