समाचार

  • ‘स्थानीय तहको निर्वाचनपछि देशले महत्वपूर्ण फड्को मार्ने’

    काठमाडौं – उपप्रधान एवम् सङ्घीय मामिला तथ स्थानीय विकासमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनपछि देशले महत्वपूर्ण फड्को मार्ने बताउनुभएको छ । उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले आज हेटौँडामा आयोजित जिल्ला प्रशासन कार्यालय मकवानपुुरका प्रजिअ, सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी, विभिन्न कार्यालयका प्रमुख, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका कर्मचारीलाई सम्बोधित गर्दै उक्त कुरा बताउनुभएको हो । मन्त्री थापाले अब हुने स्थानीय तहको...
  • एमालेका कारण देश विखण्डनमा जाने खतराः डा. भट्टराई

    कैलाली – नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेकपा एमालेका कारण देश विखण्डनमा जान सक्ने खतरा रहेको बताउनुभएको छ । आज नयाँ शक्ति नेपालको तराई पहाड हिमाल÷थरुहट राष्ट्रिय एकता अभियानलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । डा भट्टराईले सत्तामा रहेका र सत्ता बाहिर रहेका दलहरुले नेपाललाई विखण्डन गर्न खोजी रहेको आरोप लगाउँदै भने देशलाई विखण्डन हुन नदिन नयाँ शक्ति लागिरहेको बताउनुभयो । हिमाल पहाड तराईका जनताहरुलाई समान अधिकार दिन संविधान संशोधनको आवश्यक रहेको बताउँदै डा.भ...
  • भारु सटही समस्याः एक नेपालीको ४५ सय मात्रै साट्ने

    भारतले नेपालीसँग रहेको एक हजार र ५ सय दरका ४५ सय नोट मात्रै साट्न सकिने बताएको छ । आज बिहान राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा बसेको बैठकमा भारतीय टोलीले आफ्नो निर्णय सुनाउँदै यस्तो बताएको हो । नेपाल राष्ट्र बैंकका अधिकारीहरुले भारतको यो भनाइमा असहमति जनाएपछि द्विपक्षीय बैठक निष्कर्षविहीन भएको छ । बैठकमा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को टोलिले ४५ सयसम्म मात्रै साट्ने निर्णय गरेको राष्ट्र बैंकका अधिकारीहरुलाई जानकारी गराएको छ । भारतीय टोलिले ४५ सयसम्म मात्रै साटिदिने बताएको बिदेशी...
  • रातमा बढी पिसाब लाग्छ ? यस्तो हुन सक्छ !

    काठमाडौं – जापानका डाक्टरहरुका अनुसार रातमा पटक पटक पिसाब गर्न उठिरहनुपर्छ भने उनीहरुले खानमा नुनको मात्रा कटौती गर्नु आवश्यक छ । यो समस्यालाई नोक्चुरिया भनिन्छ । यसले मानिस ६० वर्ष कटेपछि बढी प्रभावित पार्छ । यसबाट पीडित मानिसको निन्द्रा विग्रन्छ र मानिसको जीवनलाई समेत प्रभावित गर्छ । यो अध्ययन तीन सय भन्दा धेरै मानिसमा गरिएको थियो । शोधकर्ताले अध्ययनका क्रममा जसले नूनको मात्र कम गरेका छन् उनीहरुलाई रातिको समयमा पटक पटक पिसाबका लागि उठ्न पर्ने समस्याबाट हल मिलेको छ ।  बेलायतका डाक्टरका अनुसा...
  • आरआरको स्ववियु चुनाव स्थगन गर्न नौ विद्यार्थी सङ्गठनको माग

    काठमाडौं – रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा आगामी मङ्गलबार हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन स्थगन गर्न नौ विद्यार्थी सङ्गठनले माग गरेका छन् । सत्तारुढ दलका नौ विद्यार्थी सङ्गठनले विज्ञप्ति जारी गरी स्नातकोत्तर तह द्वितीय वर्षको परीक्षा भइरहेको र निर्वाचनमा सबै विद्यार्थी सङ्गठनको सहभागी हुने वातावरण नभएकाले हाल निर्वाचन स्थगन गरी नयाँ मिति तोक्न क्याम्पस प्रशासनसँग माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले ‘विद्यार्थी सङ्गठनहरुलाई बाहिर राखेर निर...
  • काठमाडौँमा भेटियो १९ राउन्ड गोली, प्रहरी नै आश्चर्यचकित

    काठमाडौं - काठमाडौँको ठमेलमा प्रहरीलाई नै आश्चर्यचकित बनाउने गरी १९ राउण्ड वेवारिसे गोली भेटिएको छ । अमृत साइन्स क्याम्पसबाट ज्याठा जाने बाटोमा फोहोरको थुप्रोमा १९ राउण्ड गोली भेटिएको हो । प्रहरीका अनुसार, फोहोर उठाउने क्रममा बालबालिकाले खेलाइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्याष्टिकको पोकोमा बेरेर राखिएको अबस्थामा फेला परेको १९ राउन्ड गोली ६.५ क्यालिभरको गोली भएको प्रहरीले बताएको छ । ‘फाहोर उठाउने कन्टेनरका चालकले सडक वालवालिकाले भेटेको प्लास्टिक भित्र गोली देखेपछि प्रहरीला...
  • इमर्जिङ कप क्रिकेटः भोली नेपाल र पाकिस्तान भिड्ने

    काठमाडौं – नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गर्ने भएको छ । बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि (यु–२३) उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । टोलीमा कप्तानको जिम्मेवारी नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपालको प्रतिनिधित्व गर्दै मल्लले पहिलो पटक नियमित कप्तानको भूमिका निर्वाह गर्न लागेका हुन् । उनले यसअघि घरेलु मैदानमा गत फागुन महिनामा भएको आइस...
  • नीति तथा कार्यक्रमै सिंहदरबारलाई फोहर शून्य बनाइने

    काठमाडौं – सरकारले आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा सिंहदरबारको फोहर बाहिर नपठाइने कार्यक्रम ल्याउने भएको छ । देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारबाट निस्कने ढललगायत फोहर सिधै वाग्मतीमा गई प्रदूषण बढेकाले नमुनाका रुपमा सिंहदरबारलाई फोहरमुक्तस्थल बनाउन सोसम्बन्धी नीति तथा कार्यक्रम र बजेटमा ल्याउन लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिंहदरबारबाट निस्कने ढललगायत फोहर भित्रै प्रशोधन गर्ने गरी विसं २०७४ को अन्त्यसम्म प्रशोधन केन्द्र निर्माण गरिने मन्त्रालयका सचिव भीमप्रसाद उ...
  • चुनावमा एमालेलाई ‘काउन्टर’ गर्ने रणनीति बनाउँदै कांग्रेस

    काठमाडौं – केन्द्रीय कार्यसमिति बैठक आहवन गरेको नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा पार्टीले खेल्ने भूमिकाबारे रणनीति बनाउँदै छ । पार्टी कार्यालय सानेपामा आज सुरु भएको कार्यसमितिको बैठकमा स्थानीय तहको चुनावमा कसरी एमालेलाई जित्ने भन्नेबारे नेताहरु रणनीति बनाउन जुटेका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावलाई लक्षित गरी मेची महाकाली अभियान सम्पन्न गरिसकेको अवस्थामा अब कांग्रेसले कसरी अगाडि बढ्ने भन्नेबारेमा नेताहरु छलफलमा जुटेका छन् । एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रे...
  • प्रधानमन्त्री दाहालले आज चिनियाँ उच्च नेताहरुसंग भेटवार्ता गर्ने

    काठमाडौं –चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा आज सम्वोधन गर्दैहुनुहुन्छ । त्यसअघि प्रधानमन्त्री दाहालले विश्वविद्यालय परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाले आजै चिनियाँ व्यवसायीसंग दुई मुलुकको व्यापारिक सम्भावना बारे छलफल समेत गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विद...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित