जापान समाचार

  • म्याग्देली सञ्जालको देउसी साँझ अक्टोबर २९ मा

    टोकियो- गत बर्षको तिहारमा देउसी भैलो खेलेर जापानमा पहिलोचोटी नौलो कार्यक्रमको थालनी गरेको भन्ने चर्चा बटुलेर हौसिएको म्याग्देली सञ्जाल जापानले यस बर्षको दीपावलीमा पनि देउसी-भैलो खेल्ने भएको छ ।  उसो त तत्कालिन नेपाली समाज जापान (NCJ) ले सन् २००० तिरबाटै जापानमा हरेक बर्ष देउसी तथा लक्ष्मी जयन्ती कार्यक्रमको आयोजना गर्दै आएको जानेबुझेकाहरु अझै जापानमा छन् । तिहारबिशेष साँगीतिक कार्यक्रमकारुपमा "देउसी साँझ" नाम दिईएको म्याग्देली सञ्जाल जापानको  कार्यक्रम मौलिक नेपाली देउसी-भैलोको परम्परालाई पछ्या...
  • टोकियोमा जनसम्पर्क समितिको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    टोकियो - नेपाली काँग्रेसको जापानस्थित भात्तृसंस्था जनसम्पर्क समिति जापानको आज टोकियोमा दशैंतिहार शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बडादशैं तथा शुभदीपावलीको शुभकामना दिएका थिए । आयोजक संस्थाका कार्यवाहक अध्यक्ष पासाङ शेर्पाको सभापतित्वमा भएको सो कार्यक्रममा वक्ताहरुले दशैंतिहारको शुभकामनासंगै मुलुकमा शिघ्र शान्ति र संबिधान स्थापनाको कामना गरेका थिए । शेर्पा संघ जापानका पेम्बा शेर्पा, नेपाल आदिबासी जनजाती महासंघका तर्फबाट गे...
  • १३ औं मिसातो ग्लोबल सिटिजन फेष्टिबल सम्पन्न

    टोकियो - साईतामा केनको मिसातोमा १६ अक्टोबर २०११ आइतवारको दिन १३औं मिसातो ग्लोबल सिटिजन फेष्टिबल सम्पन्न भएको छ। उक्त फेष्टिबलमा यसपाली नेपाल लगायत जापान, चीन, कोरिया, ईन्डोनेसिया, पाकिस्तान, बङगलादेश, ईजिप्ट तथा सुडानले आ-आफ्नो देशको खाना लगायत संस्कृति झल्किने प्रदर्शन बूथ, नृत्य, गीत, तथा फेशन शो प्रस्तुत गरेका थिए। हरेक बर्ष अक्टोबर तिर हुने उक्त कार्यक्रममा नेपालले पहिलो बर्षदेखि निरन्तर रुपमा सहभागिता जनाउदै नेपालको संस्कृति जापानी तथा बिदेशी मित्रहरुलाई चिनाउदै आएको छ। नेपालको फोटो प्रदर...
  • प्रवासी नेपाली पत्रकार सञ्जालको नयां कार्यसमिति गठन

    टोकियो - विश्वभरि छरिएर रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको हकहित र पहिचानका लागि क्रियाशील रहने उद्देश्यले गठन भएको प्रवासी नेपाली पत्रकार सञ्जाल (इएनजेएन) को नयाँ कार्यसमिति गठन भएको छ । नेपाल पत्रकार महासंघको मातहतमा रही विश्वभरिका प्रवासी पत्रकारहरुको समस्या र प्रवासमा रहेका नेपाली पत्रकार तथा सञ्चार माध्यमलाई संगठित गर्ने उद्देश्यले सन् २००९ अक्टुबरमा (२०६६ असोज २५ र २६ गते) काठमाडौंमा सम्पन्न प्रथम बिश्व सम्मेलनद्वारा गठन भएको प्रवासी नेपाली पत्रकार सञ्जालले आफ्नो दुइ वर्षको ...
  • टोकियोमा फूटबल प्रतियोगिता हुँदै

    टोकियो - नेपाल जापान युथ क्लवको आयोजनामा आगामी नोवेम्बर २० तारिखका दिन “नेपाल फेडेरेशन दोश्रो रनिङ कप फूटबल टूर्नामेन्ट” हुने भएको छ । उक्त टूर्नामेन्टमा भाग लिन चाहने टिमले आगामी नोवेम्बर ६ तारिख रातीको १२ बजेसम्म आफ्नो नाम दर्ता गराईसक्नुपर्ने बताईएको छ । सो टूर्नामेन्टमा एक म्याच खेल्नका लागि १४ मिनेटको समय रहने छ भने १ टिममा ७ जना खेलाडि रहने आयोजकहरुले बताएका छन् । बिजयी टिमलाई रनिङ शील्डसहित आकर्षक पुरस्कार र प्रमाण पत्र वितरण गरिने छ । बढिमा ८ टिमले भाग लिने अपेक्षा गरिएको उक्त ट...
  • सिटीको दशैंतिहार उपहार बानियालाई

    टोकियो-  बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा सिटी एक्सप्रेस मनि ट्रान्सफरले जापानमा रहेका आफ्ना सेवाग्राहीहरुका लागि बजारमा ल्याएको यो बर्षको हवाई टिकट उपहार योजना  डेकबहादुर बानियालाई परेको छ । बानियाले जापानदेखि नेपाल र नेपालदेखि जापानसम्म जानका लागि हवाई टिकट हात पार्नुभएको छ । बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत १ जुलाई २०११ देखि १० अक्टुवर  २०११ सम्ममा पैसा पठाउने आफ़्ना सेवाग्राही मध्यवाट एक जनालाई गोला प्रथाद्वारा छनोट गरी जापानदेखि नेपाल र नेपालदेखि ज...
  • जनसम्पर्क समिति जापानद्वारा दशैतिहार शुभकामना कार्यक्रम गरिने

     टोकियो - नेपालीहरुको महान पर्व बडा दशै तथा शुभदिपावलीको अवसरमा नेपाली जनसर्म्पक समिति जापानको आयोजनमा अक्टोबर १६ तारिख आइतवारका दिन टोकियोमा दशैंतिहार शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । जापानस्थित संघसस्थाहरु र जापानबासी नेपालीहरुबिचमा बर्ष भरिको दुखसुखलाई बिर्सेर आपसी भाइचारा, सदभाव, मेलमिलाप, सहकार्य र समवन्यलाई अझ बढी प्रगाढ गर्दै एकताको सन्देश साटासाट गर्ने मुल उदेश्यले एक शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको कुरा महामन्त्री आनन्दबहादुर क्षेत्रीले बताउनुभयो । टोकियोक...
  • जनसम्पर्क समितिलाई बैधानिक बनाईनुपर्ने

    टोकियो - नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रले केन्द्रीय समितिलाई जापान सरकारको नियम कानुन अन्तर्गत रही वैधानिक रुपमा दर्ता प्रक्रियामा अगाडि बढ्न आग्रह गरेको छ । कान्तो क्षेत्रका सभापति यमलाल कँडेलको सभापतित्वमा हालै बसेको बैठकले केन्द्रीय समितिलाई वैधानिक रुपमा दर्ता गरी जनसम्पर्क समितिले गर्ने हरेक क्रियाकलापलाई जापान भरि नै पुर्‍याउन केन्द्रीय समितिसँग माग गरेको छ । त्यसैगरी बैठकले जनसम्पर्क समिति कान्तोलाई अझ बढी सक्रिय र क्रियाशील बनाउन केन्द्रले गर्ने कार्यक्रमहरुलाई विकेन्द...
  • सागामा दशैं कार्यक्रम सम्पन्न

    सागा - एन.आर.एन. सागा समिति, जापानले आयोजना गरेको दशैं शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । सन् १९८० को मे महिनामा सगरमाथा आरोहण समेत गर्नुभएका र नेपाल, नेपालीलाई माया गर्ने जापानी नागरिक माचुसी यामाशिताले प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको कार्यक्रम एन.आर.एन. सागा समितिका अध्यक्ष कृष्ण खरेल तथा उपाध्यक्ष बिज्ञान शर्माले सामुहिक रुपमा सबैलाई टिका एबम् जमरा लगाई दिएर सुरुवात भएको थियो । कार्यक्रममा यमाशिताका साथै जापानी भाषाका गुरुआमाहरु, ब्यवसायीहरु र नेपाललाई अत्यन्त...
  • जापानवासी नेपालीद्वारा पहिरो पीडितहरुलाई सहयोग

    टोकियो । जापानवासी नेपालीहरुले बागलुङ  रेश गाविसमा गएको पहिरोवाट पीडितहरुका लागि आर्थिक सहयोग जुटाई पठाएका छन् । यही जुलाई २२ तारिखका दिन बागलुङ  जिल्ला रेश गाविस-३ डोटा भन्ने ठाँउमा सिचाँई कुलो खन्ने क्रममा पहिरो जाँदा पहिरोले पुरी ५ जनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका थिए । उनीहरुको सहयोगका लागि कमल थापा र हमन थापाको संयोजकत्वमा जापानमा बस्ने नेपालीहरुवाट ठूलो रुपमा आर्थिक सहयोग संकलन गरी बागलुङ आदर्श सहकारी संस्थाका उपाध्यक्ष ओमबहादुर थापालाई हालै हस्तान्तरण गरिएको छ । सहयोग दाता...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित