जापान समाचार

  • जनवरी २१ मा नेपाली कारुता फ़ेष्टिवल हुने

    टोकियो-नेपाल-जापान कुटनितिक सम्बन्धको ६० औं बर्षगांठ मनाउने क्रममा नेपाल तथा जापानमा बिभिन्न कार्यक्रमहरुको आयोजना हुंदै आएका छन । यसै क्रममा जापानको बाल-बालिका बिच लोकप्रिय खेल कारुता अर्थात कार्ड गेमको नेपाली संस्करणमा कारुता फ़ेष्टिवल २०१७ को आयोजना गरिने भएको छ । सो कार्यक्रम कारुता २०२० प्रोजेक्ट टीमद्वारा आयोजना गरिएको हो । सो फ़ेष्टिवलमा एभरेष्ट इन्टरनेशनल स्कुल जापानमा अध्ययनरत कक्षा ५ र ६ का बिध्यार्थीहरुद्वारा लिखित नेपालको लुम्बिनी, सगरमाथा लगायतका जानकारी समेटिएको कार्डहरु प्रयोग गरिन...
  • गोल्ड मेडल जित्ने आशामा जापान आउँदैै विश्वास

    टोकियो – पोखराका विश्वास पोख्रेल यति बेला जापानमा हुने वल्र्ड च्याम्पियनसिपमा भाग लिनका लागि प्रशिक्षणमा रहनुभएको छ । सानै देखि फुलकन्ट्याक कराँतेमा सहभागी हुँदै आउनुभएका विश्वास जापानको ओकिनावामा जनवरी २१ र २२ मा हुने खुला तौल समूहको उक्त च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । उक्त खेलमा विश्वभरिका ६४ खेलाडीहरु सहभागी हुँदै छन् । उहाँ अहिले पोखराको रगंशाला स्थित नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँतेका सस्ंथापक श्री शिव गुरुङसँग टेक्निकल प्रशिक्षणमा हुनुहुन्छ । पोखरा विश्ववि...
  • जोन तामाङको अन्त्यष्टी सम्पन्न

    टोकियो - गत सोमवार आत्महत्या गरी मृत्यु भएको जोन तामाङको आज अन्त्यष्टी गरिएको छ । कावासाकीको नागाहारास्थित खामीमारूको अाकुवा शवगृहमा उनको अन्तिम संस्कार गरिएको हो । अन्त्यष्टि पश्चात अस्तु मृतकका साला रन्जित श्रेष्ठले नेपाल लिएर जाने भएका छन् । कार्यक्रममा कार्यवाहक राजदूत अर्यालले जापानवासी नेपालीहरूको अस्वभाविक मृत्यु र यसको न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्यन भइरहेको जानकारी दिनुभयो । त्यसैगरी एनअारएन जापानका अध्यक्ष सुदन थापाले पनि यसको न्यूनिकरणको लागि निकट भविष्यमा नै जनचेतना...
  • टोकियोमा विद्यार्थीका लागि रोजगार सम्बन्धी सेमिनार हुँदै

    टोकियो-जापानमा अध्ययनरत नेपाली विद्यार्थी लक्षित रोजगार सम्बन्धी सेमिनार हुने भएको छ । सिएस कर्पोरेशनले यही जनवरी २९ तारिक अाइतवार उएनोमा कार्यक्रमको अायोजना गर्न लागेको हो । जापानमा भाेकेसनल स्कुल तथा कलेजसम्मको अध्यायन पूरा गरेका विद्यार्थीहरूलाई सघाउने यस सेमिनारबाट नेपालमा स्तानक तहको पढाई सकेका विद्यार्थीहरूले पनि लाभ लिन सक्नेछन् । सेमिनारमा पढाई पश्चात काम खोज्ने तरिका, काम सम्बन्धी विविध जानकारीहरू दिईने हुँदा विद्यार्थीहरूले लाभ लिन सक्ने कार्यक्रम संयोजक सिजन तामाङले समुद्रपारिलाई ज...
  • नेपाली काँग्रेस जनसम्पर्क समिति जापानको घोषणासभा कार्यक्रम जुन २१ तारिक

    टोकियो – जापान स्थित नेपाली काँग्रेसको प्रवासी भातृसंगठन नेपाली जनसम्पर्क समिति जापान भित्र देखिएको नेतृत्व चयन विवादको अन्त्य भएको छ । करिब एक महिना अघि जापान सरकारको औपचारिक निमन्त्रणामा जापान भ्रमणमा आउनुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सभासद् राजन केसीको पहलमा दुवै पक्षलाई राखेर विवादित विषयहरूको किनारा लगाइएको थियो । उक्त सहमति अनुसार पूर्ण कार्यसमितिको औपचारिक घोषणाका निम्ति एक कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रम जुन २१ तारिक साँझ ५ बजे सिनागावा कु निसी गो...
  • नुवाकोट समाज जापानद्वारा क्यान्सर पीडित लामालाई अार्थिक सहयोग

    टोकियो-नुवाकोट समाज जापानद्वारा क्यान्सर पीडित सिर लामा तामाङलाई अार्थिक सहयोग गरेको छ । समाजको पहलमा संकलित रकम ६८ हजार २८१ रूपैयाँ समाजका प्रतिनिधी कृष्णप्रसाद लामिछानेले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका हुन् । नुवाकोट शिखरबेसी गाउँ विकास समिति वडा नं. ९ का लामा खुट्टामा क्यान्सर भइ खुट्टा काटी मनमोहन अस्पताल महारागंजमा उपचार गराईरहेका छन् । समाजको अार्थिक संकलन अभियानमा साथ दिंदै सहयोग गर्ने जापानबासी नेपालीहरूमा समाजले धन्यवाद भनेकाे छ । त्यसो त भविष्यमा पनि सहयोगको अपेक्षा राख्दै सम...
  • कास्की फुटबल संघलाई खेल सामग्री हस्तान्तरण

    कास्की  - कास्की फुटवल संघ नेपाललाई जापानबाट प्रदान गरिएको फुटवलका खेल सामाग्रीहरु हस्तान्तरण गरिएको छ । बाल फुटवल सहयोग समिति जापानका संयोजक शरद कुमार गौचनले खेल सामाग्रिहरु बल, बिवस्–टिसर्ट, फोटो एल्बम, झोला, म्यागेजिन र कलम आदि कास्की फुटवल संघका अध्यक्ष धरमबहादुर लामिछाने र फुटवल प्रशिक्षकद्वय शम्भु केसी र राजेन्द्र तामाङ्गलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग समितिका संयोजक गौचनलाई विदेशमा रहेर पनि नेपालको खेल विकासको लागि योगदान गरेको भन्दै सम्मान पनि गरिएको थियो । कार्यक्रममा बाल ...
  • जापानमा संघसंस्थाबीच परिचयात्मक कार्यक्रम हुँदै

    टोकियो - जापानमा वसोवास गर्दै आएका नेपालीहरुद्वारा गठन गरिएका विभिन्न संघसंस्थाहरुबीचको परिचयात्मक कार्यक्रम हुने भएको छ । प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटि, जापानको आयोजनामा आगामी १५ तारिख आइतबारका दिन सोलमरी लाईभ म्यूजिक हाउस शिनओकूबोमा सो कार्यक्रम हुन लागिएको हो । नयाँ वर्ष २०१७ को अवसरमा शुभकामना आदान-प्रदान गर्ने तथा चियापानसहित परिचयात्मक कार्यक्रम राखिएको प्रचार प्रसार तथा संघ संस्था समन्वय विभागका प्रमुखसमेत रहनु भएका कमिटिका उपमहासचिव राजेन्द्र श्रेष्ठले समुद्रपारिलाई जानकारी गराउनु...
  • नेपाकेनको यस वर्षको वक्तृत्वकला प्रतियोगिता मार्च २० मा

    टोकियो-नेपाल जापान रिसर्च सेन्टर, नेपाकेनको आयोजनामा हरेक वर्ष जापानमा हुदै आएको जापानी भाषा वक्तृत्वकला प्रतियोगिता यस पटक आगामी मार्च महिनाको २० तारिक (सोमबार) हुने भएको छ । त्यसो त यो बर्ष जापानको एक विश्वविद्यालयले पनि सहकार्य गर्ने भएको हुँदा प्रतियोगिता बिशेष रहने संयोजक शंकर बराइलीले समुद्रपारिलाई बताउनुभयो । जापानमा विभिन्न विश्वविद्यालय तथा भाषा विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरूको स्तरवृद्धि हुदैँ आए पनि जापानी समाजमा नेपाली विद्यार्थीहरूको क्षमता देखाउने अवसरहरु कम भएकोले यस...
  • टोकियोमा एक नेपाली विद्यार्थीको मृत्यु

    टोकियो-दुई वर्ष अगाडि विद्यार्थीका रूपमा जापान अाएका काठमाण्डाै पकनाजोलका जोन लामा (३२ वर्ष) झुण्डिएको अवस्थामा फेला परेका छन् । टोकियोको चियोदा कुमा झुण्डिएको अवस्थामा उनका साला र सालाको साथीले भेटेको सालाका साथी समिर अधिकारीले समुद्रपारिलाई बताए । सोमबार साँझ जापानी समय अनुसार ४/५ बजेतिर उनीहरू किनमेलबाट फर्किंदा झुण्डिएको अवस्थामा भेटेपछि तुरून्तै अस्पताल लगिए पनि चिकित्सकले मृतक घोषणा गरेको बताइएको छ । घटनास्थल पुगेका अर्का व्यक्ति कर्मा वाङदेलले जानकारी दिए अनुसार मृतक लामा यही मार्चम...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित