समाचार

  • नेपाली कांग्रेसद्वारा आज राजधानीमा शक्ति प्रदर्शन गर्ने

    काठमाडौं - अहिले प्रमुख भनेर मानिने राजनीतिक दलहरुमा शक्ति प्रदर्शन गर्ने लहर चलेको छ । नेकपा एमालेले राजधानीमा शक्तिप्रदर्शन गरेको केही साता बित्न नपाउंदै 'प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले तत्काल शान्ति प्रक्रिया टुंग्याई समयमै संविधान निर्माणका लागि दबाब दिन आज राजधानीमा बृहत् जनशक्ति प्रदर्शन र आमसभा गर्ने भएको छ । घोषित कार्यक्रमअनुसार कांग्रेसले २०४६ सालमा जनआन्दोलन सफल भएको दिन पारेर राजधानीको रत्नपार्क स्थित स्व. गणेशमान सिंहको सालिकमा माल्यार्पण गरी जुलुस सुरु गर्ने र वसन्तपुरमा आमसभा...
  • वरिष्ठ पत्रकार भैरव रिसाल दम्पत्तिद्वारा शरीर दान

    काठमाडौं- वरिष्ठ पत्रकार भैरव रिसाल र उनकी धर्मपत्नी सुशीला रिसालले मरणोपरान्त शरीर दान गर्ने भएका छन् । आज रिसाल दम्पत्तिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शरीर दान दिने निर्णय गरेका छन् । स्वास्थ्य दिवसको अवसर पारेर रिसाल दम्पत्ति र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । ८४ वर्षीया भैरव र ७० वर्षीया सुशीलाले परणोपरान्त गरिने शरीर दानले नेपालमा मेडिकल साइन्स पढ्ने विद्यार्थीको पाठ्य सामाग्रीका लागि उपयोगी हुने विश्वास व्यक्त गरिएके छ । मरेपछि जला...
  • माओवादीले कांग्रेसलाई सत्ताको लोभ देखायोः एमाले

    काठमाडौं– नेकपा एमालेले माओवादीले कांग्रेसलाई सत्ताको लोभ देखाएको हुन सक्ने आशंका गरेको छ । एमाले पोलिट्ब्युरो सदस्य एवं प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले शान्ति प्रक्रिया टुंगोमा पुगेपछि सत्ता नेतृत्व दिने लोभमा कांग्रेस कतिपय विषयमा लचिलो भएको हुन सक्ने बताएका छन् । ‘यदि त्यस्तो हो भने यो गम्भीर कुरा हो,’ उनले भने । शान्ति प्रक्रियाबारेका कतिपय छलफलमा कांग्रेस चाहेभन्दा लचिलो भएको भन्दै एमालेले यसअघि पनि सचेत गराएको थियो । एमाले महासचिव ईश्वर पोखरेलले राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस...
  • नेपालका अग्ला व्यक्ति एमालेमा

    इटहरी- नेपालका अग्ला सुनसरी इटहरी निवासी राजन अधिकारी  एमालेमा प्रवेश गरेका छन् । एमालेद्धारा इटहरीमा आयोजित एक कार्यक्रममा नेता केपी ओली, बामदेव गौतम, विद्या भण्डारीलगायतले टीका र फुल दिएर मञ्चमा राखि एमाले प्रवेश गराए । राजन अधिकारी फाउण्डेसन स्थापना गरी सामाजिक कार्यमासमेत सक्रिय भएर लागेका अधिकारी यसअघि कुनै पार्टीको सदस्यता लिएका थिएनन् । मञ्चमा राजनलाई देखेपछि एमाले नेताहरु माधवकुमार नेपाल, ओली, गौतम, भरतोहन अधिकारीलगायतले तस्बिर खिचेका थिए । केही दिनअघि राष्ट्रपति डा। रामवरण यादवलाई भे...
  • गृहमन्त्रीको ट्रेड युनियन महाधिवेशनमा लफडा

    काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारको दल मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकसँग आबद्ध स्वतन्त्र प्रजातान्त्रिक ट्रेड यूनियन महासंघको तेस्रो महाधिवेशनमा तनाव भएको छ । गच्छदारका नाममा महाधिवेशनलाई आफ्नो कब्जामा राख्न नसकेपछि पार्टीका केही नेताहरुको इशारामा बन्द सत्रमै महिला उप महासचिवमाथि हातपात भएको छ । ललितपुरस्थित स्टाप कलेजको सभाकक्षमा चैत २३ गतेबाट सुरुभएको महाधिवेशनको तेस्रो दिन विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल भइरहँदा अध्यक्ष गच्छदारनिकटका केही व्यतिmहरुले महा...
  • माओवादीले शान्ति प्रकृयापनि टुंग्याउँदैन, संविधानपनि बनाउँदैनः नेता नेपाल

    विराटनगर- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी लडाकुको समायोजन सातबुंदे सहमती भन्दा वाहिर गएर हुन नसक्ने बताउनुभएको छ । विराटनगर विमानास्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै नेता नेपालले  विषेश समितिले सातबुंदे सहमती अनुसार सेना समायोजनको लागी मापदण्ड , विधि , प्रकृया तय गर्ने र त्यसै आधारमा नेपाली सेनाले काम गर्ने बताउनु भयो । उहांले विषेश समितिले तयार गरेको आधारलाई नेपाली सेनाले पालन गरी माओवादी लडाकुको दर्जा निर्धारण गर्ने हुंदा योग्यले ठुलै पदपनि पाउन सक्ने र योग्य नहुने छाटिन...
  • प्रचण्ड र बाबुरामले संविधान बनाउँदैनन्ः नेता ओली

    काठमाडौ- एमाले नेता केपी शर्मा ओलीले वर्तमान सरकारले संविधान जारी नगर्ने र अनन्तकालसम्म सत्तामा बसिरहने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । सहिद रत्नकुमार बान्तवाको ३३औँ स्मृति दिवसमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले भने— ‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा बाबुराम भट्टराई संविधान जारी गर्न खोजेजस्तो गर्ने तर जारी नगर्ने र जेठ १४ पछि संविधानसभा भङ्ग गरी अनन्तकालसम्म सरकारमा बसिरहने षडयन्त्रमा हुनुहुन्छ ।’ उनले जातीयताको आधारमा सङ्घीयतामा जान नहुने बताउँदै जातीयताको आधारम...
  • नयाँ संविधान नबनेसम्म काठमाडौं छोड्दिनँ: अध्यक्ष खनाल

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलानाथ खनालले शान्ति र संविधानको काम नसकिएसम्म राजधानी नछोड्ने बताएका छन्। शान्ति र संबिधान निर्माणमा जनस्तरबाट सुझाब लिने क्रममा सुरु गरिएको बिषेश टेलिफोन सम्वादको तेस्रो दिन मुस्ताङका दलका नेता, नागरिक समाजका अगुवा, वुद्धिजीवी र महिला प्रतिनिधिहसँग कुरा गर्दै अध्यक्ष खनालले यस्तो धारणा राखेका हुन्। निवास डल्लुबाट गरिएको सम्बादमा अध्यक्ष खनालले मुस्ताङका एमाले अध्यक्ष चन्द्रमोहन गौचन, कांग्रेस जिल्ला नेता आनन्द शेरचन, नागरिक समाजका अगुवा रामचन्द्र अधिकारी र...
  • विगतका राजाहरूजस्तै माओवादीहरू कानुनभन्दा माथि छन्ः नेता महत

    दमौली- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सेना समायोजन विशेष समितिका सदस्य रामशरण महतले यही चैत ३० गते भित्रमा सेना समायोजन भई माओवादीले हतियार बुझाए मात्रै जेठ १४ भित्र नयाँ संविधान जारी हुन सक्ने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँद्वारा शनिबार दमौलीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा नेता डा महतले माओवादीभित्र अझै पनि हतियार दम्भ रहेको चर्चा गर्दै हतियार सरकारलाई बुझाई शिविर खाली नभएसम्म शान्ति र संविधान निर्माणका काम अगाडि बढ्न नसक्ने बताए । विगतका राजाहरूजस्तै माओवादीहरू कान...
  • सम्पुर्ण ध्यान शान्ति र संविधानमा केन्द्रीत गरौं: प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शान्ति प्रकृया निष्र्कषमा पुग्नै लागेकाले अब संविधान निर्माणतिर सम्पूर्ण ध्यान केन्द्रीत गर्त सवै राजनीतिक दलहरुलाई आव्हृवान गर्नुभएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता सम्वन्धि आयोग लगायतको टुंगो लगाउन आइतवार अर्थात चैत २६ गते तीन दलको वैठक बस्न लागेको र त्यसै दिन बस्ने सेना समायोजन बिशेष समितिको वैठकले समायोजनका बाँकी कुरा पनि टुंग्याउने भएकाले त्यसपछिका दिनहरुमा सम्पूर्णरुपले संबिधान निर्माणमा केन्द्रीत हुन प्रधानमन्त्रीले आह्वान गर्नुभए...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित