पत्रपत्रिकाबाट

  • तीन ‘गुन्डा’ हनुमानढोका हिरासतमा

    काठमाडौं - गुन्डागर्दी र अपराधमा कहलिएका तीन जना अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा सँगै छन्। राजिव गुरुङ (दिपक मनाङे), विश्वक्रान्ति सिंह र सञ्जिव लामा (स्याल ठगी) र सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका हुन्। मनाङे ठमेललाई आधार क्षेत्र बनाएर संगठित अपराधमा सक्रिय छन्। उनी जग्गा कारोबारका क्रममा दिएको चेक बाउन्स भएको आरोपमा प्रहरी हिरासतमा पुगेका हुन्। सिमराका वयोवृद्ध राजमान उपाध्यायको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई नियन्त्रणमा लिएको थियो। उनले राजमानलाई...
  • सक्कली हुन् यी पाखुरा

    इजिप्टका २४ वर्षीय मुस्तफा इस्मालका यामानको पाखुरा देख्दा धेरैलाई लाग्न सक्छ– उनले कृतिम तरिकाले पाखुरा बढाएका हुन् । यस्तो आशंका बढ्दै गएपछि भ्रम चिर्न उनले जापानको एक टेलिभिजनमा अल्ट्रासाउन्ड गराए । अल्ट्रासाउन्डले उनको पाखुरामा कुनै प्रकारको कृतिमता नरहेको पुष्टि गर्‍यो । यसबाट मख्ख परेको सम्झिँदै भन्छन्, ‘अनि त्यसपछि मेरो कसिलो पाखुरालाई शंकापूर्वक हेर्ने घटे । ज्यादै गौरव लागेको छ मलाई, पाखुराप्रति ।’ ३१ इन्च मोटा उनका पाखुराजत्रो धेरैको कम्मर पनि हुँदैन । ‘पाखुरा ४० इन्चको बनाउने धोको छ,’...
  • सुनुवाइ हुनै छाड्यो सर्वोच्चमा

    काठमाडौं- मुद्दामामिला छिन्ने न्यायाधीशहरू रित्तिँदै गएपछि न्याय सम्पादन गम्भीर रूपले प्रभावित हुन थालेको छ । तत्काल छिनिनुपर्ने गम्भीर संवैधानिक विवाद भएका मुद्दाको समेत पालो आउन छाडेको छ । अवस्था यस्तै रहे अंश मुद्दा वा जग्गा खिचलोजस्ता देवानी मुद्दाको पालो वर्षौं बित्दा पनि आउने छाँट देखिँदैन । अहिले सर्वोच्चमा कामु प्रधानन्यायाधीशबाहेक चार न्यायाधीश छन् । झन्डै साढे तीन वर्षदेखि नियुक्त हुन नसकेको सर्वोच्चमा जेठ १४ मा संविधानसभासँगै संसद्को पनि विघटन हुँदा नियुक्त गर्ने बाटै बन्द भएको थियो ...
  • नेपाली राहदानी तीन लाखमा बिक्री

    कतार- एक जना बंगालीले तीन लाख बंगाली मुद्रा तिरेर नेपाली राहदानी लिएको खुलेको छ । कुवेतस्थित राजदूत मधुवन पौडेलका अनुसार नेपाली नागरिक दुर्गालाल बिसेको नाममा जारी भएको राहदानी ती बंगाली नागरिकले खरिद गरेका थिए । मोहमद बताउने ती बंगालीलाई कुवेतस्थित नेपाली दूतावासले प्रहरीको जिम्मा लगाएको छ । दूतावासले यसअघि नेपाली राहदानी प्रयोग गरेका २६ जना विदेशीलाई पक्राउ गरिसकेको छ । 'बंगालीले प्रहरी रिपोर्ट बनाउन आउूदा नेपाली राहदानी प्रयोग गरेर दूतावास आएका थिए,' राजदूत पौडेलले कान्तिपुरलाई भने, 'त्यसपछि ...
  • ताला अभिलेखालयमा, चाबी परराष्ट्रमा

    काठमाडौ- शीतल निवासमा रहेका कूटनीतिक महत्त्वका ऐतिहासिक कागजात राष्ट्रिय अभिलेखालयमा ल्याएर थन्क्याएको तीन वर्ष बित्दा पनि यसको मूल्यांकन, संरक्षण र उपयोगमा कुनै चासो देखिएको छैन । 'जैसीकोठादेखि मुन्सीखाना हुँदै परराष्ट्र मन्त्रालय का पछिल्ला अभिलेख तथा कागजात अभिलेखालयमा आइपुगेका छन्,' अभिलेखालयका प्रमुख प्रकाश दर्नालले कान्तिपुरसँग भने, 'तर यी कागजात प्रक्रियानुसार बरबुझारथ हुन नसक्दा भण्डारणको काम मात्रै भएको छ । यहाँ ताला मारेर राखिएको अभिलेख कोठाको चाबी भने परराष्ट्रमा छ ।' नेपाल एकीकरणपछ...
  • हर्बल व्यापारतिर खनाल परिवार

    काठमाडौ- क्यान्सर निदानमा बहुउपयोगी लोठसल्लाको पात संकलनमा सर्वसाधारण र व्यापारीको मात्र नभई पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालको पनि पारिवारिक लागानी देखिएको छ । खनालकी पत्नी रविलक्ष्मी चित्रकार संकलनको अनुमति लिन वन मन्त्रालय र वन विभाग धाइरहेकी छन् । जानकारहरूका अनुसार खनाल परिवारले गत वर्ष किशोरी महतो र लुना भन्ने व्यक्तिबाट करिब १८ करोड रुपैयाँमा साझेदारीमा हेटौंडा बसामाडीमा रहेको 'माछापुच्छ्रे हर्बल कम्पनी प्रालि' किनेको थियो । माछापुच्छ्रे लोठसल्लाको पात प्रशोधन गर्ने उ...
  • प्रधानमन्त्री नभेटी दाह्री नकाट्ने वाचा

    ०६२/६३ को आन्दोलनपछि थुप्रै मान्छेले थुप्रै संकल्प गरे । नेताहरूले संविधान बनाउने शपथ खाए । थुप्रैले चाहिँ संविधान नबनेसम्म दाह्री वा कपाल नकाट्ने व्रत राखे, संविधानसभामा निर्वाचित जनप्रतिनिधिलाई दबाब दिन । कसैले तोकिएको मितिमै संविधान निर्माणको कामना गर्दै नेपाली झन्डा बोकेर मेचीमहाकाली यात्रा गरे । नेताहरूको शपथ पूरा भएन, दुई वर्षदेखि दाह्री पालेर बसेका कलाकार केदार घिमिरे संविधान नबनेपछि दाह्री काट्न बाध्य भए । तर, उनले नेताहरूप्रति व्यंग्य गर्दै संविधान जारी गर्न तय गरिएको जेठ १४ कै दिन बरखी...
  • नक्कली बाबुराम नक्कली हिसिला

    फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेमा थुप्रै युवायुवतीले जोडी छनोट गर्छन् । पहिल्यैदेखि प्रेममा रहेकाहरू सम्बन्धलाई अझ मजबुत बनाउने प्रण गर्छन् । यस वर्षको फेब्रुअरी १४ मा ज्योति काफ्ले अर्थात् नक्कली डा. बाबुराम भट्टराईले पनि जोडी पाए । आफूभन्दा करिब १२ वर्ष जेठी विपना बस्नेत अर्थात् नक्कली हिसिला यमीसँग नक्कली भट्टराईको जोडी अहिले निकै जमेको छ । तर, यो जोडी काँचको पर्दामा मात्र सीमित छ । ज्योति वास्तविक जिन्दगीमा चाहिँ ‘दिदी’ सम्बोधन गर्छन् विपनालाई । टेलिशृंखला तीतो सत्यमा बाबुराम भट्टराई र ...
  • सर्वोच्चलाई अख्तियारको जवाफ, ‘लोकमान अयोग्य नै हुन्’

    काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई आफ्नो पूर्ववत् निर्णयअनुसार 'अयोग्य नै हुन्' भन्दै  सर्वोच्च अदालतलाई जवाफ पठाएको छ । चार दलीय संयन्त्रद्वारा अख्तियार प्रमुखमा सिफारिस भएका कार्कीविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा दायर गरेको रिटको जवाफ फर्काउँदै आयोग पूर्ववत् निर्णयकै पक्षमा उभिएको हो । अख्तियारका सचिव गणेशराज जोशीले  सर्वोच्चलाई बुधबार दिएको लिखित जवाफमा कार्कीलाई पहिले गरिएको कारबाहीमा कुनै फेरबदल नभएको भन्दै उनी 'भविष्यमा सरकारी से...
  • आमा प्रमाणित गर्न डीएनए परीक्षण

    काठमाडौं - विदेशी भूमिमा बलात्कृत भएर बच्चा जन्माएकी एक युवतीको आमा नाता प्रमाणित गर्न डीएनए परीक्षण हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) चूडामणि शर्माको आदेशबाट यस्तो परीक्षण हुन लागेको हो । साउदी अरबमा बलात्कृत भएर फर्केपछि बच्चा जन्माउन बाध्य भएकी एक पश्चिम नेपालकी युवतीको डीएनए परीक्षण राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानअन्तर्गत विधिविज्ञान प्रयोगशालाबाट हुन लागेको हो । ती युवतीको अहिले ६ वर्षकी भइसकेकी छोरीको संरक्षकत्वका विषयमा विवाद भएपछि आमाको नाता प्रमाणित गर्न शर...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित