हाम्रो विचार

  • ‘तीज’ अब परिवर्तनका लागि मनाईनुपर्छ

    बिशेष सम्पादकीय नेपाली नारीहरुको सामाजिक र साँस्कृतिक महत्वको चाड तीज पर्वले यतिखेर स्वदेशमा मात्र नभएर बिदेशमा पनि रौनकता छाएको छ र नजानिदो तवरले उच्च महत्व पाउर्दै गएको छ । उसो त तीज पर्वले दैलो टेक्न नपाउँदै नेपाली नारीहरुमा ल्याएको उत्साह, उमंग र हौसलाले नेपाली समुदायमा नयाँ तरंग उत्पन्न गरेको छ । आफ्ना चाड पर्व र रितिरिवाजलाई गच्छेअनुसार सम्झनु, मनाउनु र यसैको माध्यमबाट सामाजिक सद्भाव बलियो बनाउनु हाम्रा चाडपर्वका असल बिशेषता हुन् । बाल्यकाल, जन्मघर, माईती, साथीसंगीनी अनि पर्राईघर गएपछि...
  • समृद्ध नेपालका लागि संयुक्त लगानी

    बिशेष सम्पादकीय विदेशमा बस्ने नेपालीहरुको ज्ञान, सीप, प्रविधि र पूँजी नेपाल भित्र्याएर समृद्ध नेपाल निर्माणमा ठोस योगदान दिने गैरआवासीय नेपाली संघको उद्देश्य अझै सतहमा देखिने गरी कार्यान्वयनमा आउन सकेको छैन । यस बीचमा सामाजिक क्षेत्र वा परोपकारी कामका लागि गैरआवासीय नेपालीहरुले सहकार्यको थालनी गरे पनि राष्ट्रको अपेक्षाअनुसार ठूलाठूला आयोजनाहरु अभियानकारुपमा अघि बढ्न सकेका छैनन् । तर अब भने कम्तिमा तीनवटा आयोजनाले केही गति लिएको र संयुक्त लगानीको राम्रो संभावना देखिएको छ । तिनीहरु मध्ये अहिले सर...
  • सन्दर्भ – नेपाल फेष्टिबलको

    बिशेष सम्पादकीय जापानमा रहेका बिसौं हजार नेपालीहरुको यदि एउटा साझा कार्यक्रम बन्न सक्छ भने, त्यो हो नेपाल फेष्टिबल । तर यस बिषयमा नेपालीहरु अझै एक ठाउँमा उभिन नसकेको अवस्था छ । हामी नेपालीहरुमा त्यहाँसम्मको उच्च सोंच र बिशाल हृदय निर्माण हुन अझै २, ४ बर्ष कुर्नुपर्ने हो कि कुन्नि ? अझ साँच्चि नै भन्नुपर्दा हामीमा भएको शक्ति पनि बिखण्डित भएर खेर गईरहेको अवस्थामा घिस्रदों छ, आज जापानको नेपाली कम्युनिटी । हरेक बर्ष जापानीहरुलाई नेपाल चिनाउने, नेपाल घुम्न प्रेरित गर्ने र नेपालको बारेमा सक्दो जान...
  • गुट-उपगुट अनि फुटको गोलचक्करमा फस्यो माओबादी

    नेपाली राजनीतिमा गुटबन्दीको खेलले दलहरुको हैसियत र साइज बेलामौकामा खुम्चिने र तन्कने गरेको पाईन्छ । संबिधानसभाको निर्बाचनबाट सबैभन्दा ठुलो दलको पगरी गुथ्न पुगेको एकीकृत नेकपा माओवादी यस्तै गुट, उपगुटको गोलचक्करमा फसेपछि अन्ततः दई चिरामा बिभाजित भएरै छोडेको छ । बिभिन्न कालखण्डमा फरक फरक पृष्ठभूमिका समुह तथा उपसमुहहरुको एकताबाट देशकै ठूलो पार्टी बन्ने सौभाग्य पाएको एमाओबादीले संबिधान सभाबाट संबिधान बनाउने भन्ने आफैले उठाएको एजेण्डा पुरा नगर्दै आफ्नै नेतृत्वमा सरकार भएको बेलामा संबिधानसभाको अवसान ह...
  • सहमतिको विकल्प छैन

    धेरैको अनुमानलाई गलत सावित गर्दै नेपालका राजनीतिक अगुवाहरुले अन्तिम घडिमा आएर भए पनि कुनै न कुनै रुपमा संविधान दिनेछन् भन्ने झिनो आशामाथि तुषारापात भयो । सँधैजस्तो यसपटक पनि जेठ १४ को आसपासमा नेताहरुको दौडधुप निकै बढेको भए पनि सत्तास्वार्थ नै केन्द्रमा रहेकाले संविधान आउन सकेन । जो सत्तामा छ उ छोड्न नचाहने, जो बाहिर छ उ दाउपेचमै लागिरहने भएपछि राष्ट्रिय मुद्दाको सम्बोधन र जनताका चाहनाको परिपूर्ति गर्ने काम सँधै भडखालोमा मात्रै परिरहनु अस्वभाविक भएन । सँधैको अन्तिममा निर्णय गर्ने रोगलाई यसपटक नदो...
  • जुलाई पछि के होला ?

    बिशेष सम्पादकीय जापानमा आगामी जुलाईबाट परिवर्तन हुन लागेको अध्यागमन सम्बन्धी नियम र विदेशीहरुका लागि दिइने चिप्ससहितको परिचय पत्रका बारेमा यतिखेर जापानस्थित नेपाली समुदायमा पनि निकै चर्चा परिचर्चा भैरहेको पाइन्छ । स्वभाविकरुपमा विदेशी नागरिकहरुसँग सम्बन्धित नीति नियममा हुने परिवर्तनले त्यसदेशमा रहेका विदेशीहरुलाई आकर्षित गर्ने नै भयो । सबैले आफूलाई केन्द्रमा राखेर हेर्ने भएकाले आफूलाई के के सजिलो र के के असजिलो हुने हो भन्नेमा नै चासो हुने हो । सम्बन्धित देशले पनि विदेशी नागरिकहरुको बसाईलाई अरु...
  • डायस्पोराका ‘नाक’ हरुले साख जोगाउने बेला

    बिषेश सम्पादकीय लामो समयदेखि बिस्कुन फिजाईएको एनआरएनहरुको सामुहिक लगानीको बहसले ढिलै भएपनि अहिले चर्चाको शिखर चुम्न सफल भएको छ । यद्यपि यसले गन्तब्यको यात्रा गर्न भने बाँकी नै छ । जलबिद्युत नै एनआरएनहरुका लागि पहिलो र उपयुक्त लगानीको क्षेत्र हुन सक्ने ठहर गर्दै बिभिन्न मुलुकहरुमा रहेका नेपालीहरुबीच पुगेर लगानीका लागि प्रोत्साहित गर्ने अभियानमा अहिले एनआरएन नेतृत्वपंक्ति होमिएर लागेको छ । बिदेशमा आर्जन गरेको कमाईलाई सामुहिकरुपमा लगानी गरेर मुलुकमा बिजुली बाल्ने योजना आफैमा जति सुन्दर छ, त्यतिकै ...
  • संविधान निर्माण कार्यमा विलम्ब नहोस्

    नेपालमा संविधान निर्माणका लागि तोकिएको मिति जेठ १४ गते आउन अव ७३ दिन मात्र बाँकी छ । यो समय सीमा भित्र जसरी पनि शान्ति प्रक्रिया टुङ्ग्याएर संविधान जारी गर्नुपर्ने अत्यन्तै महत्वपूर्ण जिम्मेवारी संविधान सभा र वर्तमान सरकारसामु छ । यस निम्ति सबै राजनीतिक दलहरु खासगरी प्रमुख दलहरुका पनि उच्च नेताहरुको भूमिका अझ निर्णायक छ । जेठ १४ भित्र संविधान नबनेमा मुलुकमा गम्भीर संवैधानिक संकट उत्पन्न हुने कुरा अव कसैले भनिरहनुपर्ने अवस्था छैन । यस्तो अवस्था सिर्जना हुन नदिन समयछँदै सम्बन्धित सबै गम्भीर र संवे...
  • अन्तरराष्ट्रिय महिला दिवसको उपलक्षमा हार्दिक शुभकामना !

    बिश्वभरिका शोषित पीडित महिला समुदायको मुक्ति र समुन्नतिका निमित्त राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक हरेक क्षेत्रमा महिलाहरुलाई समान अवसर दिलाउनका लागि उचित बातावरणको सिर्जना गर्दै महिला सचेतना र संघर्षको बिकास गर्ने हेतुले मार्च ८ तारिखका दिन बिश्वब्यापीरुपमा अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । यसरी यो दिवस औपचारिक रुपमा मनाउन शुरु गरिएको आज १०२ बर्ष पुगिसकेको छ । यस दिनले बिश्वभरीका र खासगरी नेपालका सम्पूर्ण शोषित पीडित महिला समुदायलाई आफ्ना हक अधिकारको निमित्त सचेत, स...
  • बबरमहलमा बबण्डर र यसको सन्देश

    गत सोमबार मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको गेट नजिकै अर्थात् राजधानीको मुटु बबरमहलमा दिनदहाडै बम विस्फोट भयो । बिस्फोटमा परी ३ जनाको ज्यान गयो भने दर्जनजति गम्भीर घाइते भए । घटनाको जिम्मेवारी लिंदै जातीय मुक्ति मोर्चा नाम गरेको एक सशस्त्र समुहले यो त शुरुवात मात्रै हो भन्दै अनेकौं ठाऊँमा बिस्फोट हुनसक्ने चेतावनी दिएर आफ्नो निशाना अझै बाँकी रहेको संकेत गरेको छ । राजनीतिक दलहरुको क्रियाकलाप र देशमा भइरहेको पछिल्ला परिवर्तनप्रति एकखाले जनता सन्तुष्ट छैनन् भन्ने चेतावनीका रूपमा बबरमहल...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित