समाचार

  • प्रधानमन्त्री रक्षा र भूमिसुधार मन्त्रीलाई राजीनामा गराउने मनस्थितिमा

    काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराई हत्या अभियोग लागेका भूमिसुधार मन्त्री प्रभू शाह तथा मधेसका २२ जिल्लाले निर्णय गरे मुलुक टुक्र्याउन कुनै कानुनले रोक्न नसक्ने अभिव्यक्ति दिएका रक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा गराउने मनस्थितिमा रहेका छन् । दुवै मन्त्रीलाई राजीनामा गराउनेबारे प्रधानमन्त्री भट्टराईले आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नयाँबजारमा छलफल भएको छ । राजीनामा वा अर्को कुनै विकल्पबारे दुई नेताबीच छलफल भएको बुझिएको छ । प्रचण्डले माओवादीका तर्फबाट मन्...
  • हेलो सरकार २४ सै घण्टा, के हो हेलो सरकार ?

    काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत विभिन्न मन्त्रालय तथा निकायका विषयमा आउने जनगुनासो, माग र सुझावहरुको उचित सुनुवाई गर्न सरकारले हेलो सरकार कक्षको व्यवस्था गरेको छ । २४ सै घण्टा खुल्ला रहने हेलो सरकार डेस्कले हरेक मन्त्रालयबाट हुने नीतिगत निर्णय, कार्यसञ्चालन, शान्ति र सुशासन व्यवस्थापन तथा सञ्चालनलाई समेत व्यवस्थित गर्नेछ । हेलो सरकार कक्ष सञ्चालन गर्नका लागि सरकारले 'हेलो सरकार' कक्ष सञ्चालन निर्देशिका, २०६८ पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा...
  • एनआरएनलाई किन चाहियो दोहोरो नागरिकता ?: ओली

    काठमाडौं– नेकपा एमालेका एमाले विदेश विभागका प्रमुख केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारका लागि दोहोरो नागरिकता सान्दर्भिक नहुने बताएका छन् । नेकपा (एमाले) ले गैरआवासी नेपाली सङ्घ (एनआरएनए) को पाँचाँ विश्व सम्मेलनबाट नवनिर्वाचित नेतृत्वको सम्मानमा शनिबार राति आयोजना गरेको सम्मान कार्यक्रममा ओलीले भने, ‘एकपटक नेपाली नागरिकता लिएका व्यक्तिले अन्य जुनसुकै मुलुकको नागरिकता लिएको अवस्थामा पनि त्यसलाई खोसिनु हुँदैन ।’ उनले गैरआवासीय नेपालीलाई आर्थिक अधिकार र लगानीमैत्री वातावरणका लागि ...
  • विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन ४४ जनाको उम्मेदवारी !

    रौतहट– कुनै पनि संस्थाको अध्यक्षका लागि भएको निर्वाचनमा कति जनासम्म प्रतिस्पर्धी भएको तपाईंलाई थाहा छ ? दुई, तीन, चार पाँच वा बढीमा दश । तर रौतहट सदरमुकाम गौरस्थित देशकै चौथो विद्यालय जुद्ध उच्च माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा भने अध्यक्षका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराए । विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा ४४ जनाले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएपछि विद्यालय प्रशासनले निर्वाचन नै स्थगित गरेको छ । ३३ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा ...
  • एनआरएन प्रमुख संरक्षकमा हिराचन

    टोकियो - गैरआवासीय नेपाली संघको प्रमुख संरक्षकमा संस्थाका निर्वतमान अध्यक्ष देवमान हिराचन चयन हुनुभएको छ । एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद्को आज शनिवार काठमाडैंमा वसेको पहिलो वैठकले हिराचनलाई प्रमुख संरक्षकमा चयन गरेको हो । यसअघि सो पदमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो थिए । सहमतिका लागि अध्यक्ष पदको दावी छाडेका हिराचनलाई संरक्षक पदमा चयन गरिएको वैठकसम्बद्ध स्रोतले जनाएको छ । एनआरएनका अन्य तीन संरक्षकमा भीम उदास, रापप्रताप थापा र अष्ट्रेलियाकी इन्द्रा वनलाई चयन गरिएको छ। उदास र थापा य...
  • दुर्घटनाले हद नाघ्यो, उपरजिष्ट्रारको पनि दुर्घटनामा मृत्यु

    काठमाडौं- नेपालमा दसैंपछि दुर्घटनामा मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ । दुई दिनअघि सिन्धुलीमा ४१ जना, शुक्रबार बारा लगायतका जिल्लामा ९ जनाको ज्यान गएको भोलिपल्ट शुक्रबार विशेष अदालतका उपरजिष्ट्रार यज्ञप्रसाद पोखरेलको कार दुर्घटनामा परी ज्यान गएको छ । बा ९ च २६३१ नम्बरको कार पूर्व पश्चिम राजमार्ग अन्तरगत बाराको पसाहा खोला नजिकै शनिबार दुर्घटना हुँदा घाईते भएका उपरजिष्ट्रार पोखरेलको काठमाडौं बाँसबारी स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा ज्यान गएको  प्रहरीले जनाएको छ । पोखरेललाई हेलिकोप्टरबा...
  • विवाद झांगिएका बेला माओवादीका शीर्ष नेता एकै मञ्चमा

    चितवन- एकीकृत नेकपा माओवादीभित्रको विवाद झांगिएका बेला शीर्ष नेताहरु शनिबार भने एकै मञ्चमा देखिए । माओवादी आन्दोलनका अगुवा तथा सल्लाहकार समिति सदस्य खम्बासिंह कुँवरको नागरिक सम्मान कार्यक्रममा शनिबार चितवनमा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ उपाध्यक्ष मोहन वैद्य र प्रधानमन्त्री एवं अर्का उपाध्यक्ष बाबुराम भट्टराई एकै मञ्चमा देखिएका हुन् । कार्यक्रममा अध्यक्ष दाहालले बलिदानबाट संविधानसभा प्राप्त भएको उल्लेख गर्दै जनचाहना अनुसार शान्ति पक्रिया र सेना समायोजनको काम टुंगोमा पुर्‍याउने बताए । बरिष्ठ ...
  • आज हात धुने, कण्डम सुरक्षा र छडी दिवस

    काठमाडौं– विश्व हात धुने दिवस शनिबारदेखि दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हात धोऔं रोगबाट बचौं भन्ने नाराका साथ देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन लागेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले वताउनुभयो । दिवस अन्तर्गत नेपालभरका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीहरूमा कार्यरत स्वास्थ्यकर्मी, उपचारका लागि आउने बिरामीलगायत अन्य व्यक्तिहरूले १० दिनसम्म हात धोएर मात्र आ–आफ्नो कार्य सञ्चालन गरिने कार्यक्रम रहेको जनाइएको छ । साबुन पानीको...
  • नवलपरासीमा कांग्रेस कार्यकर्तामाथि गोली प्रहार

    नविन पौडेल  कावासोती– अज्ञात समुहको गोली प्रहारबाट नवलपरासीको हकुई गाविस ५ का चन्नर यादव घाइते भएका छन् । शुक्रबार राति  बजारबाट साईकलमा घरतर्फ गईरहेको समयमा  ६०  वर्षीय यादवलाई अज्ञात समुहले घर नजिक आफ्नै गाउँमा गोली प्रहार गरेको नवलपरासी प्रहरीले जनाएको छ । यादवलाई भैरहवा भुमही सडक खण्ड अन्तर्गत नवलपरासीको हकुई बाट करिब ५ सय मिटर दक्षिण भित्री  सडकमा  गोली हानिएको प्रहरीले जनाएको छ  । यादबको शरीरको   पछाडी पट्टीको  भागमा एक राउण्ड गोली लागेको तर  उनी खतरा मुक्त  रहेको जिल्ला पृथ्बी चन्द्र अ...
  • एनआरएनका नयाँ नेताका आज यस्ता छन् कार्यक्रम

    काठमाडौं– पाँचौ विश्व सम्मेलनमा विजयी पदाधिकारी तथा सम्मेलनका लागि नेपाल आएका गैरआवासीय नेपालीहरु शनिबार विभिन्न भेटघाट तथा छलफलमा सहभागी हुने भएका छन । शुक्रबार राति नयाँ नेतृत्व चयन भएकाले नयाँ कार्यसमितिको बैठक पनि शनिबार नै बस्ने भएको छ । नयाँ कार्यसमितिले तत्काल गर्ने नयाँ कार्यक्रमहरुको बारेमा बैठकमा निर्णय गर्ने नवनिर्वाचित ओसियाना क्षेत्रिय संयोजक मन खत्रीले जानकारी दिनुभयो । बैठकले केही कार्यविभिजन समेत गर्न सक्ने श्रोतले जनाएको छ । गैरआवासिय नेपालीहरुको सम्मान तथा स्वागतका लागी नेपाल...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित