जापान समाचार

  • धमलाका बांकी हत्याराहरु आज टोकियोमा समातिए

    टोकियो -  ओसाकामा नेपाली नागरिक बिष्णुप्रसाद धमलाको हत्यामा संलग्न रहेको भनिएको बांकि दुईजना हत्यारालाई पनि आज सांझ प्रहरीले घटनास्थल बाट ५ सय  किमि टाढा रहेको राजधानी टोकियोको तोसिमा-कुको सडकमा पक्राउ गरेको छ । प्रहरीकाअनुसार पक्राउमा परेका इएइ हिरोमासा २१ बर्षको पुरुष र उसको प्रेमिका चुकामोतो जुनको २१ बर्षकी हुन। आज पक्राउ परेकाहरुलाइ ओसाकामा लगि घटनाको छानविन गरिने बुझिएको छ। यस अघि २ जनालाई प्रहरीले घट्नास्थलमा नै समातेको थियो। ***
  • टोकियोमा अनेसासको साहित्यिक कार्यक्रम हुने

    टोकियो - अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आयोजनामा यही जनवरी २९ मा टोकियोमा साहित्यिक कार्यक्रमको आयोजना हुने भएको छ । टोकियोको सिन-ओकुबोस्थित नेपाली खाजाघरको सभाकक्षमा हुने कार्यक्रम अपरान्ह ३.३० बजेबाट सुरु हुने बताईएको छ । अनेसास जापानले हरेक तीन-तीन महिनाको अन्तरालमा श्रृंखलाबद्ध साहित्यिक कार्यक्रमको आयोजना गर्दै आइरहेको सन्दर्भमा जनवरी २९ मा नयाँ साहित्य श्रृंखलाको आयोजना गर्न लागेको हो । स्मरणरहोस् अनेसास जापानले अंग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, भानु जयन्ती र...
  • परराष्ट्रमन्त्री श्रेष्ठको जापानमा शल्यक्रिया सम्पन्न

    काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको स्पाइनल कर्डको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यहि माघ २ गते स्वास्थ्य उपचारका लागि जापान जानुभएका मन्त्री श्रेष्ठको विहिवार जापानको होक्काइडो विश्वविद्यालय अस्पतालमा शल्यक्रिया गरिएको हो । सोही अस्पतालका स्पाइनल सर्जन डा. एबियूमीको नेतृत्वमा सवा ३ घण्टाको प्रयत्नपछि शल्यक्रिया भएको मन्त्रालय स्रोतले जनाएको छ । डेढ घण्टामा शल्यक्रिया सम्पन्न हुने अनुमान गरिएकोमा उहाँको शल्यक्रिया पेटीकल स्क्रीन कस्न...
  • १२ करोडको क्रिष्टल बल

    टोकियो – एउटा क्रिष्टल बलको मूल्य नेपाली रुपैया करिब १२ करोड सम्म हुँदो रहेछ भन्दा हामी नेपालीलाई पत्याउनै गाह्रो । तर नेपाली सीमा छेउछाउकै भारतको कुनै पहाडबाट निकालिएको एउटा क्रिष्टल बलको मूल्य जापानमा गत साता आयोजित २३ औं अन्तराष्ट्रिय ज्वेलरी प्रदर्शनीमा १२ करोड राखिएको थियो । एचके कम्पनी लिमिटेडका मालिक खान वसिमका अनुसार ४५० केजीको स्टोनलाई ताछेर बनाइएको यस क्रिष्टलको वजन २९.७३ केजी र गोलाई २८ सेमी रहेको छ । अझ त्यसका मालिक भन्दै थिए यो त संसारमै एउटा मात्रै हो र अमूल्य छ । संसारका २३...
  • एनआरएन जापानद्वारा धमलाप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त

    सहयोगका लागि एकताबद्ध हुन आग्रह टोकियो - हालै ओसाकामा जापानी आक्रमणकारीहरुद्वारा निर्मम हत्या गरिएका बिष्णु धमलाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एनआरएन जापानले एक बिज्ञप्तीमार्फत् हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको छ । बिज्ञप्तीमा शोकाकुल परिवाजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै हार्दिक समबेदना पनि प्रकट गरिएको छ । बिज्ञप्तीमा अगाडि भनिएको छ – "काठमाडौ घर भई ओसाका तेन्नोजीमा रेष्टुरेन्ट ब्यवसायमा संलग्न ४२ बर्षिय बिष्णु धमलाको गत सोमबार बिहान जापानी आक्रमणकारीहरुक...
  • जनवरी २२ मा हुने वक्तृत्वकला प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

    भव्य हुँदैछ जापानी भाषा प्रतियोगिता टोकियो - जापानमा पहिलो पटक नेपालीहरुबीच यहि २२ तारिख आइतबारका दिन हुन गइरहेको जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक सस्थाले जनाएको छ । जापानमा बसोवास गर्ने नेपालीहरुमा भएको जापानी भाषाको ज्ञानलाइ अझ दक्ष बनाउने उदेश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा अहिलेसम्म १२ जना प्रतियोगीले आफ्नो नाम दर्ता गराइसकेका छन् भने इच्छुक व्यक्तिले भोलि २१ तारिख बेलुकासम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन् । पहिलो पटक आयोजना गरिएको यस कार्यक्...
  • ओसाका हत्या गरिएका धमलाको शव आज नेपाल पठाइदैं

    टोकियो - राती अवेरसम्म माघेसंक्रान्ति मनाएर फ़र्कदै गर्दा अज्ञात जापानीहरुको समुहद्वारा गरिएको आक्रमणमा परी ओसाकामा हत्या गरिएका बिष्णु धमलाको शव आज नेपाल पठाइने भएको छ । मृतक धमलाको शव जिम्मा लिएका धमला पत्नी ताकाहासी र उनका भाञ्जाद्वयले धमलाको शव लिएर आजै साँझ कान्साई बिमान स्थलबाट बैंकक हुँदै भोलि काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको ओसाकाबाट हाम्रा सहकर्मी तुल्सीराम खरेलले बताएका छन् । खरेलकाअनुसार जापानस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तापस अधिकारी र एनआरएन आइसीसीका प्रमुख संरक्षक दे...
  • आणविक केन्द्रका लागि नयाँ रणनीति

    जापान- जापानले ४० वर्षका लागि मात्रै सञ्चालन गर्ने गरी खालिएको आणविक केन्द्र ६० वर्षसम्म सञ्चालन गर्न पाउने नयाँ नीति सार्वजनिक गर्न तयार गिरेकेा छ । सरकारको यो योजना अनुसार आणविक संयन्त्र सञ्चालकले आफ्ना संयन्त्र थप २० वर्ष अतिरिक्त समयसम्म चलाउन पाउने छन् । यी आणविक केन्द्रले आणविक सुरक्षाका कडा प्रावधान राख्नु पर्नेछ । मार्च २०११ मा शक्तिशाली भुकम्प तथा सुनामीका कारण फुकुसिमा दाइइची आणविक केन्द्र क्षति पुगेपछि जापानले आणविक सुरक्षाका लागि कडा नियम बनाएको छ । जापानको मन्न्त्रिपरिषद्ले जनवरी...
  • अमानवीय हत्याको बिरोधमा नेसाजद्वारा घोर भत्सर्ना

      टोकियो - गत सोमबार बिहान जापानी समूहद्वारा एक नेपाली नागरिक बिष्णु धमलाको ओसाकामा भएको निर्मम हत्याको नेपाली बिद्यार्थी समाज जापान (नेसाज) ले कडा शब्दमा बिरोध जनाउनुका साथै घोर भत्सर्ना गरेको छ । नेसाजका तर्फबाट अध्यक्ष बिमल अधिकारी र सचिव कृष्ण भेटवालद्वारा जारी गरिएको बिज्ञप्तीमा, उक्त हत्याको बिरोध गरिनुका साथै हत्यामा संलग्न दोषीमाथि हदैसम्मको कार्वाहीको माग गरिएको छ । बिज्ञप्तीमा अगाडि भनिएको छ - ओसाकामा होटल ब्यबसाय सञ्चालन गर्दै आएका नेपाली नागरिक बिष्णु धमलाको दुइ दिन अघि...
  • ओसाकामा रहस्यमय हत्या भएका धमलाको लास नेपाल पठाइने

    टोकियो - सोमबार बिहान ४ बजे ओसाकामा रहस्यमय ढंगबाट हत्या भएका बिष्णु धमलाको लास नेपाल पठाईने भएको छ । आइतबार राती माघेसंक्रान्ति मान्ने क्रममा अबेरसम्म रेष्टुरेन्टमै खाईपिई गरी बिहानको ४ बजेतिर कोठामा फ़र्कनेक्रममा उनीमाथि ४ जनाको समूहले आक्रमण गरी धमलाको हत्या गरेका थिए । ओसाकाको तेन्नोजी सिटीको मात्सुजाकी चो मा पर्ने नेपाली भान्साघर नामको रेष्टुरेन्टका मालिक धमलालाई आक्रमणकारीहरुले पछाडिबाट अन्धाधुन्ध कुटपिट गरी हत्या गरेका थिए । प्रहरीले धमलाको लासलाई आजदेखि आफन्तको जिम्मा लगाएको ओसाकाब...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित