पत्रपत्रिकाबाट

  • पहिलो ‘राउण्ड’मै राष्ट्रपति चयन !

    काठमाडौँ - संघीय र प्रदेश संसदमा दलहरुवीच भएको सांसद सङ्ख्याअनुसार यसपटकको राष्ट्रपति र उपराष्ट्रपतिका लागि हुने चुनाव पहिलो ‘राउण्ड’मै टुङ्गिने सम्भावना देखिएको छ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मतभार प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि संघीय संसद्का ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ जना मतदाता हुने व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७...
  • कस्तो बन्ला एकीकृत पार्टी : छलफलमा रहेका विकल्प

    काठमाडौं - पार्टी एकतामा सहमत भएका एमाले माओवादी केन्द्रको एकीकृत पार्टीको संगठनात्मक संरचना कस्तो बन्ला ? दुवै पार्टीका केन्द्रीय समितिलाई कसरी एउटै समितिमा परिणत गर्लान् ?  पार्टी एकताको सहमतिपछि अहिले दुवै पार्टीभित्र नेता कार्यकर्तामा जिज्ञासा छ । दुई अध्यक्षतात्मक प्रणालीमार्फत संयुक्त रुपमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले एकीकृत पार्टीको नेतृत्व गर्ने समझदारी बनाएका दुवै पार्टीले पार्टीको सगठनात्मक ढाँचासहित आन्तरिम विधान बनाउन सोमबार कार्यदल गठन गरेका छन् । एमालेका तर्फबाट...
  • फजुल खर्चको पराकाष्ठा : सात महिनाको भ्रमण, तलब र इन्धन खर्चबापत १४ करोड

    काठमाडौं  - शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार एक सय २७ रुपैयाँ सकिएको छ। यो खर्च साउनदेखि माघसम्मको हो। ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद् सदस्यको तलब, घुमघाम, इन्धन, महँगी भत्ता, सञ्चारलगायत शीर्षकमा यति खर्च भएको हो।प्रधानमन्त्री कार्यालयका अनुसार सात महिनामा मन्त्रीको तलबमा मात्रै ८ करोड ९० लाख ९८ हजार ६ सय २२ रुपैयाँ खर्च भएको छ। यो रकम यसअघिका सरकारका पालामा हुनेभन्दा झन्डै ६० प्रतिशतले बढी हो। कार्यालय ...
  • किन हुन्छ स्मरणशक्ति कमजोर ?

    काठमाडौं - के तपाईं ढोका बन्द गरे पनि पटक–पटक जाँच गर्नुहुन्छ ? या कुनै काम गरेर पनि केही समयपछि पत्तो पाउनुहुन्न । कहिलेकाहीँ यस्तो हुनु सामान्य हुन सक्छ । तर, पटक–पटक यस्ता क्रियाकलाप दोहोरियो भनेचाहिँ राम्रैसँग सोच्नुपर्ने हुन्छ । मस्तिष्क अर्थात् दिमाग निकै ठूलो उपहार हो । स्मरण दिमागसँग जोडिएको हुन्छ । स्मरणशक्ति कमजोर हुनु वा बिर्सनुको मुख्य कारण एकाग्रताको कमी हो । नियमित यस्तो समस्या देखिएमा मस्तिष्कको रिकल प्रोसेसका लागि आवश्यक पोषण तत्वको कमीले पनि हुन सक्छ । एजेन्सीको सहयोगमा तयार पार...
  • नेपालका ‘सिरियल किलर’ कतारबाट पक्राउ,यस्तो उनको करतुत

    काठमाडौं -  नेपालमा शृंखलाबद्ध हत्या गरी फरार अभियुक्त सकिल हुसेन कतारमा पक्राउ परेका छन् । इन्टरपोलमार्फत रेडकर्नर नोटिसमा परेका टिकुलिया–७ सप्तरीका सकिल ४ वर्षअघि कतार पुगेका थिए । प्रहरीका अनुसार हुसेनले २०६४ देखि ०७० सम्ममात्रै सुनसरी र सप्तरीमा ८ जनाको हत्या गरेका थिए । हत्याका अरू थुप्रै घटनामा उनको संलग्नता रहेको प्रहरीको दाबी छ । उनले ०७० मंसिर ४ मा सप्तरी जन्डौलकी दुलारीदेवी साह र ०६९ असोजमा सप्तरीकै सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्या गरेका थिए । ०७० चैत २ मा सप्तरीकै त्रिक...
  • सरकारकाे यस्तो तयारी : प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने

    काठमाडौं - सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बीचबाटोबाटै हराएका छन् । कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा नजाँदा प्रादेशिक कार्यालयका काम प्रभावित बनेका छन् । सचिवदेखि कार्यालय सहयोगीसमेतका कर्मचारी खटाएको ठाउँमा नगएपछि सरकार आक्रामक रूपमा प्रस्तुत भएको छ । खटाएका प्रदेश कार्यालयमा नजाने निजामती कर्मचारीलाई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ...
  • विगतदेखि वर्तमानसम्म : यस्तो छ ओली र दाहालबीचको सम्बन्ध

    काठमाडौं - कम्युनिस्ट दर्शन एकै भए पनि ५५ वर्षदेखि स्कुलिङ फरक भएका मूलधारका प्रभावशाली दुई कम्युनिस्ट पार्टीलाई एकै बनाउन सहमत नेता हुन्– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । ६८ वर्षको कम्युनिस्ट पार्टी इतिहासमा यी दुई नेताको पाँच दशकभन्दा बढी फरक स्कुलिङ थियो । तर, सोमबार राजनीतिमा ‘आइसब्रेक’ गर्दै यी दुई नेताले एमाले र माओवादीलाई एउटै पार्टी बनाउँदै ‘शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माण’ को संयुक्त नेतृत्व नै लिए । ओली–दाहाल दुवै राजनीतिको के...
  • क्यान्सरको औषधि नेपालमै उत्पादन हुने

    काठमाडौं -  नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ । यसले मुलुकमा क्यान्सर रोगीको संख्या बृद्धि भइरहेको देखाउँछ । यसैबीच नेपालमै क्यान्सरको औषधि उत्पादन गर्ने उद्देश्यका साथ एक भारतीय औषधि कम्पनी प्रवेश गरेको छ । तिजिग फर्मा प्रालि नामको कम्पनीले ३५ करोड ११ लाख रुपैयाँ लगानी गरी भक्तपुरमा औषधि उत्पादन प्लान्ट स्थापना गर्दैछ । कम्पनीले यसका लागि उद्योग विभागबाट स्वीकृतिस...
  • ॐ उच्चारण गर्दा यस्ता छन् फाइदा

    काठमाडौं - उच्चारणको तरिका यो प्राणायाम गर्दा सबैभन्दा पहिला आसन छनोट गर्नुपर्छ । यसको उपयोगी र उपयुक्त आसन भनेको ध्यान गर्ने आसनमा ढाड, गर्दन सीधा पारेर बस्नु हो । आसनपछि हल्का भएको अनुभूति गर्न आवश्यक हुन्छ । त्यसपछि बिस्तारै लामो श्वास लिनुपर्छ । पूरा श्वास लिएपछि श्वास छोड्दा ॐ को लामो उच्चारण गर्नुपर्छ । यस्तो प्रक्रिया पटक–पटक दोहोर्‍याउनुपर्छ । यसैलाई नै प्राणायाम भनिन्छ । आफ्नो समयअनुसार यो प्राणायाम गर्न सकिन्छ । परिस्थितिअनुसार कम्तीमा पाँच मिनेट यस्तो प्राणायाम गर्दा हुन्छ । प...
  • किन बढ्दै छन् मुटुरोगी ?

    काठमाडौं - पछिल्लो समय मुटुरोगका कारण मृत्यु हुने मानिसको संख्यामा उल्लेख्य वृद्धि भएको छ । हृदयाघातका कारण युवा अवस्थामै ज्यान गुमाउनेहरूको संख्यासमेत ठूलो छ । किन बढ्दै छन् त मुटुरोगी ? ग्रान्डी इन्टरनेसनलका मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलले नयाँ पत्रिकाका विश्वास खड्काथोकीलाई बताएका छन् : विशेष कारण विशेषगरी मुटुरोग दुई कारणले हुन्छ, एउटा भित्री वा मुटुको भागमा समस्या सिर्जना भएर र अर्को बाहिरी क्रियाकलापले । भित्री कारण भनेको धड्कनसम्बन्धी समस्या, ब्लकेज आदि हुन् । र, बाहिरी कारण धूम्रपान...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित