साहित्य

  • मानुषी, आऊ बालुवाटार कब्जा गरौँ !

    यहाँ सरकार छ र, त मलाई तिम्रो इज्जतको सुर्ता छ, मानुषी, कहाँ छौ ? आऊ बालुवाटार कब्जा गरौँ † टुक्रा टुक्रामा बाँडेर हाम्रो अस्मिता भाग लगाइरहेछ राज्य हाम्रो रक्ताम्मे पेटिकोट हेरेर मनोरन्जन लिइरहेछ सरकार आँसुजस्तै रंगहीन बनाएर जीवन हामी डुबिरहेछौँ आँसु–आँसुको दहमा हामी डुबिरहेछौँ आक्रोश आक्रोशको दहमा ठुग्न तम्तयार क्रुर नंग्राहरू अझै पच्छ्याइरहेछन् हाम्रो अस्मिता कोमल ओठमा आफ्ना राक्षसी जुँगा रगड्न चाहनेहरू हाँसिरहेछन् हाम्रै छेउछाउमा र, त मलाई तिम्रो इज्जतको सुर्ता छ, मान...
  • मेरो किताब लुकेर पढ्नेछन्

    राजेन्द्र थापाको आफ्नै स्थापित परिचय छ । ‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ…’, ‘पर लैजाऊ फूलहरू…’ जस्ता कालजयी गीतसँगै ‘दर्शन नमस्ते…’, ‘क्या दामी भो…’ जस्ता नयाँ पुस्ते मनोविज्ञान समेटिएका सयौं गीतहरूसँग मात्रै जोडिएको छैन उनको परिचय । द्वन्द्वकालमा जर्साप भएर सुदूरपश्चिम पुग्दा उताकै दु:खमा डुबेर ‘सुर्जे पनि अस्ताउन मात्रै आउँछ हाम्रो पश्चिममा’ गजलकृतिसँगै ‘भुइँमान्छे’ जस्ता चर्चित मुक्तक कृतिहरूसमेत निकालेका उनी अब उपन्यासकारको छविमा स्थापित हुन खोज्दैछन् । उनले नयाँ पुस्ताको प्रेम र य...
  • एसिया–अस्ट्रेलिया–अमेरिका अनुभवबाट ‘स्नेहधारा’

    काठमाडौं–  प्रा पीताम्बर शर्मा दाहालद्वारा रचित ‘स्नेहधारा’ काव्य राजधानीमा लोकार्पण गरिएको छ । भानुभक्त अयोध्यादेवी दाहाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा  प्रा डा वासुदेव त्रिपाठीले अनुष्टुपलगायत विभिन्न छन्दको प्रयोग गरी लेखिएका काव्य बेग्लै स्वादको हुने र त्यो  रुचिकर हुने बताउनुभयो । राष्ट्रकवि माधवप्रसाद घिमिरेले कवि दाहाल राम्रा चिन्तन प्रवाहित गर्ते रसवादी कवि र सृष्टि सौन्दर्यका गायक र मनमाधुर्यका नायकका रुपमा देखिनुहुन्छ भन्नुभयो । समालोचक प्रा डा खेमनाथ कोइरालाले ‘स्नेह...
  • कृति बेचेर जापानबाट ‘आमाघर’ लाई सहयोग

    काठमाडौं - साहित्यकार छक्कू उदासीले आफ़्नो कृति बेचेर भएको आम्दानीबाट दिलशोभा श्रेष्ठले सञ्चालन गरेको ‘आमा घर’ लाई सहयोग गरेकी छन् । वैदेशिक रोजगारीको सिलसिलामा जापानको टोकियोमा रहेकी उदासीले आफ्नो पहिलो कृति लघुकथा संग्रह ‘आँशु कुञ्ज’ किताब बिक्रीबाट संकलित ५० हजार रुपैयाँ ‘आमा घर’ लाई सहयोग गरेकी हुन्। उनले जापानबाट पठाएको उक्त रकम युएई मगर संघका अध्यक्ष नुनप्रसाद सोमैमगर, नेपाल मगर संघका उपाध्यक्ष श्याममाया पुनमगर र नेपाल मगर विद्यार्थी संघका अध्यक्ष रेणुका काउछामगरले हालै काठमाडौंको सोल्टी म...
  • तिम्री स्वास्नी (कथा)

    एउटा सामान्य सेमिनारबाट नै उनले मलाई राम्रोसँग चिनेका रहेछन् ।  हुन त त्यसभन्दा अगाडिबाट नै उनले मलाई चिन्नको लागि धेरै प्रयास गरेका रहेछन् । आफु चिनेको र भेटेको प्रत्येक व्यक्तिसँग मलाई चिनाइदिने अनुरोध गर्दा रहेछन् । त्यस अवसरमा कतिले चिनेको छैन भनेर उनलाई निराश पार्दा रहेछन् त कतिले ‘भइहाल्छ नि, उहासँग मेरो राम्रै सम्बन्ध छ त्यसैले तपाइँलाई उहासँग परिचय मात्र होइन तपाइँको चाहनाअनुसार घनिष्ठ मित्रता कायम गराइदिने छु’ भन्दै उनलाई भुल्याउने गर्दा रहेछन् ।  त्यसदिन म एउटा स्टेशनरीमा बसी आफ्नो केह...
  • साझा पुरस्कार ‘मेरा जीवनका पाना’ लाई

    काठमाडौं- साझा प्रकाशनले २०६८ सालको साझा पुरस्कार गौरा प्रसाईंद्वारा लिखित 'मेरा जीवनका पाना' लाई प्रदान गर्ने निर्णय गरेको छ । प्रकाशन सञ्चालक समितिको शुक्रबार बसेको बैठकले साझा पुरस्कार उक्त कृतिलाई दिने निर्णय गरेको हो । नेपाली साहित्यको श्रीवृद्धिका साथै साहित्यकारहरूमा सिर्जनात्मक उर्जा थपियोस् भनेर साझाले २०२६ सालदेखि यस प्रकाशनबाट प्रकाशित नयाँ कृतिमध्ये सर्वोत्कृष्ट एक मौलिक ग्रन्थलाई यो पुरस्कार प्रदान गर्ने गरेको प्रकाशनका अध्यक्ष ममता झाले जानकारी दिनुभयो । बर्सेनि प्रदान गरिने सो ...
  • पाँच स्रष्टालाई महाकवि देवकोटा पुरस्कार

    काठमाडौं- सरकारले यस वर्षको महाकवि देवकोटा पुरस्कारद्वारा भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने स्रष्टाहरुलाई सम्मान गरेको छ। महाकवि देवकोटा पुरस्कारबाट पुरस्कृत हुने स्रष्टाहरुमा कवितातर्फ रामचन्द्र भट्टराई, निबन्ध समालोचनातर्फ निनु चापागाईं, आख्यान नाटकतर्फ मनु ब्राजाकी, बालसाहित्य लोकसाहित्यतर्फ शान्तदास मानन्धर र साहित्य सेवातर्फ रमेशरञ्जन झा छन्। सो अवसरमा प्रधानमन्त्री बाबुराम भट्टराईले विभिन्न पाँच विधामा उत्कृष्ट योगदान पुर्‍याउने ती स्रष्टाहरुलाई पुरस्कार प्रदान गरेका ह...
  • कथाकार अर्जुन राईको ‘घुम्तीबीचका पर्खालहरू’ विमोचित

    काठमाडौं - कथाकार अर्जुन दुङमेन राईको पहिलो कथाकृति 'घुम्तीबीचका पर्खालहरू' विमोचन भएको छ । सङ्ग्रहमा अदृश्य बाबुको दृष्टि, यो जूनीको प्रेम, मुग्लानेको पिडा, ड्राईभर माइलो, खेर गएको कसम, भोगाइ र सूर्यास्त गरि जम्मा ७ वटा कथाहरू संग्रहित छन् । उक्त कृतिको विमोचन डा. कृष्णहरि बरालको हातबाट ०६९ पौष ७ गते शनिबार सुम्निमा हल कोटेश्वर काठमाडौंमा भएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरू कृष्ण धरावासी विशिष्ट अतिथि, श्रवण मुकारुङ विशेष अतिथि, राष्ट्रगान रचनाकार ब्याकुल माइला अतिथिकारुपमा कार्यक्रमम...
  • सहिद कि आमा

    ‘धिक्कार गरिबलाई त मासेरै छाड्ने भो ! असार मासमा पनि के को जुन लागेर बसेको हो ? रोपेको कोदो पनि सोरे भो अब । पोहोर साल पनि यस्तै भो मेला जान पाईएन । पछि सामालको जो हुन नसक्दा सिस्नो खोज्न जानु पर्ने भो । यसपाली पनि त्यस्तै हुने भो ।’ढाड कुप्रिएको, लफ्रक्कै भिजेको फरिया र रंग उडेको मझेत्रो ओडेकी जुनेली रछ्नमा रोपेको कोदो हेर्दै आकाशतिर फर्किन् । ‘दिउँसो त ठूलै पानी पर्ला जस्तो थियो अहिले त आकाशमा बादलको चिनै छैन् । टहटह जुन पो लागेको छ ।’ ‘आमै अझै सुत्नु भएको छैन्’ । नजिकैबाट चिनेको आवाज आयो ।...
  • भाषा पतन भए, हाम्रो पहिचान मासिने

     नेपाल बहु जाति, बहु संस्कृति र बहुभाषी राष्ट्र भनेर विश्व मानचित्रमा पृथक पहिचान बनाउन सफल भएको छ | ४८.६१ प्रतिशत नेपाली जनताको मातृभाषा र ८७ प्रतिशत नेपाली जनताको साझा सम्पर्कको माध्यम बनेको नेपाली भाषा हामी सबैको ढुकढुकी हो | धेरै लामो समय देखि सरकारी कामकाजमा प्रयुक्त यो नेपाली भाषाले नेपालीहरू बिच आपसमा भावनात्मक एकताको सूत्रमा बांधेको छ | नेपाली भाषा एक अन्तर्राष्ट्रिय भाषा बन्न पुगिसकेको छ | भारतमा समेत राष्ट्रिय भाषाको रूपमा स्वीकृत भै सकेको हुनाले यो भाषा एक जीवन्त भाषा हो । यसलाई बिभिन...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित