जापान समाचार

  • पार्टीत्याग गरेका सतारुढ दलका सांसदले खोले नयाँ पार्टी

    टोकियो – सत्तारुढ दल डेमोक्र्याटिक पार्टी अफ जापान (मिन्स्युतो) परित्याग गरेका ९ जना सांसदहरुले नयाँ पार्टीको घोषणा गरेका छन् । सांसद आकिरा उचियामाले नेतृत्व गर्ने उक्त नयाँ पार्टीको नाम “किजुना“ राखिएको छ । “किजुना“ शब्दको अर्थ ऐक्यबद्धता भन्ने हो र उनीहरुले सामाजिक–पारिवारिक ऐक्यबद्धता, मित्रता तथा सहयोगको लागि भन्ने अर्थमा सो नाम रोजेको बताएका छन् । उक्त शब्दको खान्जी (जापानी अक्षर) सन् २०११ को बर्ष अक्षरको रुपमा पनि छनौटमा परेको छ । सन् २०११ को बर्ष अक्षर छनौटको लागि झन्डै ५ लाख जनाले सहभ...
  • हाइवे प्रबेशमा नयाँ शुल्क

    टोकियो - नयाँ बर्ष २०१२ को आगमनसँगै टोकियो र ओसाका क्षेत्रका हाइवे (द्रुतमार्ग) हरुमा नयाँ प्रबेशदर लागु गरिएको कुरा यातायात मन्त्रालयले जनाएको छ । नयाँ प्रबेशदर लागु गरिएकोमा टोकियोको केन्द्रीय भागसँग जोडिने स्युतो हाइवे तथा ओसाकासँग जोडिने हानसिन हाइवे रहेका छन् । सो हाइवेहरुमा दुरीको आधारमा प्रबेश दर तोकिएको सो मन्त्रालयले जनाएको छ । हालसम्म सो हाइवेहरुमा दुरीको आधारमा नभै समान दरहरु लागु गरिएको थियो । हालसम्म स्युतो हाइवेमा प्रबेश गर्ने गाडीको लागि ७०० येन, कानागावा हाइवेमा प्रबेश गर्ने ग...
  • अब भेन्डिङ वरिपरि पनि वाई–फाई

    टोकियो - जापानको प्रख्यात पेय पदार्थ उत्पादक आसाही ड्रिंक्स कम्पनीले वाई फाई इन्टरनेट सेवा सहितको भेन्डिङ मेसिन बजारमा ल्याएको छ । सो कम्पनी स्रोतले जनाए अनुसार यसै महिना टोकियो, सेन्दाइ, चुबु, किन्की तथा फुकुओका लगाएतका क्षेत्रहरुमा गरि करिब १,००० वटा यस्ता भेन्डिङ मेसिनहरु राखिनेछन् । उक्त संख्या आगामी ५ बर्षमा १० हजार पुर्‍याउने लक्ष्य रहेको पनि आसाही ड्रिंक्स कम्पनीले जनाएको छ । सो कम्पनीले फ्री मोबाइल कम्पनीसँगको सहकार्यमा यस किसिमको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो । यस किसि...
  • बन्दीपुरका लालबहादुरले हात पारे आईएमईको कार

    "मलेसिया तथा खाडी मुलुकका ग्राहकका लागि २० लाखको आईएमई कल्याणकारी कोष स्थापना" टोकियो - जापानबाट नेपाल पैसा पठाउँदै आएको रेमिटेन्स कम्पनी इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) ले केही समयअघि ल्याएको “आईएमई गरौ, कार जितौ” योजनाको भाग्यमानी बिजेता तनहुँ बन्दीपुरका लालबहादुर भुजेलले फोर्ड फिगो कार जित्न सफल भएका छन् । नेपालमा पैसा पठाउने ग्राहकका लागि लक्षित गरि क्योदाइले आईएमईसगँको सहकार्यमा अघि सारेको यो योजनामा जापानबाट क्योदाइ मार्फत् आईएमई नेपालमा पैसा पठाउने क्योदाइ र आईएमईका कर्मचारीबाहेक...
  • एनआरएन जापानद्वारा रात्रीभोजसहित सम्मान कार्यक्रम

    टोकियो- गैर आवासीय नेपाली संघ (NRNA)  जापानले नयाँ बर्ष २०१२ को उपलक्षमा आइतवार साँझ एक रात्रीभोज कार्यक्रमको आयोजना गरी जापानबाट एनआरएन आइसीसीमा प्रतिनिधित्व गर्ने बिभिन्न महानुभावहरुलाई सम्मान गर्‍यो । गैर आवासीय नेपाली संघ (NRNA) अन्तरराष्ट्रिय समन्वय परिषद (ICC) को कोषाध्यक्षमा निर्वाचित भवन भट्ट, एशिया प्यासिफिकका लागि सहसंयोजक किरणविक्रम थापा, आईसीसी सदस्यमा निर्बाचित लालबहादुर केसी, मनोनित सदस्य राजन प्रधानाङ्गलाई समारोहमा सम्मान गरिएको हो । उहाँहरुलाई एनआरएन जापानका अध्यक्ष ओम गुरुङले...
  • नेसाजको नलेज ट्रान्सफ़र कार्यशाला गोष्ठी फ़ेब्रुअरी १९ मा हुने

    टोकियो - जापानमा क्रियाशील संघसंस्थाहरुमाझ पुरानो र नेपाली बिद्यार्थीहरुको एकमात्र गैरराजनीतिक छाता संगठन नेसाजको बार्षिक कार्यक्रम अनुरुप "नेसाज शैक्षिक कार्यशाला गोष्ठी २०१२" टोकियोको कोमाबा क्याम्पसमा हुने भएको छ । उक्त कुरा सो संस्थाका सचिव एबं सातौं नेसाज शैक्षिक कार्यशाला गोष्ठी २०१२" का संयोजक ई. कृष्ण भेटवालले जानकारी गराउनु भएको छ ।उक्त कार्यशाला गोष्ठीलाई सम्पन्न गर्नका लागि डा. वेद प्र. काफ्लेको नेतृत्वमा एक कार्यदल पनि गठन गरिएको छ । नेसाजको यस शैक्षिक कार्यशाला गोष्ठी २०१२, जापानमा ...
  • जापान आएका लोकगायक धनबहादुर तमुको बिदाई

    टोकियो - तमु धिं टोकियो जापानले तमुहरुको महान पर्व ल्होसार मु प्री ल्हो (गिद्द बर्ग) नयाँ वर्ष कार्यक्रमका लागि आमन्त्रित कलाकार लोकगायक धनबहादुर तमुलाई एक औपचारिक कार्यक्रमबीच बिदाई गरेको छ । ओमोरिमामा अवस्थित नमस्ते रेस्टुरेन्टको हलमा जनवरी-८ तारिख साँझ तमु धिं का अध्यक्ष हर्क तमुको सभापतित्वमा भएको बिदाई कार्यक्रममा धिंका वरिष्ठ उपाध्यक्ष भीम तमुले ल्होसार कार्यक्रमलाइ आफ्नो बिभिन्न सांगीतिक प्रस्तुतीहरुका साथ कार्यक्रमलाई भव्यरुपमा सफल पारिदिनु भएकोमा अतिथि कलाकार गायक धनबहादुर तमुलाइ बधा...
  • जिज्ञान थापा ‘नाटा भास्कर’ पुरस्कारद्वारा सम्मानित

    टोकियो - एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाटा) ले जापानमा उच्च शिक्षा अध्ययनरत जिज्ञानकुमार थापालाई "नाटा भास्कर पुरस्कार" ले सम्मानित गरेको छ । नाटाको ४८ औं बार्षिकोत्सवको अवसरमा गत शुक्रबार राजधानीमा आयोजित एक समारोहकाबिच थापालगायतलाई पुरस्कृत गरिएको हो । जापानको सरकारी टेलिभिजन टोकियो एमएक्समा नेपालबारे बिभिन्न प्रबर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएका थापालाई नेपालको चिनारी र पर्यटन प्रबर्द्धनमा योगदान पुर्‍याएबापत पुरस्कृत गरिएको हो । यसैगरी रसियाली पर्यटक भित्र्याउने र पोख...
  • जापानले बनायो कागजबाट विजुली

    टोकियो – जापानको सोनी कम्पनीले कागजबाट सञ्चालन हुने ब्याट्री प्रोटोटाइपको अनावरण गरेको छ । यो प्रविधिले कागजलाई चिनीमा परिणत गरी त्यसलाई इन्धनको रुपमा प्रयोग गर्दछ ।यो बायो ब्याट्री बनाइने समूहकाअनुसार यसमा कुनै हानिकारक रसायन तथा धातु प्रयोग नभएकाले वातावरणमैत्री हुनेछ । यदि यो ब्याट्री बजारमा ल्यायो भने आमजनताले खेर गएका कागजबाटै आफ्नो मोबाइल डिभाइसको ब्याट्री चार्ज गर्न सक्नेछन् । जापानको ठूलो इलेक्ट्रोनिक्स कम्पनी सोनीले आफ्नो यो रचनात्मक आविष्कार टोकियोमा भएको इको प्रोडक्ट्स प्रदर्शनीमा प्...
  • टोकियोमा वक्तृत्वकला प्रतियोगिता हुने

    टोकियो। जापानमा आउंदो जनवरी २२ तारिख आइतवारका दिन  नेपालीहरुबीच जापानी भाषामा वक्तृत्व कला प्रतियोगिता हुने भएको छ । जापानमा रहेका नेपालीहरुमा जापानी भाषाको ज्ञान र अझ दक्ष वनाउने उदेश्यले नेपाली विद्यार्थी समाज जापान (नेसाज) को आयोजना र आइएनसिजेको सह-आयोजनामा जापानमा उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष बिमल अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमलाई एनआरएन जापानले पनि सहयोग गर्ने भएको छ । जापानमा रहेका सवै पेशाकर्मीलाई जापानी भाषाको अझ वढि ज्ञान दिलाउने र लुकेर बसेका प्रतिभ...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित