समाचार

  • काठमाडौंबाट बरिष्ठ तिब्बती नेता पक्राउ

    काठमाडौं– नयाँ दिल्लीमा प्रदर्शनको योजना बनाउँदै गरेका दुई जना बरिष्ठ तिब्बती नेता पक्राउ परेका छन् । टाइम्स अफ इण्डियाका अनुसार तिब्बती शरणार्थीका लागि कल्याणकारी कार्य स्वयंसेवक संयोजक थिन्ले लामा र थिन्ले ग्यास्तो पक्राउ परेका हुन् । यद्यपि यसबारे नेपाल प्रहरीले आधिकारिक जानकारी दिएको छैन । लामा तीन महिनामा पक्राउ परेको यो दोस्रोपटक हो । उनी यसअघि पत्रकार सम्मेलन गर्दैगर्दा पक्राउ परेका थिए ।
  • प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा भुजेलावासीलाई सास्ती

    कन्चनपुर– प्रधानमन्त्री भारत भ्रमणमा निस्कने चार दिनअघि यहाँका नेपालीले पनि कुटाइ खानु परेको छ । केही दिनअघि चर्चित टनकपुर बह्मदेव बाँधमा विद्युतीकरणका लागि तार बिछ्याएको घटना सेलाउन नपाउँदै भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले पुनः नेपालीभूमिमै आएर घरटहरा भत्काएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा बनाइएका नेपाली टहराहरू हतियारसहित आएको एसएसबीको टोलीले भत्काएको हो । महाकाली किनारमा रहेको भुजेलाबस्तीमा रहेको भक्तबहादुर रानामगर, कल्याण पाल र उनकै भाइको टहरा भत्काएको बताउँदै पीडितहरूले यस...
  • आज फोरम लोकतान्त्रिकले कस्तो चामत्कारिक निर्णय गर्दैछ ?

    काठमाडौं– ९ घण्टासम्म बसेको बैठकमा पनि राष्ट्रियता विरोधी अभिब्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीलाई सरकारबाट फिर्ता बोलाउने बारेमा विवाद नमिले पनि प्रवक्ता जितेन्द्र देवले भनेका छन्– ‘भोलि (मंगलबार) चामत्कारिक निर्णय हुन्छ ।’ चामत्कारिक निर्णयका बारेमा नेपाली राजनीतिमा विभिन्न अड्कालबाजी हुन थालेका छन् । सोमबारको बैठकमा अधिकांश नेताहरु राजीनामा दिन नहुने पक्षमा उभिएपछि समस्या पैदा भएको छ । राजनीतिक समितिमा राजीनामाभन्दा पनि सरकारबाटै फिर्ता हुनुपर्ने आवाज बलियो उठेको स्रोतको दाबी छ । पार...
  • रक्षामन्त्रीबारे फोरमभित्रै विवाद, ८ घण्टाको बैठक निष्कर्षविहीन

    काठमाडौं- रक्षामन्त्री शरतसिंह भण्डारीलाई हटाउनेबारे सत्तारुढ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)मा तीब्र विवाद देखिएको छ । विवादका कारण ८ घण्टासम्म बसेको बैठक राति साढे ८ बजे निष्कर्षविहीन टुंगिएको छ । 'छलफल बाँकी छ,' बैठकपछि पार्टी प्रवक्ता जितेन्द्र देवले भने, 'भोलि पुनः राजनीतिक समितिको बैठक बसेर एउटा निर्णय लिन्छौं ।' १९ सदस्यीय राजनीतिक समितिमा बरिष्ठ उपाध्यक्ष रामेश्वर राय, केन्द्रीय सदस्य तिलक रावल, मृगेन्द्रकुमार सिंह, सर्वदेव ओझालगायत राजीनामाको पक्षमा रहेका थिए । अध्यक्ष विजयकुमार गच...
  • दाहाल लुम्बिनी भ्रमण वर्ष संयोजक

    काठमाडौं- सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै त्यसको संयोजकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राखेको छ । मन्त्रिपरिषद बैठकले फागुन १४ देखि २१ गतेसम्म छैठौं राष्ट्रिय खेलकुद सुदूरपश्चिममा गर्ने निर्णय पनि गरेको छ ।
  • सुरक्षा ग्यारेन्टी गरे एनआरएनले नेपालमा लगानी गर्ने

    काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले रेमिट्यान्सबाट मात्र मुलुकको आर्थिक अवस्था धान्ने अवस्थाबाट मुक्त हुनका लागि सरकारले उद्योग धन्दालाई सुरक्षाको ग्यारेण्टी गरे एनआरएनले लगानी गर्न सक्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित एक अन्तर्क्रियामा महतोले एनआरनलाई लगानीको वातावरण तयार गर्न आहृवान गरे । समाजवाद भनेको पूँजीवादको चरम विकास भएकाले आर्थिक विकासका लागि समाजवादको ब्याख्या सहि ढंगले हुनुपर्ने उनले बताए । डा. महतोले भने- 'कुनै पनि देश वा संस्थालाई...
  • एनआरएनका लागि एनेकपा माओबादीद्वारा चियापान

    टोकियो - एनेकपा माओवादीले गैरआवासीय नेपाली संघ (एनआरएन) को पाँचौँ विश्व सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिको सम्मानमा चियापान कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा पार्टी अध्यक्ष पुप्पकमल दाहालले एनआरएनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै एकपटकको नेपाली सधैँको नेपाली भएकाले नागरिकताको सवालमा बढी चर्चा गर्नुभन्दा पनि पहिले पाएको नागरिकतालाई निरन्तरता दिन पहल गर्नुपर्ने बताउनुभयो । शान्ति र संविधान चाँडै निष्कर्षमा पुग्ने र त्यसपछि देशले आर्थिक समृद्धिको बाटो समात्ने भएकाले लगानी ...
  • पैसा लुट्ने अनौठो कला

    दाङ- दाङ देउखुरीको लमही बजारमा नाटकीय ढङ्गले करिब ६२ हजार रूपैयाँ लुटिएको छ । देउखुरी लालमतिया-८ मसुरिया निवासी नन्दलाल घर्तीमगरको नाममा विदेशबाट आएको उक्त रकम लमहीस्थित वेस्टर्न युनियनबाट झिकिएपछि लुटिएको पीडित घर्तीमगरले जानकारी दिनुभयो । 'तपाइहरुको पछाडि उल्टी गरेको फोहर लागेको छ' भनेर एकजना अपरिचित व्यक्तिले भनेपछि लमहीको राष्ट्रिय वाणिज्य बैंक नजिकै झोला झुन्डयाएर फोहोर धुन लाग्दा एक अज्ञात व्यक्तिले झोला टिपेर फरार भएको एक प्रत्यक्षदर्शीले बताए । हिन्दूहरूको दोस्रो ठूलो चाड शुभदीपावली न...
  • संसद् अवरुद्ध गर्ने प्रतिपक्षीका यस्ता छन् माग

    काठमाडौं- रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामाको माग गर्दै प्रतिपक्षी दल कांग्रेस, एमालेलगायतले सोमबार पनि व्यवस्थापिका संसद बैठक चल्न दिएनन् । प्रतिपक्षी दलहरुले राष्ट्रिय अखण्डताविरोधी अभिव्यक्ति दिने रक्षामन्त्रीको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने अडान राखेपछि बैठक अवरुद्ध भएको हो । संसदको सुरुमा बोल्दै नेपाली कांग्रेसका नेता रमेश लेखक, लक्ष्मण घिमिरे तथा एमालेका सभासद रघुवीर महासेठले राष्ट्रिय अखण्डताबिरुद्ध अभिव्यक्ति दिने रक्षामन्त्री भण्डारीको तत्काल राजीनामा आउनुपर्ने, हत्याको आर...
  • सभासद्ले संसद् भवनमै रगत बान्ता गरेपछि….

    काठमाडौं- एकीकृत नेकपा माओवादीका सभासद कुबेर ओलीले सोमबार संविधानसभा भवनमै रगत बान्ता गरेका छन। संसद बैठकमा भाग लिन संविधानसभा भवन नयाँ बानेश्वर पुगेका ओली नाकबाट रगत बगेर बेहोस भएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएको छ । दाङ निवासी ओली माओवादी उपाध्यक्ष मोहन वैद्यले सभासदबाट राजीनामा दिएपछि सोही स्थानमा चुनिएका हुन् । पहिलादेखि नै अस्वस्थ रहेका ओलीले नर्भिक अस्पतालमा उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ । ***
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित