जापान समाचार

  • पूर्व प्रम नेपाल फेरि जापान आउँदै

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर एक कार्यक्रममा भाग लिन जापान आउने भएका छन् । यहि अक्टोबर ११ तारिखका दिन यहिमे युनिभर्सिटीमा हुन गईरहेको नेपालको बिकास प्रबर्द्धन र पर्यटन बर्ष २०११ सम्बन्धि एक कार्यक्रममा भाग लिन नेताद्वय जापान आउन लागेका हुन् । सोही दिन नेताद्वय नेपाली दूतावासका उपनियोग प्रमुख डा. दूर्गाबहादुर सुबेदी क्षेत्रीले माचुयामा सिटीमा आयोजना गर्ने एक स्वागत समारोहमा भाग लिने कार्यक्रम छ । पूर्व प्रम नेपाल र नेत...
  • दशैँ मनाउँदै नेपाल जापान सेवा समाजको कार्यसमिति गठन

    हिन्दुहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा अक्टोबर ६ तारिखका दिन जापानको योकोहामा शहरस्थित कानागावा केनमिन सेन्टरमा कृष्ण के श्रेष्ठ “काल्स” को अध्यक्षतामा नेपाल जापान सेवा समाज (नेजासेस) को नौ सदस्यीय कार्यसमितिको गठनसँगै विजयादशमीको शुभकामना आदानप्रदान एवम् सामुहिक टिका लगाउने कार्यक्रम आयोजना गरियो । कार्यसमितिको अध्यक्षमा कृष्ण के श्रेष्ठ काल्स, उपाध्यक्षमा हर्क सिंह सुनुवार, सचिवमा प्रकाश गुरुङ, कोषाध्यक्षमा सुरज श्रेष्ठ र सदस्यहरुमा राजकुमार श्रेष्ठ, प्रमोद अर्याल, मुना मुखिया, बिन...
  • ओसाकामा दशैं मनाईयो

    जापानको दोश्रो ठूलो शहर ओसाकामा रहेका नेपालीहरुले हिजो बिजया दशमीका दिन धुमधामसंग दशैं मनाएका छन् । उनीहरुले नवदर्गा भवानीको पूजाआराधना गरी प्रसादकोरुपमा टीका, जमरा र प्रसाद ग्रहण गर्दै रमाईलो र हर्षोल्लासपूर्ण वातावरणमा दशैं मनाएका हुन् । दिनभरको कार्यब्यस्ततापछि साँझ भेला भएका ओसाकाबासी नेपालीहरुले आपसमा शुभकामना आदान प्रदान गरी मान्यजनबाट टीका, जमरा र आशिरबाद ग्रहण गरेका थिए । निधारभरि राताम्मे टीका र जमरामा सजिएका नेपालीहरु दशैंजन्य परिकारसहितको रात्रीभोजमा रमाएका थिए । ओसाकास्थित सुरज...
  • एनडिएफ जापानको दशैं शुभकामना आदानप्रदान कार्यक्रम आउंदो आइतवार

    नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा नेपाली लोकतान्त्रिक मञ्च (NDF) जापानले आउँदो आइतवार दशै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपालीहरुको महान पर्व बिजया दशमीको उपलक्ष्यमा जापानबासी नेपालीहरुबिच शुभकामना आदान प्रदान गर्ने गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको मञ्चकी अध्यक्ष सिर्जना काफ्लेले बताईन् । उक्त कार्यक्रम टोकियो ओमोरीस्थित सेइयु भवनको पाँचौ तल्लामा रहेको बैकर्ट हलमा अपरान्ह  २ बजेदेखि हुने जनाईएको छ ।***
  • यसरी मनाईदै छ, जापानमा दशैं

    जापानका नेपालीहरुले पनि गच्छेअनुसार दशैं मनाउने चलन धेरै पुरानो हो । समयनुकूल पर्नेहरु सकेसम्म स्वदेश फ़र्कने र समय नमिल्नेहरु जापानमै भएपनि आफन्तजन, साथीभाइ र छिमेकका नेपालीहरु एकैठाउँमा भेला भई मीठोचोखो परिकार तयार गरी जेठोपाको मान्छेको हातबाट टीका जमरा र आशिरबाद ग्रहण गरी न्यास्रो मेटाउने प्रचलन छ । सोहीअनुसार जापानको बिभिन्न शहरमा सानाठूला दशैं कार्यक्रमहरु तय भएका छन् । यो बर्षको दशैंमा जापानमा औपचारिक खालको ठूला कार्यक्रमहरु खासै नभएपनि सानातिना दशैंबिशेष जमघट भने धेरै ठाउँमा तय भएको था...
  • राजदूतको बिदाईसंगै दूतावासमा दशैं

    नेपाली राजदूतावास टोकियो जापानले आइतवार एक समारोहको आयोजना गरी जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङको बिदाई गर्नुकासाथै दशैं भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो समारोहमा आफ्नो चार बर्षो कार्यकाल पूरा गरी स्वदेश फ़र्कन लाग्नुभएका राजदूत डा. तामाङको बिदाई गरियो । राजदूत डा. योञ्जन र उहाँकी धर्मपत्नी मीना तामाङलाई दूतावासका उपनियोग प्रमुख डा. दर्गाबहादुर सुबेदी क्षेत्री र उहाँकी धर्मपत्नीले खादा तथा फूलको गुच्छाले बिदाई गर्नुभएको थियो । सो अवसरमा राजदूत दम्...
  • एनडिएफ जापानद्वारा दशैंको शुभकामना

    नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा नेपाली लोकतान्त्रिक मञ्च (NDF) जापानले एक बिज्ञप्तीमार्फत स्वदेश तथा बिदेशमा रहेका समस्त नेपालीहरुमा सुख, समृद्धि, सुस्वास्थ्यको कामना गर्दै हार्दिक शुभकामना ब्यक्त गरेको छ । मञ्चको तर्फबाट अध्यक्ष सिर्जना काफ्लेद्वारा जारी गरिएको समुद्रपारि डट कमलाई प्राप्त बिज्ञप्तीमा, मुलुकमा ब्याप्त राजनैतिक अस्थिरतालाई सुधार गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजान राजनैतिक दलहरुको भूमिका थप सकारात्मक बन्न सकोस् भन्ने शुभकामना ब्यक्त गरिएको छ । बिज्ञप्तीमा अगाडि...
  • बिदेशबाट दशैंमा घर फ़र्कने क्रम तिब्र, एनआरएनमा चुनावी सरगर्मी

    टोकियो । नेपालीहरुको महान पर्व दशैं र दशैंको मौका पारेर हरेक बर्ष हुने एनआरएनको ग्लोबल सम्मेलनका लागि बिदेशबाट नेपालीहरु स्वदेश फ़र्कने क्रम जारी छ । यसैगरी एनआरएन आईसीसीको बिभिन्न पदका लागि बिभिन्न देशबाट उम्मेदवारीको घोषणा गर्ने क्रम पनि जारी छ । यतिखेर उपयुक्त अवसर जुरेको छ, प्रवासी नेपालीहरुलाई । परिवारजनसँगै दशैं मनाउन पाईने र सोही बहानामा एनआरएन ग्लोबल सम्मेलनमा पनि भाग लिन पाईने भएकोले धेरै नेपालीहरु अहिले कुम्लोकाम्लो तयार गर्दै स्वदेश फ़र्कने क्रममा छन् भने कतिपय नेपाल पुगिसकेका छन् ...
  • एनडिएफ जापानद्वारा रक्षामन्त्रीलाई पदबाट बर्खास्त गर्न माग

    टोकियो - नेपाली लोकतान्त्रिक मञ्च (एनडिएफ) जापानले नेपालको राष्ट्रिय अखण्डता र एकतामा आँच पुग्नेगरी "२२ जिल्ला नेपालबाट अलग हुन सक्ने " भनि रक्षामन्त्री शरदसिंह भण्डारीद्वारा गरिएको टिप्पणीप्रति आपत्ति जनाउँदै तत्काल पदबाट बर्खास्त गर्न माग गरेको छ । एनडिएफ अध्यक्ष सिर्जना काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ - "मधेश नेपालको आथाह सम्भावना बोकेको, पहिचान, कला र सँस्कृतिको आधार नेपाली पुण्यभूमि हो जसले समग्र नेपालको बिकास र प्रगतिमा अग्रणी भूमिका खेल्न सक्ने कुरामा दुईमत हुन सक्दैन l राष्ट्र...
  • एशिया प्यासिफिकको सहसंयोजकमा किरणविक्रम थापाद्वारा उम्मेदवारीको घोषणा

    टोकियो - जापानबाट प्रतिनिधित्व गर्दै बिगत २ कार्यकालसम्म एनआरएन आईसीसीको सदस्य रहीसक्नुभएका ब्यवसायी किरणविक्रम थापाले एशिया प्यासिफिक क्षेत्रको सहसंयोजक पदमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । एनसीसी जापान कमिटी हुँदैं एनआरएन अभियानमा शुरुदेखिनै लाग्दै आउनुभएका श्री थापाले एनआरएन आईसीसीको पाँचौ ग्लोबल सम्मेलनले चयन गर्ने एशिया प्यासिफिकको सहसंयोजक पदमा दावी गर्दै उम्मेदवारीको घोषणा गर्नुभएको हो । उहाँले लामो समयसम्म एनआरएन अभियानमा लागेर बटुलेको अनुभव र ऊर्जालाई संस्थागत बिकास र बिस्तारमा उपयो...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित