समाचार

  • को हुन् किम जङ-अनका दुई सारथी ?

    काठमाडौं - अमेरिका र चीनसहित कैयौँ मुलुकले उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई लिएर विभिन्न प्रतिबन्धहरु लगाइसकेका छन् । तर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र शक्ति राष्ट्रहरुको प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । अमेरिकाले राष्ट्रसंघमा उक्त मुद्दालाई पटक-पटक उठाउँदै आएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले भनिन्, "विगत २४ वर्षदेखि हाम्रा सबै प्रयासहरुका बावजुद उत्तर कोरियाको पारमाणविक कार्यक्रम पहिलेभन्दा खतरनाक भएको ...
  • माओवादीलाई भोजपुर दिने तयारी गरेपछि एमालेभित्र असन्तुष्टि

    काठमाडौं - मंसिर १० र २१ गते हुने केन्द्र र प्रदेश सभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रले वाम तालमेलको घोषणा गरेर टिकट बाँडफाँडको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएका छन् । टिकट वितरणको काम अन्तिम चरणमा पुर्‍याए पनि पार्टीभित्र असन्तुष्टि भने चुलिदै गएको छ । ६० र ४० प्रतिशतको भागबण्डाका कारण कतिपय जिल्लामा लोकप्रिय व्यक्तिले नै टिकट नपाउने अवस्था आएपछि एमालेभित्र असन्तुष्टि चुलिएको छ । जिल्लाको भावना नबुझी केन्द्रबाट एकैपटक टिकट वितरण गर्दा कर्ताकर्ता निराश बनेका छन् । पहिलो चरणमा चुनाव ह...
  • दूध बिक्री नहुँदा किसान समस्यामा

    पाल्पा - अर्गलीमा दलित समुदायले उत्पादन गरेको दूध डेरी सञ्चालकले लिन नमान्दा किसानलाई समस्या भएको छ । उत्पादित दूध डेरी सञ्चालकले लिन नमानेपछि किसान खेर फाल्न बाध्य छन् । दलित समुदायले पटक पटक सञ्चालकलाई दूध लिन आग्रह गरेपनि अझैसम्म लिन नमानेको स्थानीयवासी गीता बम्रेलले बताउनुभयो । अर्गलीका किसानले उत्पादन गरेका करिब ३० लिटर दूध खेर गएको छ । स्थानीयवासी लक्ष्मी विश्वकर्माले दूध बेच्न डेरीको अभाव रहेको बताउनुभयो । अधिकारकर्मीले एक हप्ताभित्र दूध लिन आग्रह गरेपनि डेरी सञ्चालक लिन मानेका छैनन...
  • भक्तपुरमा चारपाङ्ग्रेको निःशुल्क ट्रायल परीक्षा शुरु

    भक्तपुर - यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा शुरु भएको छ । भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा गत शनिबारबाट र चारपाङ्ग्रेको आजबाट शुरु भएको हो । भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहज रुपमा सवारी चालक अनुमतिप...
  • म्यादी प्रहरीमा भर्ना हुन २ लाख ९४ हजारभन्दा बढीको आवेदन

    काठमाडौं - म्यादी प्रहरीमा भर्ना २ लाख ९४ हजार ६९ जनाको आवेदन परेको छ । प्रहरी प्रवक्ता मनोज नेउपानेले दिनुभएको जानकारी अनुसार देशभरबाट २ लाख ९४ हजार ६९ जनाको आवेदन परेको हो । जसमध्ये ४४ हजार भन्दा बढी पूर्व म्यादी छन् । सबैभन्दा बढी २ नम्बर प्रदेशबाट ९५ हजार जनाको आवेदन परेको छ । पुरुष २ लाख ४० हजार भन्दा बढी छन् भने महिला ५३ हजार ५ सय ९४ जना छन् । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि देशभरबाट ९८ हजार २ सय ६८ जनाको माग भएको थियो । आवेदन दिएकाहरुको कात्तिक ५ गतेदेखि १० गतेसम्म छनौ...
  • मतपत्रसम्बन्धी रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

    काठमाडौं - आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र पुनः छपाइ गर्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र पुनः छपाइको माग गर्दै रिट दायर गर्नुभएको थियो । शुक्लाले प्रतिनिधिसभा र प्रदेशसभाको एउटै मतपत्र हुँदा मतदातालाइ असहज हुने भएकाले फरक फरक मतपत्रको व्यवस्था गर्न माग गर्नुभएको थियो । न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज गरेको आदेश...
  • समानुपातिक सूची सच्याउन माग गर्दै राजपा महासचिव नै धर्नामा

    काठमाडौं - मधेश आन्दोलनको भावना विपरित पार्टी नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूचीमा जात र पैसाका आधारमा नाम समावेश गरेको भन्दै राजपा नेताहरुले रिले अनसन सुरु गरेका छन् । राजपा महासचिव केशव झासहित केन्द्रीय नेताहरुले विभेदकारी समानुपातिक सूची सच्याउन माग गर्दै आजबाट धर्ना सुरु गरेका हुन् । समानुपातिक सूचीमा पार्टीको बरियता अनुसार नाम राख्नुपर्ने र यसअघि पटक पटक लाभको पद लिएकाहरुलाई समानुपातिकमा राख्न नहुने माग नेताहरुले रोखका छन् । नामै नसुनिएका र पार्टीको साधार...
  • पदभार ग्रहणसँगै स्वास्थ्यमन्त्री बोहराले गरे दुई फाइल सदर

    काठमाडौं - नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले कर्मचारीले ढुक्कले जनतालाई सुविधा पुग्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । आज मन्त्रालयलाई पदबहाली गर्दै मन्त्री बोहराले राजनीतिक पूर्वाग्रह र हस्तक्षेत्रबाट मुक्त भई स्वास्थ्यमा जनताको हित हुने गरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘मबाट राम्रा योजनाका लागि कुनै हस्तक्षेप हुदैँन, देशलाई अगाडि बढाउने प्रमुख जिम्मेवारी तपाइँ स्थायी कर्मचारीकै काँधमा छ, त्यसै राम्रा योजना ल्याउनुस्, पूर्वमन्त्रीका राम्रा कामलाई निरन्तरता दिनुस्,...
  • कतारमा एक नेपालीको मृत्यु

    राजविराज - वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो । मण्डल ६ महिना अगाडि रोजगारीको लागि कतार जानुभएको थियो । उहाँको गएराति सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ । सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा उहाँ कतार जानुभएको थियो । उहाँको शव नेपाल ल...
  • चुनाव लक्षित सुरक्षा रणनीति बनाउन सुरक्षा परिषदको बैठक बस्दै

    काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लक्षित सुरक्षा रणनीति बनाउन राष्ट्रिय सुरक्षा परिषदको बैठक आज बस्दै छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यलयमा दिउँसो ३ बजे बस्ने बैठकमा चुनाव लक्षित सुरक्षाका विषयमा छलफल हुने रक्षा मन्त्रालय स्रोतले जनाएको छ । मंसिर १० र २१ गते दुई चरणमा हुने निर्वाचनमा सेना, शसस्त्र र नेपाल प्रहरीका साथै राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई परिचालन गर्ने विषयमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहने सुरक्ष...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित