समाचार

  • युवतीमाथि बलत्कार गरेकोमा ३ युवा पक्राउ

    इटहरी- होटलमा एक युवतीलाई बलात्कार गरेको आरोपमा ३ युवालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी स्थित कलङ्की चौकमा रहेको एक होटलबाट प्रहरीले हासपोसाका सन्तु लिम्बु, संजोग श्रेष्ठ र सन्तोष कुवरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक सागर थापाले जानकारी दिनुभयो । उनिहरुले एक युवतीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका तीनैजनाको बारेमा अनुसन्धान भैरहेको बताइएको छ ।
  • सशस्त्र समूहले राखेको बम निष्क्रिय पार्दा सेना नै घाइते

    रौतहट - सशस्त्र समूहले राखेको सकेट बम निष्क्रिय पार्ने क्रममा शनिबार नेपली सेनाका एक हवल्दार घाइते भएका छन् । रौतहटको सरमुजवा गाबिस-८ बंकुल बजार स्थित एक ब्यापारीको पसल पछाडि राखेको सकेट बम निष्क्रिय पार्ने क्रममा नेपाली सेनाको अमरदल गल्म पुरेनवा गौरका हवल्दार होमबहादुर राउत घाइते भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । हवल्दार राउतको बाँया खुट्टामा बमको छर्राले लागेको प्रहरीले जनाएको छ । घट्नामा घाइते राउतलाई गौर अस्पतालमा उपचार गरिएको छ । उक्त बम जनतान्त्रिक मधेश मुक्ति पार्टीले राखेको ...
  • प्रचण्डले माधवलाई भने- ‘तपाँइहरु मिलेर हामीलाई एक्ल्याउनु भयो’

    काठमाडौं- सरकारको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादी र प्रतिपक्षी दलहरुबीच बिबाद बढ्दै गएका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेले मिलेर आफूहरुलाई एक्ल्याउन खोजेको भन्दै गुनासो गरेका छन् । एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग लाजिम्पाटस्थित नयाँ निवासमा भएको भेटमा दाहालले तीन दलबीच वार्ता र सम्वाद भइरहेकाबेला कांग्रेस-एमालेले मोर्चाबन्दी गरेकोमा आपत्ति जनाए । 'शान्त...
  • आफ्नै कामदारद्वारा मालिकको हत्या

    भक्तपुर- भक्तपुर ७ स्थित गोलमढीका गंगा सागर रञ्जितको उनकै कामदारले शुक्रबार राति हत्या गरेको छ । तराई मुलका ति कामदारले काठको मुढाले निधारमा हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक रूपक खडकाले बताए । हत्यापछि उनी फरार रहेको उनले बताए । गंगा सागरले भक्तपुर नगरपालिका इनाचोमा रञ्जित राइस मिल सञ्चालन गरेका छन । प्रहरीले हत्याराको खोजी गर्न राजमार्ग र सहायक मार्ग नाकाबन्दी गरेको छ
  • ऊर्जामन्त्रीलाई जनताको सुझाव

    काठमाडौं-संसदीय व्यवस्थाका बेथिति र अनियमितताका साथै नेपाली समाजलाई आमूल रूपान्तरण गर्ने प्रण गरेर दश वर्षसम्म जनयुद्ध गरेको नेकपा माओवादीको नेतृत्वमा सरकार भएको वर्तमान अवस्थामा अर्थ मन्त्रालयको ढुकुटी पनि माओवादी नेताकै हातमा रहेको छ  । माओवादी नेतृत्वको वर्तमान सरकारले नेपाली जनतालाई सबैथोक दिन नसके पनि कमसेकम आफू मातहतका मन्त्रालयहरू मा भइरहेका बेथितिलाई मात्रै नियन्त्रण गर्न सके कति राम्रो मान्दा हुन् नेपाली जनताले ? तर सरकारका मन्त्रीहरूले सिन्को भाँच्न सकिरहेका छैनन्, जनताका पक्षमा  । ग...
  • महेन्द्र मोरङ क्याम्पसका स्ववियू उपाध्यक्ष पक्राउ

    विराटनगर- महेन्द्र मोरङ बहुमुखि क्याम्पस विराटनगर स्वतन्त्र विद्यार्थी युनीयनका उपाध्यक्ष तथा अनेरास्ववियू क्रान्तिकारीका जिल्ला कमिटि उपाध्यक्ष देवानन्द यादवलाई प्रहरीले पक्राउ गरेको छ । विहीवार राती विराटनगर ११ मा डेरागरी बस्ने कुन्दन राईमाथि धारीलो हतियारले सांघातिक आक्रमण गरेको अभियोगमा प्रहरीले यादवलाई पक्राउ गरेको हो । विहीवार राती १० बजेको समयमा बा १५ प २६४९ नम्वरको मोटरसाइकलमा आउादै गरेका राई र सोही मोटरसाइकलमा पछाडी चढेका भाष्कर राईलाई गौंडो ढुकेर यादवसहित चार जनाको समुहले आक्रमण गरेको...
  • प्रधानमन्त्रीले भारतलाई खुशी पारेको बामदेवको आरोप

    पोखरा- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादीको नेतृत्वमा बनेको वर्तमान सरकारले द्वन्द्वकालमा जनसत्ताका नाममा गरिएका क्रियाकलापलाई वैधानिकता दिनु १२ बुँदे समझदारीदेखि हालसम्म सबै सहमतिको ठाडो उल्लङ्घन भएको बताएका छन्। नेकपा एमाले कास्कीले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा अध्यक्ष गौतमले माओवादी क्रान्तिका नाममा प्रतिगमनतिर फर्केको आरोप लगाउँदै माओवादीले भने बमोजिमको संविधान नबन्ने र शान्ति प्रक्रिया नटुङ्गिने हो भने उनीहरु विद्रोहमा जाने तयारी र मानसिकतामा रहेको विचार व्यक्त गरे।...
  • प्रचण्ड चियाको तुफानमा उडेको पौडेलको भनाइ

    माओवादी पछि हट्योः नेपाल काठमाडौं- नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई कमजोर तुल्याउँदै गएको आरोप लगाएका छन् । सशस्त्र युद्धका बेला माओवादी 'जनसत्ता'ले गरेका घरजग्गा किनबेच, अंशबन्डा र बकसपत्रका निर्णयलाई सरकारले वैद्यता दिएकोमा प्रतिपक्षी दलको विरोधलाई दाहालले 'चियाको कपमा तुफान ल्याउने कोसिस' भनेका थिए । निर्णयविरुद्ध संविधानसभाका डेढ दर्जन दल उभिएपछि पौडेलको यस्तो प्रतिक्रिया आएको हो । 'प्रचण्ड यति धेरै ...
  • माओवादीले संक्रमणकाल लम्ब्यायोः खनाल

    तिनाउले नबगाएको पार्टीको फोहोर बग्यो झापा– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकिकृत माओवादीले झिकेका नयाँ नयाँ बखेडाहरुका कारण संक्रमणकाल लम्बिरहेको आरोप लगाउनुभएको छ । एमाले मेची अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न  झापाको धुलाबारी पुग्नुभएका अध्यक्ष खनालले कार्तिक १५ गते भएको सात बुँदे सहमति विपरीत समायोजनमा जाने लडाकुहरुको संख्याको किचलो झिकेर  माओबादीले शान्ति प्रक्रियामा संकट उत्पन्न गराएको दाबी गर्नुभयो । अध्यक्ष खनालले माओवादीको चाहानाले सहमति बिपरीत समायोजनमा जाने लडाकुहरुको ...
  • मुखर्जीले भने– ‘भारत समृद्ध नेपाल हेर्न चाहन्छ’

    नयाँ दिल्ली– भारत भ्रमणमा रहेका उपप्रधान एवम गृहमन्त्री विजयकुमार गच्छदारले शुक्रवार भारतीय अर्थमन्त्री प्रणव मुखर्जीसँग भेटवार्ता गरेका छन् । दुई जनावीच  करिब आधा घण्टा भएको भेटवार्तामा मुखर्जीले नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया एकीकृत नेकपा माओवादी नेतृत्व सरकारबाट निष्कर्समा पुग्न सक्छ कि सक्दैन भनेर गंभिर चासो राखेका थिए । उनले गच्छदारसँग नेपालमा राजनीतिक स्थायीत्वकोलागी भारत जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको भन्दै अहिलेकै सरकारबाट शान्ति र संविधानको काम पुरा हुन...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित