मनोरञ्जन

  • ११ साल ११ महिना ११ गते ऐश्वर्याको सन्तान जन्मने

    मुम्बई– बलिउड अभिनेत्री ऐश्वर्या रायको आगामी सन्तान जन्मने डेट डाक्टरले फिक्स गरेका छन् । स्टार अमिताभ बच्चनकी बुहारी तथा अभिषेककी श्रीमती ऐश्वर्याको पहिलो सन्तान जन्मने डेट डाक्टरले आगामी नोभेम्बर ११ तारिखमा हुने बताएका छन् । अभिषेक–ऐश्वर्याको यो पहिलो सन्तान हो ।
  • टर्कीको भूकम्पमा जोगिए सलमान र कट्रिना

    टर्की– टर्कीमा आइतबार गएको ७ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा बलिउड स्टार सलमान खान र कट्रिना कैफ जोगिएका छन् । भूकम्पबाट कम्तिमा एक हजारभन्दा बढीको ज्यान गएको छ । सलमान र कट्रिना चलचित्र ‘एक था टाइगर’को सुटिङका लागि इस्तानबुल गएका थिए । सुटिङ यूनिटका अनुसार राजधानी भूकम्प गएको भ्यान शहरभन्दा धेरै टाढा छ ।
  • क्यालीमा देखियो कली

    कोलम्बियामा अहिले एउटा फेसन उत्सव भइरहेको छ । 'क्याली एक्स्पो फेसन वीक'मा एक साताभर टप र हट मोडल र्‍याम्पमा उत्रिएका छन् । हामी पनि चियाऔं न त यो फेसन उत्सवलाई ।
  • ‘टू पीस’की सेलेना

    गायक जस्टिनसँगको सम्बन्धका कारण चर्चामा रहेकी सेलेना गोमेज अर्को एक प्रसङ्गले चर्चामा छिन् । त्यो हो उनलाई कुनै एक व्यक्तिले पछ्याइरहेको उजुरी । उजुरी प्रहरीले छानबिन गर्दा प्रहरीले पत्ता लगायो कि त्यो व्यक्ति सेलेनाको जोबनदेखि पागल भएको रहेछ । केही डराएकी सेलेनाको मस्तीमा भने कमी आएको छैन रे ।
  • ‘भेट्रान’ निर्देशक रायमाझीको निधन

    काठमाडौं- चलचित्र निर्देशक दीपक रायमाझीको 'हर्ट अट्याक'का कारण निधन भएको छ । ५८ वर्षीय रायमाझीको गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको चलचित्र निर्देशक सुमन दाहालले जानकारी दिए । रायमाझीले २३ वर्षअघि भाग्यरेखा चलचित्र निर्देशन गरेर आफ्नो करिअर सुरु गरेका थिए । १९८० मा रुसबाट चलचित्र निर्देशनमा स्नातकोत्तर गरेका रायमाझीले राजेश हमाल, दिलीप रायमाझीलगायतका कलाकारलाई पर्दामा ल्याएका थिए । रायमाझीलाई कलाकारहरुले 'भेट्रान' निर्देशक भन्थे । रायमाझीको बुधबार बिहान पशुपति आर्यघाटमा अन्तिम...
  • धुर्मुसको अन्तरकथा

    काठमाडौं– अहिलेका चर्चित हाँस्यकलाकार धुर्मस अर्थात सीताराम कट्टेल जसलाई नचिन्ने नेपालीहरु सायदै होलान् । चर्चित टेलिश्रृङखला मेरी बास्सैका प्रमुख पात्र मध्येका सीताराम कट्टेल धुर्मस जसले दर्शकहरुलाई पेट मिचिमिसी हसाउँछन् तर उनको विगत हेर्न हो भने अर्कालाई हसाउँछु भन्दा आफै रुनुपरेको कथा छ उनीसँग । पुर्ख्यौली घर झापाको गौरादहमा सामान्य परिवारमा जन्मिएका सीतारामको पारिवारिक स्थिति निकै नाजुक थियो । दुई दशकअघि गाउँकै गौरादह माध्यमिक विद्यालयमा पढ्दै गर्दा उनले बिहानै उठेर हलो जोती विद्यालय जानु...
  • शाहरुख र ज्याकीलाई नेपाल ल्याउने संस्कृति मन्त्रीको खुलासा

    काठमाडौं- सरकारले पर्यटन वर्षमा थप पर्यटक आकर्षित गर्न भारतीय चर्चित कलाकार शाहरुख खान र चीनका नायक ज्याकी च्याङलाई नेपाल बोलाउने तयारी गरेको छ । संस्कृती मन्त्री गोपाल किरातीले शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त खुलासा गरेका हुन् । 'नेपालको कला संस्कृतिलाई विश्वब्यापी चिनारी गराउन चीनका नायक ज्याकी च्याङ, भारतीय कलाकारहरु रेखा, शाहरुख खानलाई नेपाल घुमाउने योजना मन्त्रालयले गरिरहेको छ,' उनले भने । पर्यटन वर्षमा भारतीय चर्चित गायक कैलाश खेर, अंग्रेजी गायक ब्रायन एडम्स नेपाल आइसकेका छन् ।
  • रहेनन् गजल सम्राट जगजीत सिंह

    नयाँ दिल्ली - होठों से छू लो तुम..., ये दौलत भी ले लो..., होशवालों को खबर क्‍या..., हजारों ख्‍वाहिशें ऐसी..., हाथ छूटे भी तो... जस्ता अनगिन्ती चर्चित गजलमा आफ्नो स्वर दिएका जगजित सिंहले सोमबार संसार छाडेका छन् । ब्रेन हेमरेज (मस्तिष्कघात) भएपछि १६ दिनअघि मुम्बइको बान्द्रास्थित लिलावती अस्पतालमा भर्ना गरिएका ७० बर्षिय सिंहको अवस्था गम्भीर थियो । विशेष शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । अस्पतालका प्रवक्ता सुधीर दगा ओकरका अनुसार आइसीयूमा राखिएका उनी डाक्टरको विशेष निगरानीमा थिए । उच...
  • सियाको सुन्दरता

    दक्षिणी भारतीय नायिका तथा मोडल सिया गौथमका हालै सुट गरिएका केही तस्विरहरु ।
  • कात्तिकमा ‘मसान’

    काठमाडौं । धेरै समयपछि बनेको कृतिमा आधारित फिल्म 'मसान' दर्शकले चाँडै हेर्न पाउने भएको छ। गोपालप्रसाद रिमालको नाटकमाथि बनाइएको फिल्म 'मसान' कात्तिकको पहिलो हप्ता रिलिज हुने टुंगो लागेको छ। रंगमञ्चमा धेरैपटक मञ्चन भइसकेको यो नाटकमाथि नीर शाहले फिल्म बनाएका हुन्। सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्म सवा २ घन्टाको छ। 'प्रिप्रोडक्सन निकै राम्रो भएकोले काम छिटो सकियो,' निर्देशक शाह अघिल्ला फिल्ममा भन्दा धेरै मिहेनत गरेकाले पनि काम छिटो सकिएको मुख्य सहायक निर्देशक विजयरत्न तुलाधरले बताए...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित