जापान समाचार

  • सेती नदी बाढीपिडितका सहयोगीप्रति हार्दिक आभार ब्यक्त

    टोकियो - अन्नपूर्ण तथा माछापुछ्रे हिमालको हिमताल फुट्न गई २०६९ साल बैशाख २३ सेती नदीमा आएको बाढीको कारण सर्दीखोला तथा माछापुछ्रे गाबिसमा ठूलो धनजनको क्षति भै बिचल्लीमा परेका व्यक्तिहरु, घाइते तथा मृतकका परिवारहरुको सहयोगार्थ एक्स बगर युथ क्लब पोखराले आहवान गरेको अर्थ संकलन अभियानमा सहयोग गर्ने सम्बन्धित सबैमा सो संस्थाले हार्दिक धन्यबादसहित आभार ब्यक्त गरेको छ । सो संस्थाका संस्थापक तथा पश्चिमान्चल क्षेत्रीय भलिबल संघ नेपालका निबर्तमान अध्यक्ष श्री गुरुङको पहलमा जापानबासी नेपाली दाजुभाई तथा दिदी...
  • टोकियोमा हाउजिङ सम्बन्धि सेमिनार सम्पन्न

    टोकियो - नेपालको भाटभटेनीलगायतका हाउजिङ प्रोजेक्टहरु सम्पन्न गरिसकेको रोड शो रियल स्टेट कम्पनी’ले आफ्नो हाउजिङ बिजनेशलाई जापानमा प्रबर्द्धन गर्ने उद्देश्यले गत आइतबार टोकियोमा एक सेमिनार सम्पन्न गरेको छ । सेमिनारमा सो कम्पनीका वरिष्ठ मार्केटिङ म्यानेजर ताराबहादुर गुरुङले कम्पनीले हालसम्म सम्पन्न गरेका प्रोजेक्टहरुको बारेमा जानकारी गराउनुका साथै पोखराको दीप हाउजिङ, चितवनको यज्ञपुरी र रञ्जना ट्रेड सेन्टर जस्ता निर्माणाधिन प्रोजेक्टहरुका बारेमा स्लाईड शो मार्फत बिस्तृत जानकारी गराउनुभयो । ...
  • ईमिग्रेशनको नयां नियम सम्बन्धि सिन्जुकुमा सेमिनार हुंदै

    सहभागिताका लागि नाम दर्ता गर्न आग्रह टोकियो - आवासीय बिदेशी नागरिकहरुका लागि आगामी जुलाई ९ तारिख देखि परिबर्तन हुन गईरहेको नयाँ आवास प्रवन्ध प्रणाली सम्बन्धि जानकारी दिने उद्देश्यले टोकियो क्षेत्रिय अध्यागमन ब्यूरो (ईमिग्रेशन) ले पर्सी सिन्जुकुमा नेपाली भाषामा सेमिनारको आयोजना गरेको छ ।  जापान  अध्यागमनको परिबर्तन हुन गईरहेको नयां नियम सम्बन्धि जानाकारी दिने उद्देश्यले उक्त सेमिनार हुन लागेको हो । सिन्जुकु कु मा बसोबास गर्ने  नेपालीहरुको बिशेष अनुरोधमा नेपालीहरुका लागि पनि  उक्त सेमिनार हुने भए...
  • गोविन्दले पठाएका चिठ्ठी अझै पढ्न सकेको छैनः प्रधानाङ्ग

    काठमाडौं- एनआरएन जापानका पूर्वअध्यक्षसमेत रहेका जस्टिस फर गोविन्द इनोसेन्स एड्भोकेसी ग्रुपका राजन प्रधानाङ्गले गोविन्दप्रसाद मैनालीले पठाएको चिठ्ठी आफूले अहिलेसम्म पनि पढ्न नसकेको बताएका छन् । पहिलोपटक सार्वजनिक भएपछिको पत्रकार सम्मेलनमा प्रधानाङ्गले १५ वर्षअघिको चिठ्ठी अहिलेसम्म आफूले खोलेर हेर्न नसकेको बताए । 'मैले गोविन्दले पठाएका धेरै चिठ्ठी पढ्न सकेको छैन,' उनले भने, 'पढुँ भन्छु भक्कानो छुटेर आउँछ ।' जेलमा रहेकाबेला भेट्न जाँदा मैनालीले 'म निर्दोष छु, दाजु मलाई बचाइदिनुपर्‍यो' भनेको सम्झँ...
  • मैनालीको जेलकथाले भक्कानो छुटायो

    काठमाडौं- 'जेलरले दुःख दिन्थे, बोली पनि तल्लोस्तरको थियो, लुगा पनि त्यस्तै दिएका थिए, मुटु छेड्ने बोली बोल्थे,' जापानी महिला बलात्कारपछि हत्या गरेको अभियोगमा १५ वर्ष जेल बसेका गोविन्द मैनालीले आफ्नो जेलकथा यतिमात्र सुनाए सके । दिउँसो साढे १२ काठमाडौंस्थित त्रिभूवन विमानस्थल ओर्लिउका मैनाली त्यहाँबाट सिधै निवासमा गएर केहीबेर आराम गरेर अनामनगरस्थित युनियन हाउस आएका थिए । पत्रकार, मानवअधिकारवादी, आफन्त र शुभेच्छुकका भीडमा उनी लामो समय बोल्न सकेनन् । पत्रकारलाई उनको जेलकथा र व्यक्तिगत प्रश्न नसोध्...
  • ऋण चुकाउने प्रयास गर्नेछुः मैनाली

    काठमाडौं- जापानी महिला बलात्कारपछि हत्या गरेको अभियोगमा १५ वर्ष जेल बसेका गोविन्द मैनालीले आफ्नो रिहाइका लागि सहयोग गर्नेहरुप्रति धन्यवाद दिएका छन् । नेपाल आएलगत्तै अनामनगरमा भएको पत्रकार सम्मेलनमा उनले लिखित विज्ञप्तीमार्फत धन्यावाद दिएका हुन् । मैनालीको विज्ञप्तीको पूर्णपाठः आदणीय पत्रकार मित्रहरु नमस्कार गत जुन ७ तारिकको जापान उच्च न्यायालयको निर्णयअनुसार मेरो मुद्धामा पुनर्विचार हुने भएकाले सम्माननीय अदालतको आदेशअनुसार मेरो रिहा भएको यहाँहरुलाई विविदै छ । यो मुद्दामा अन्तिम फैसला हुन ब...
  • १८ वर्षपछि गोविन्द मैनाली स्वदेश फर्किए

     काठमाडौं- जापानीकी यौनकर्मी एक युवतीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा विगत १५ वर्षदेखि जापानकै जेलमा बन्दी जीवन बताइहरेका गोविन्दप्रसाद मैनाली शनिबार स्वदेश फर्किएका छन् ।हत्यको अभियोगमा मैनालीलाई सन् १९९७ मा जापान प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, हत्या गरिएकी महिलाको शरीरबाट संकलन गरिएका ४२ वटा नमूनाको डीएनए परिक्षण गर्दा कुनै पनि मैनालीसँग नमिलेपछि उनलाई गत २५ जेठमा टोक्यो उच्च न्यायलयतले निर्दोष सावित गर्दै रिहा र मुद्धाको पुनरावलोकन गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनलाई जे...
  • स्व. वानियाको भोलि आइतवार अन्त्येष्टी गरिने (ठाउंको जानकारीसहित)

    टोकियो - बुधबार बिहान टोकियो नाकानो अस्पतालमा निधन भएका म्याग्दी जिल्ला पुलाचौर गाबिस- ९ बगुवा घर भई रोजगारीका सिलसिलामा साढे दुई बर्ष अगाडि जापान आएका बालकुमार बानियाको भोलि आइतवार अपरान्ह ३ बजे अन्त्येष्टी गरिने भएको छ । हेपाटाईटिस "बि" रोगले ग्रस्त ४९ बर्षीय बानियाको उपचारकैक्रममा नाकानो अस्पतालमा बुधबार बिहान १०.३० बजे मृत्यू भएको हो । स्वर्गिय बालकुमार बानियाको भोलि आइतवार अपरान्ह ३ बजे सिन्जुकु नजिकै हातागयामा अन्तिम सँस्कार गरिने कुरा म्याग्देली सञ्जाल जापानका वरिष्ठ उपाध्यक्ष महेन्...
  • साहित्यमय हुने भो’ योकोहामा

    टोकियो - अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानको अर्को साहित्यिक शृँखला आउँदो जुलाई ८ तारिख टोकियो नजिकैको अर्को रमणीय सहर योकोहामामा हुने भएको छ । अनेसासले हरेक तीन महिनामा साहित्यिक गतिबिधिमुलक कार्यक्रम शृँखलाबद्धरुपमा गर्दै आईरहेकोमा यो पटक योकोहामामा हुन लागेको सो समाजले जनाएको छ ।यस अघिको शृँखला भने नागोयामा भएको थियो । समाजको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । समाजका अध्यक्ष प्रकाश पौडेल माईलाको अध्यक्षतामा हालै टोकियोमा बसेको बैठकले अर्धबार्षिक साहित्यिक मुखपत्र प्रकाशन गर...
  • गोविन्द मैनाली नेपाल फर्किए

    १८ बर्षपछि खुशी फर्कियो परिवारमा टोकियो - एक जापानी महिलाको हत्या अभियोगमा १५ वर्षदेखि बन्दी जीबन बिताउदै आएका गोविन्दप्रसाद मैनाली टोकियो उच्च अदालतको आदेशमा जापानको जेलबाट रिहा भएपछि जुन १५ तारिख शुक्रवार दिउसो सपरिवार स्वदेश फ़र्कनुभएको छ । मैनाली शनिबार दिउँसो साढे १२ बजे काठमाडौं पुग्नेछन् । उहाँले आफू निर्दोष रहेकाले आफू विरुद्धको मुद्दाको पुनरावलोकनका लागि निवेदन दिनुभएको थियो । अदालतले त्यही निवेदनमाथि सुनुवाइ गर्दै जुन ७ मा उहाँलाई जेलमुक्त गरेर मुद्दाको पुनरावलोकन गर्न आदेश दिएको थ...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित