मनोरञ्जन

  • गायक सुर्य खड्का जापान जान खोज्दा यसरी फसे (भिडियोसहित)

    काठमाडौं – पढी पढी विदेशी भाषा घर छोडेर के जानु वनवास, यस्तै यस्तै शब्दले सजिएको परदेशी गायक सुर्य खड्काको तीज गीत बजारमा आएको छ । जापानलाई कर्मथलो बनाउनुभएका गायक खड्का नेपाली लोकदोहोरी क्षेत्रमा पनि निकै सक्रिय रुपमा लाग्दै आउनुभएको छ । जापानको व्यस्ताका बावजुत पनि समय मिलाएर नेपाली गीत संगीतका लागि समय दिनुभएको छ । पछिल्लो समय उहाँका थुप्रै गीतहरु बजारमा आएका छन् । त्यसै क्रममा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर उहाँले दुधको डेरी बोलको तीज गीत बजारमा ल्याउनुभएको छ । र...
  • पशुपति शर्माले यो वर्षको पहिलो तीज गीत यस्तो गाए (भिडियोसहित)

    काठमाडौं – तीज गीतको हिरोका रुपमा चिनिएका गायक पशुपति शर्माको यो वर्षको पहिलो तीज गीत बजारमा आएको छ । पशुपति शर्माको लय र शब्दमा रहेको माइती भन्छन् किन आइती बोलको गीत मर्गस क्रियसन प्रा.लीले बजारमा ल्याएको हो । गीतमा जुना श्रीस र पशुपति शर्माले नै आवाज दिनुभएको छ । प्रकाश भट्टले निर्देशन गर्नुभएकोे म्युजिक भिडियोमा पशुपति शर्मा, जुना श्रीस र बाल कलाकारको रुपमा पशुपतिकी छोरी लुना शर्माले अभिनय गर्नुभएको छ । https://www.youtube.com/watch?v=DG2t0rDHn1s&feature=youtu.be
  • पुष्कल शर्माको आवाजमा रहेको ए मेरो प्राण बजारमा(भिडियोसहित)

    काठमाडौं – एक पछि अर्को चर्चित गीत बजारमा ल्याएको मालती डिजिटल प्रा.लीले फेरी अर्को गीत बजारमा ल्याएको छ । प्रकाश महरा र बिक्रम बि.कको लोकदोहोरी गीत ए मेरो प्राण बोलको गीतमा बजारमा ल्याएको हो । जसमा पछिल्लो समय निकै मन पराइएका गायक तथा मोडल पुष्कल शर्मा र जमुना श्रीपालीले आवाज दिनुभएको छ । बिक्रम र प्रकाशको शब्द रहेको गीतमा अमित बाबु रोकायको लय रहेको छ । कपिल लामाले निर्देशन गरेको म्युजिक भिडियोमा आसा ख्का र अलोङ दिवानाले अभिनय गर्नुभएको छ । https://www.youtube.com/watch?v=Ak_kp_lA7bM&feat...
  • विश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

    काठमाडौं – आज विश्व संगीत दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा यस दिवसको अवधारणा ल्याएपछि औपचारिक सुरुवात सन् १९८२ मा फ्रान्सले गरेको थियो । त्यसयता हरेक वर्ष जुन २१ मा विश्व संगीत दिवस मनाइँदै आइएको छ । अहिले संसारका एक सय बढी देशमा संगीत दिवस मनाउने गरिन्छ । संगीतलाई विश्वव्यापी भाषा मानिन्छ । बहुजाती, भाषा, धर्म र संस्कृति भएको हाम्रो देश नेपालमा त बनमा रुने न्याउलीदेखि मुर्चुङ्गाको कम्पनसम्मले मौलिक संगीत सृजना गरिरहेका हु...
  • मनिषा शर्मा र शंकर ढकालको भेट हुँदैन होला बजारमा (भिडियोसहित)

    काठमाडौं – नव गायिकाका रुपमा लोकसंगीतमा प्रवेश गर्नुभएकी मनिषा शर्मा र शंकर ढकालको भेट हुँदैन होला बोलको गीत बजारमा आएको छ । यो गीतको म्युजिक भिडियो केही दिन अघि युटुवमा सार्वजनिक गरिएको हो । गीतमा माया प्रेममा परेका जोडी बिछोडिए पछिको अवस्था चित्रण गरिएको छ । लय शब्द शंकर ढकालको रहेको यस गीतमा मनिषा शर्मा र शंकर ढकालले नै आवाज दिनुभएको छ । म्यूजिक ल्याब मार्फत बजारमा आएको गीतमा बिनोद ढकाल, दिपक खत्री र उस्मिता बगालेले अभिनय गर्नुभएको छ । भिडियोलाई मिलन कार्कीले निर्देशन गर्नुभएको छ । ...
  • ‘प्रेमगीत-२’ को ट्रेलर सार्वजनिकः यस्तो देखियो प्रदीप र अश्लेषाको प्रेम

    काठमाडौं - यसवर्षको प्रतिक्षित सिनेमा ‘प्रेमगीत २’ को ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक भएसँगै दर्शकको प्रतिक्रिया र प्रशंसा पनि आउन थालेके छ । फिल्मको ट्रेलरमा नेपाली प्रदीप खड्का र अश्लेषा ठकुरीको केमेष्ट्री देख्न सकिन्छ । सन्तोष सेन निर्मित चलचित्र ‘प्रेमगीत २’ मा रामशरण पाठकको लेखन तथा निर्देशन रहेको छ । ट्रेलरमा प्रेम, भ्रमण र बदलालाई देखाइएको छ । चलचित्र ‘प्रेमगीत’ मा जस्तै उक्त चलचित्रमा प्रदीप र अश्लेषा प्रेम र गीत पात्रका रुपमा देखिएको प्रष्ट हुन्छ । यही १३ ग...
  • नायिका मनिषा कोइराला बागमती सफाइ सदभावना दूत

    काठमाडौं – सरकारले बागमती सफाइ महाअभियानको सदभावना दूतमा नायिका मनिषा कोइराला मनोनीत गरेको छ। सहरी विकास मन्त्रालयको प्रस्तावमा बागमती सफाइ महाअभियानको बिहीबार बसेको साप्ताहिक बैठकले कोइरालाको नाम अनुमोदन गरेको हो। कोइराला आगामी शनिबार सञ्चालन हुने २१४ औं साताको सफाइ कार्यक्रममा सहभागी हुने जानकारी महाअभियानले दिएको छ। तत्कालीन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पदमा बहाल छँदै कोइरालालाई बागमती सफाइ अभियानको सद्भावना दूत मनोनीत गर्न प्रस्ताव गर्नुभएको थियो । २०७० जेठ ५ देखि सातामा ...
  • जवानी सम्हाल्न अनिताको आग्रह

    मंगलबारको टन्टलापुर घाममा नायिका अशिस्मा नकर्मी ‘आउन आउ सम्हाली देउन मेरो जवानी’ भन्दै नायक पुष्पल खड्कालाई आग्रह गर्दै थिइन् । यसको प्रतिउत्तरमा पुष्पल लजाएर मुस्कुराई रहन्छन् र जवानी सम्हाल्नका लागि आतुर देखिन्छन् । छिनमै कम्मर मर्काएर प्रेमीलाई जवानीको विषयमा इसारा गरीरहेकी नायिका अशिस्माको यो भावलाई नजिकबाट नियाली रहेका कलाकार सुशान्त श्रेष्ठले उनको जवानीलाई आफ्नो पक्षमा पार्ने दाऊ खोजिरहेको दृश्य गहकिलो थियो । नजिकै छाता ओडेर बसेका निर्देशक एवम् कोरियोग्राफर गम्भिर विष्ट भने उ...
  • ‘ठमेल बजार’ की मीनालाई ‘छिन्नलता’ पुरस्कार

    काठमाडौं - ‘ठमेल बजार’ र ‘काले दाइ’ लगायतका चर्चित गीतकी गायिका मीना पोखरेललाई ‘छिन्नलता’ पुरस्कार–२०७३’ प्रदान गरिने भएको छ । उहाँलाई युवा नवप्रतिभा पुरस्कार दिन लागिएको ‘छिन्नलता’ पुरस्कार गुठीलले जनाएको छ । नेपाली गीत सङ्गीतको क्षेत्रमा सक्रिय भइ योगदान पुर्याए वापत मीनासँगै ६ जना प्रतिभालाई पुरस्कृत गर्ने गुठीले विज्ञप्ति मार्फत जनाएको छ । गायनतर्फ आजीवन समर्पणका लागि माधवलाल श्रेष्ठ तथा सङ्गीतमा मणिकमल क्षत्रीलाई छिन्नलता विशेष सम्मान प्रदान गरिने गुठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ग...
  • डा. खातेको ट्रेलर सार्वजनिक

    काठमाडौं - बालश्रम विरुद्ध आवाज उठाएको चलचित्र डा. खातेको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सडक बालबालिका, घरेलु श्रमिक, बाल हिंसा तथा बालश्रम बिरुद्धको आवाज प्रस्तुत गरिएको भनिएको चलचित्रको ट्रेलर बाल श्रम बिरुद्धको दिवसको अवसर पारि सार्वजनिक गरिएको हो । रवि अर्याल निर्देशित चलचित्रलाई रोशनी केसीले निर्माण गरेकी हुन । आधा दर्जन चलचित्र र केही टेलिचलचित्रमा अभिनय गरिसकेकी रोशनीले यसै चलचित्र मार्फत निर्माणमा पनि हात हा...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित