एनआरएनए निर्वाचन २०१७

  • एनअारएनए जापानकाे निर्वाचन समितिद्वारा उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशन

    टोकियो - एनआरएन जापानको आठौं अधिवेशनको सिलसिलामा निर्वाचन सम्पन्न गर्न जिम्मेवारी पाएको निर्वाचन समितिले उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशन गरेको छ । समितिले ८ अाैं अधिवेशनबाट सर्वसम्मत निर्वाचितहरूको नामावलीसहित चयन हुन बाँकी पदहरू र उक्त पदहरूमा परेकाे उम्मेदवारीकाे अन्तिम नामावली प्रकाशन गरेकाे हाे । ***  
  • एनअारएनए जापानकाे अध्यक्षमा तासी लामा सर्वसम्मत चयन

    टोकियो-गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा तासी वाङदी लामा सर्वसम्मत भएका छन् । अध्यक्षका प्रत्यासी अनुज थापा अाईसीसी सदस्यमा जान राजी भएपछि तासी लामा अागामी कार्यकाल २०१७-२०१९ काे लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी महासिचवमा वुद्धिराज घिमिरे र काेषाध्यक्षमा कालिका थापा चयन भएका छन् । अाईतवार टाेकियाे निशी अाेगिकुवाेमा सम्पन्न अाठाैं राष्ट्रिय अधिवेशनमा एनअारएनए उपाध्यक्ष भवन भट्टसहित स्थानीय राजनीतिक दल र जापानका संघसंस्थाका प्रतिनिधीहरूकाे बैठकमा सर्वसम्मत पदाधिक...
  • एनआरएन जापान आठौं अधिवेशन अपडेट : उम्मेदवारहरुको नामावली सार्बजनिक

    नेतृत्वमा लामा र थापाको भिडन्त हुने टोकियो - निर्वाचन समितिले एनआरएन जापानको आगामी कार्यकालको नेतृत्व लगायत बिभिन्न पदहरुमा दाबी गर्ने उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । जसअनुसार अध्यक्षमा तासी लामा र अनुज थापाको उम्मेदवारी परेको छ । लामा मौजुदा कार्यसमितिको उपाध्यक्ष हुन् भने थापा महसाचिव हुन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष देवीलाल भण्डारीको एकल उम्मेदवारी परेको छ भने महिला उपाध्यक्ष एकका लागि सबिता श्रेष्ठ र अनिता गुरुङको उम्मेदवारी परेको छ । यसैगरी २ जना उपा...
  • एनआरएन जापान आठौं अधिवेशन : निर्वाचन समितिद्वारा निर्वाचन नियमावली सार्बजनिक

    (निर्वाचन कार्यतालिका, उम्मेदवारी आवेदन फाराम, उम्मेदवारी फिर्ता आवेदन फाराम सहित) टोकियो - एनआरएन जापानको आठौं अधिवेशनको सिलसिलामा निर्वाचन सम्पन्न गर्न जिम्मेवारी पाएको निर्वाचन समितिले निर्वाचन नियमावली सार्बजनिक गरेको छ । सम्बन्धित सबैको जानकारीका लागि सार्बजनिक गरिएको निर्वाचन नियमावलीसंगै निर्वाचन कार्यतालिका, उम्मेदवारी आबेदन फाराम, उम्मेदवारी फिर्ता आबेदन फाराम पनि समितिले उपलब्ध गराएको छ । निर्वाचन कार्यतालिका अनुसार अगस्त ५ र ६ उम्मेदवारी दिने मिति तोकिएको छ । निर्वाचन नियमावली ...
  • एनआरएन जापान आठौं अधिवेशन : निर्वाचन समितिद्वारा मतदाताहरुको अन्तिम नामावली प्रकाशन

    टोकियो - एनआरएन जापानको आठौं अधिवेशन अन्तर्गत गठन भई निर्वाचन सम्पन्न गर्न जिम्मेवारी पाएको निर्वाचन समितिले सदस्य मतदाताहरुको अन्तिम नामावली सार्बजनिक गरेको छ । समितिले अख्तियार गरेको कार्यतालिका बमोजिम शुक्रबार अन्तिम नामावली प्रकाशन गरेको हो । यसैगरी निर्वाचन विद्युतीय प्रणाली अनुसार हुन गईरहेको कुरालाई ध्यानमा राख्दै प्रकाशित नामावलीका सम्बन्धमा मतदाता सदस्यहरुले आफ्नो सदस्यता आईडी वा पासवर्ड सम्बन्धि कुनै जानकारी चाहिएमा अगस्त ५ तारिख अपरान्ह १ बजेदेखि देखि १० तारिख अपरान्ह ५ बजे सम्म एन...
  • एनआरएन जापानद्वारा निर्वाचन समिति गठनसंगै निर्वाचन तालिका सार्बजनिक

    टोकियो - अधिवेशन नजिकिदैं गर्दा एनआरएन जापानले मंगलवार निर्वाचन समिति र निर्वाचन कार्यतालिका एकैदिन सार्बजनिक गरेको छ । अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति गठन प्रक्रिया सम्पन्न गर्न एनआरएन जापानले आइसीसी सदस्य ओम गुरुङको संयोजकत्वमा डा. बेद काफ्ले, डा. भूपालमान श्रेष्ठ, मेघराज नेपाल र पुष्करजंग थापा रहेको ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा आवश्यकताअनुसार सदस्य थप्न सकिने बताईएको छ भने निर्बाचन विद्युतीय मतदान प्रणालीमा हुने बताईएको छ । निर्वाचन समितिको...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित