साहित्य

  • ‘एकात्म’ लोकर्पित

    काठमाडौँ – आठ कविहरुको एउटै कविता संग्रह “एकात्म” पाठकहरुमाझ आएको छ । काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा शनिबार पुस्तकको विमोचन तथा विमर्श गरिएको हो । कृतिमा सङ्खुवासभा, उदयपुर, दाङ, रोल्पा र दोलखासम्मका कवि उज्ज्वल ढुङ्गाना, कुशल सुमन, विष्णु सन्न्यास, बुद्घि कट्टेल, नवीन अभिलाषी, पार्थक्य हृदय, सिजन श्रेष्ठ र प्रशन्न घिमिरेका कविता सङ्गृहीत छन् । ‘संयम किनारा’ संस्था र ‘नेपाल बुक्स’ले सोे कवितासङ्ग्रह प्रकाशनमा ल्याएका हुन् । सो अवसरमा साहित्यकार केशव सिग्देलले धैरै कवि नयाँ भए पनि ...
  • मगर गनेश पुर्बछानेको (केही गर्न सिकौ)

    साथी हो रमेर हास्न सिकौ । चिच्याएर रुन त जन्मदै सिक्या छौ ।। दुनियाको नजरमा मिलेर बस्न सिकौ । चक–चक गर्न त सानो छदै जान्या छौ ।। ठुलालाइ आदर सानालाइ कदर गर्न सिकौ । आमालाइ दुस्ख बाबालाई पीडा दिन उहिलेनै सिक्या छौ ।। गन्तव्यलाई पच्छ्याएर चुम्न सिकौ । भबिस्यलाई पछार्न उमेरमै सिक्या छौ ।। जिन्दगिको मैदान मा जित्न सिकौ । हार्न त तिमिले बालापनमै सिक्या छौ ।। हो म फेरि पनि भन्छु दुइपलको जिन्दगिमा केही गर्न सिकौ । मर्नु छ एकदिन सबैलाइ घमण्ड गर्न अहिले देखिनै त्याग्न सिकौ ।।।
  • दृष्टिविहीन कवि मिलनको ‘आँखामा जापानः मनमा नेपाल’ विमोचन

    काठमाडौं – कवि शम्भुकुमार मिलनको यात्राकाव्य ‘आँखामा जापानः मनमा नेपाल’ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सञ्चारमन्त्री राम कार्कीले विमोचन गर्नुभयो ।  कार्यक्रममा कार्कीले सर्जकहरुलाई मरोपरान्त होइन, जिउँदोमै सम्मान गर्ने परिपार्टी बसाल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले कविता हृदयलाई छुनेखालको हुनुपर्नेमा जोड दिँदै कवि शम्भुकुमारको यात्राकाव्य पठनीय भएको बताए । ६ ओटा सर्गहरुमा विभक्त यात्राकाव्यमा कविको जापान यात्राको सन्दर्भ...
  • ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक लोकापर्ण

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य सम्बोधनको सङ्गालो ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकको आज यहाँ लोकापर्ण गरिएको छ । प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओली, एमाले नेता रघुवीर महासेठ, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम, दिनेश सत्याल ‘सौरव’ चरण प्रसाईँ तथा पत्रकारद्वय कृष्णमुरारी भण्डारी र विजयकुमार पाण्डेले सयुक्तरुपमा उक्त पुस्तकको लोकापर्ण गर्नुभयो । उक्त अवसरमा अध्यक्ष ओलीले पुस्तकमा उल्लेख गरिएका कुरा देशको समस्या...
  • पोखरामा छैटौैं नेपाल साहित्य महोत्सव हुँदै

    पोखरा – पोखरामा शुक्रबार देखि १७ गतेसम्म छैटौं नेपाल साहित्य महोत्सव गरिने भएको छ । विचारक, कलाकार र साहित्यका स्रष्टाहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले गर्न लागिएको चार दिने उक्त महोत्सवमा भारत र भूटानलगायत नेपालका गरी ८५ जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ ।  वुकोरम फाउन्डेशन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा हुने उक्त महोत्सवमा साहित्य, कला, चलचित्रका साथै राजनीतिसँग जोडिएका विभिन्न सत्र पुस्तकको विमोचन गरिने कार्यक्रम संयोजक अजीत बरालले जानकारी दिनुभयो । यस अतिरिक्त गीत र सङ्गीतक...
  • हीरक उत्सव मनाउँदै प्रज्ञा प्रतिष्ठान

    काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षदेखि अर्काे वर्षको असार १४ गतेसम्म आफ्नो स्थापनाको हीरक उत्सव विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ । सो अवसरमा प्रतिष्ठानले आफ्नो इतिहास ग्रन्थ प्रकाशन, उत्कृष्ट १० स्रष्टालाई सम्मान, विद्युतीय पुस्तकालयको प्रारम्भ र बहुलतालाई सम्बोधन हुने गरी विशेष काव्य महोत्सव आयोजना गर्नेछ । प्रतिष्ठानको ३१ औं प्राज्ञसभाका उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानले आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय जगत्मा उजागर गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग...
  • प्रज्ञा भवनमा पुस्तक प्रदर्शनी सुरु

    काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रकाशनलाई प्रचार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रज्ञा भवनमा मंगलबारदेखि पुस्तक प्रदर्शनी सुरु भएको छ । आगामी माघ १० गतेसम्म जारी रहने उक्त प्रदर्शनीमा साहित्य, दर्शन, विभिन्न धार्मिक पुस्तक तथा स्मारिका, शब्दकोश लगायत राखिएका छन् । आदिकविका महत्वपूर्ण कृतिका साथै राजनीतिज्ञ, लेखकको समेत लोकप्रिय कृतिलाई अङ्ग्रेजीमा अनुवाद गरी राखिएको छ । ती कृतिको खरिद गर्दा कृति १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्र...
  • राष्ट्रकवि घिमिरेसहित मूर्धन्य तीन स्रष्टालाई ‘साझा सम्मान’

    काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित मूर्धन्य तीन स्रष्टालाई जनही २५ हजार १०१ रुपैयाँ राशिसहित ताम्रपत्रबाट सम्मानित गरियो । पुल्चोकस्थित साझा प्रकाशनमा आयोजित समारोहमा राष्ट्रकवि घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी र आख्यानकार मदनमणि दीक्षितलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो । उहाँहरुले नेपाली भाषा, साहित्य र संस्कृतिमा दिनुभएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो । सोही समारोहमा प्रधानमन्त्री दाहालले समालोचक निनु चापागाईको ‘पूर्व...
  • साझा प्रकाशनमा पुनः शर्मा

    काठमाडौँ – साझा प्रकाशन सञ्चालन समितिको महाप्रबन्धकमा पुनः डोलिन्द्रप्रसाद शर्मा नियुक्त हुनुभएको छ । समितिको आज बसेको बैठकले शर्मालाई चार वर्षका लागि महाप्रबन्धकमा पुनःनियुक्त गर्ने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो । प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक रहनुभएका शर्माको पदावधि यही पुस मसान्तभित्र सकिँदै थियो । यसअघि शर्मा दुई वर्षका लागि महाप्रबन्धकमा नियुक्त हुनुभएको थियो । यसैगरी बैठकले प्रकाशनको पुस्तक छाप्नका लागि दुई मेसिन खरिद गर्ने, कर्मचारी कटौती गर्ने र जीर्ण केन्द्रीय कार्य...
  • कविता: ‘वियोगान्त’

    (शार्दूलविक्रीडित छन्द) धर्ती भासिन थाल्छ झैँ गरिरह्यो आकाश खस्ला सरी "बिर्सी द्यौ" सजिलै भयौ हृदयले थेग्नै नसक्ने गरी आएथ्यो मुटुछेउ केन्द्रित भई भूकम्प एकैछिन रोयो बादल बेस्सरी धरधरी हामी छुटेको दिन ।। कालो बादल गर्जियो गगनमा सौदामिनी चम्कियो हावा तत्क्षण रोकियो र धरती नै घुम्न छाडी दियो मेरो हृत्तल फुट्छ झैँ भइदियो थाले नयन् वर्षिन रोयो बादल बेस्सरी धरधरी हामी छुटेको दिन ।। चारैतर्फ अँध्यारियो, रवि स्वयम् कालो भई चिस्सियो जसले शीतल छर्दथ्यो, शशि स्वयम् तातो भई निस्कियो ...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित