समाचार

  • मधेशी मोर्चाको सरकारबाट हट्ने चेतावनी

    काठमाडौं- एकीकृत नेकपा (माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुबीच गम्भीर वार्ता र छलफल भएको छ । गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा मधेसीमोर्चा र माओवादीबीच भएको चारबुादे सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल भएको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का कार्यबाहक अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो । बैठकमा चारबुादे सम्झौता कार्यान्वयन गर्न तयार रहेको धारणा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राखेको पनि उहाँले जानकारी दिनुभ...
  • ओबामाले टेलिफोनबाटै अफगानी राष्ट्रपतिसँग माफी मागे

    अमेरिका- अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानमा आफ्ना एक सैनिकले जथाभावी गोली चलाएर १६ जनाको हत्या गरेको घटनाप्रति दु:ख व्यक्त गर्दै माफी मागेका छन् । अफगानी राष्ट्रपति हमिद कारजाईलाई टेलिफोन गरी ओबामाले मारिएका परिवाजनप्रति समवेदना प्रकट गरेको जनाइएको छ । घटनाको निन्दा गर्दै उक्त सैनिकलाई कडा कारबाही गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार कान्दहारस्थित तीन सर्वसाधारणको घरमा प्रवेश गरी एक अमेरिकी सैनिकले नौ बालबालिकासहित १६ जनाको हत्या गरेका थिए । घटनामा पाँचजना घाइते भएका छन...
  • नेपाल तेश्रो खेलमा पनि पराजित भएपछि प्रशिक्षक रोवर्टसद्वारा राजीनामा

    काठमाडौं –  एएफसी च्यालेन्ज कपमा प्रतिष्ठाको खेल खेलिरहेको नेपाललाई तुर्कमेनिस्तानले तीन गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलको पाहिलो हाफमा एक गोल खाएको नेपाले दोस्रो हाफको अन्तिम समयमा आएर दुई गोल खाएको छ । नेपाल एएफसी च्यालेन्जमा कुनै पनि गोल नगरिकन बाहिरिएको यो पहिलो पटक हो । अन्तिम खेलमा तीन गोल खाएर नेपाल पराजित भए पछि नेपाली फुटबलका प्रशिक्षक ग्राहम रोवर्टसले राजीनामाको घोषणा गरेका छन् । प्रतियोगितामा तीन खेल खेलेको नेपालले एक गोल पनि गर्न सकेन भने ६ गोल खायो । प्यालेस्टाईनसित दुई, मा...
  • नागरिकता कुपन बाँडेजस्तो बाँडिने वस्तु होइन: नेता नेपाल

    काठमाडौं- संवैधानिक समितिअन्तर्गत गठित विवाद उपसमितिका सदस्य माधवकुमार नेपालले नागरिकता कुपन बाँडेजस्तो बाँडिने वस्तु नभएको बताएका छन् । 'नागरिकता कुपन बाँडेजस्तो बाँडिने वस्तु होइन, यसमा राज्य संवेदशील बन्नुपर्छ', उनले भने । व्यवस्थापिका संसद्, मौलिक अधिकार तथा निर्देशक समितिको संयोजकत्वमा उपसमितिका सदस्यहरुसँग महिला अधिकारकर्मीको नागरिकताको विषयमा आज आयोजित अन्तर्क्रियामा सदस्य नेपालले नागरिकता राष्ट्रियतासित सम्बन्धित रहेकाले यसमा संवेदनशीलता अपनाउनुपर्ने धारणा राखेका हुन् । अर्का सदस्य ल...
  • मुर्दा शान्तिको पक्षमा म छैन: अध्यक्ष दाहाल

    काठमाडौं- एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सम्मानजनक शान्ति नहुँदासम्म नेपालको उन्नति र प्रगति नहुने बताउँदै मूर्दा शान्तिको पक्षमा आफू नरहेको बताएका छन् । शान्ति प्रक्रिया केही दिनमै सम्पन्न हुने उनले बताए । महादेवस्थान गाविस कार्यालयको नवनिर्मित भवनको थानकोटमा उद्‌घाटन गर्दै उहाँले भन्नुभयो- 'दलहरुबीच सघन छलफल भए पनि निष्कर्ष निकाल्ने बेला खै कुन अदृश्य शक्तिले रोक्छ त्यो पत्ता लगाउन गाह्रो भएको छ ।' आगामी जेठ १४ गतेभित्रै शान्ति प्रक्रिया र संविधान निर्माणको काम सम्पन्न ...
  • घेराबन्दीमा पारी सरकार ढाल्ने ओलीको चेतावनी

    दमक- एमाले नेता केपी शर्मा ओलीले सरकारलाई अझै घेराबन्दी पार्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईले विपक्षी दलहरुले सरकारलाई घेराबन्दीमा पारेर असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएकै भलिपल्ट ओलीले सरकारलाई अझै घेराबन्दी पारेर राजीनामा गर्न बाध्य पार्नुपर्ने बताए । प्रेस चौतारी झापाले सोमबार दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले घेराबन्दीकै चरणमा राजीनामा दिएर सहज बहिर्गमन नगरे बहुमत सभासद्को हस्ताक्षरले सरकार ढाल्ने चेतावनी दिए । सरकारले मोटो रकम लिएर अपराधी, तस्क...
  • ‘माओवादी मात्रै सत्ताको ठेकेदार होइन’

    रुकुम- एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य जनार्दन शर्माले माओवादी मात्रै सत्ताको ठेकेदार नभएको बताएका छन् । सत्तामोहले मात्र माओवादीले सरकारको नेतृत्व नगरेको बरु शान्ति प्रक्रिया र नयाँ संविधान जारी गर्नु उसको उद्देश्य रहेको उनले बताए । दलीय सहमति भए माओवादी सत्ताको ठेकेदार नहुने बताए । सवै राजनीतिक दलहरूको सहमतिले राष्ट्रिय सरकार गठनका लागि आफ्नो पार्टी जतिबेला पनि तयार भएको भन्दै माओवादी नेता शर्माले त्यसका लागि कांग्रेस र एमालेका नेता पनि उत्तिकै जिम्मेवार हुनुपर्ने वताए । 'माओवाद...
  • प्रधानमन्त्रीलाई कालो झन्डा

    काठमाडौं- त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई कांग्रेस भातृ संगठन नेविसंघले कालो झन्डा देखाएको छ । प्राध्यापक संघको अन्तरक्रियामा भाग लिन त्रिवि कीर्तिपुर पुगेका उनलाई विद्यार्थीको समूहले कालो झन्डा देखाएको हो । विश्वविद्यालय क्याम्पसमा उत्कृष्ठता केन्द्र निर्माण अवधारणा र योजना बारे अन्तरक्रिया कार्यक्रममा भाग लिन प्रधानमन्त्री विश्वविद्यालय आउने थाहा पाएपछि बिहानैदेखि विद्यार्थीले कालोझन्डा देखाउने तयारी गरेका थिए । नेविसंघ स्ववियु चुनावको माग गर्दै ...
  • नेपाली सेनाले आफ्ना खेलाडी फिर्ता लग्यो

    काठमाडौं- नेपाली सेनाको त्रिभुवन आर्मी क्बलले यहाँ सञ्चालित एएफसी च्यालेञ्ज कप फुटबलमा सहभागी नेपाली टोलीमा रहेका आफ्ना तीन मध्ये दुई खेलाडीलाई फिर्ता लगेको छ । मिड फिल्डर राजु तामाङ र गोल रक्षक विकास मल्ललाई फिर्ता लगेका हुन् । हिजो राति साढे ११ बजे गोदावरीस्थित नेपाली टोली बसेको होटल भ्यु भृकुटीमा आएर मिड फिल्डर राजु तामाङ र गोल रक्षक विकास मल्ललाई फिर्ता लगेका हुन् । अर्का खेलाडी टंक बस्नेतलाई भने नलगेको एन्फा श्रोतले बताएको छ। नेपाली टोलीका प्रशिक्षक ग्राहम रोबर्टले ती खेलाडीलाई लैजा...
  • सुर्खेत समाज युएईको स्थापना

    शारजाह - गत ९ मार्च शुक्रबारका दिन सुर्खेतवासीहरुको एक बृहत् भेलाले “सम्पूर्ण सुर्खेतवासीहरुको नारामा एकता” भन्ने नाराका साथ हस्तराज दर्लामीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गर्दै सुर्खेत समाज युएईको स्थापना गरेको छ । नवगठित समाजको अध्यक्षमा हस्तराज दर्लामी, उपाध्यक्षमा खगेन्द्र सापकोटा, कोषाध्यक्षमा गंगाबहादुर छन्त्याल, सह–कोषाध्यक्षमा टोपबहादुर रेश्मी, सचिवमा नवराज रेग्मी र सह–सचिवमा धालबहादुर छन्त्याल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा हरिलाल छन्त्याल, देवबहादुर सारु, देव दर्लामी, र...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित