हाम्रो विचार

  • अनुभूत गर्न नसकिएको परिवर्तन

    नेपालको इतिहासमा २००७ सालदेखिको मात्र कुरा गर्ने हो भने पनि बिभिन्न कालखण्डमा एकपछि अर्को गर्दै हालसम्म ठूला ठूला राजनीतिक परिवर्तनहरु भएका छन् । तर सोहीअनुसार नेपाली जनताले परिवर्तनको अनुभूत भने गर्न पाएका छैनन् । यो साँचो यथार्थ कसैबाट छिपेको छैन । ६५ वर्षदेखिको लामो अपेक्षा पछि संविधानसभाबाट संविधान त जारी भएको छ, तर यसको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको बाटोमा लैजाने र नेपाली जनताको जीवनशैलीमा परिवर्तन ल्याउने चुनौती भने ज्यूँका त्यूँ छन् । देश शान्ति प्रक्रियामा प्रवेश गरेको पनि नौ वर...
  • हामी नयाँ स्वरुपमा आउँदै छौं

    सन् २००६ को जुनदेखि देश तथा विदेशमा रहनुभएका नेपालीहरुका लागि लक्षित गरी सूचनाको सेवामा निरन्तर समर्पित रही समाचार, मनोरञ्जनजन्य र ज्ञानबर्धक सामाग्री पस्कदै आएको समुद्रपारि डट कम भोलि जुलाई १ तारिखदेखि नयाँ स्वरुपमा आउन लागेको ब्यहोरा सहर्ष जानाकारी गराउन चाहान्छौं । सूचना र प्रविधिको बढ्दो उपयोगसंगै परिवर्तित समयको माग र तपाई पाठकहरुको चाहनाअनुसार परिष्कृत हुँदै जाने सन्दर्भमा समुद्रपारि नयाँ स्वरुपमा आउन लागेको हो । तारा बिनाको आकाश र पानी बिनाको समुद्रजस्तै डायस्पोरिक पत्रकारिताको असाध्यै...
  • कता जाँदै छ ? जापानको नेपाली समाज (बिशेष सम्पादकीय)

    जापानमा अहिले नेपालीहरुको संख्या आधा लाख नाघिसकेको छ । आधा लाख भन्दा बढि जनसंख्या रहेको जापानको नेपाली समाजलाई दिशा निर्देश गर्ने, अनुगमन तथा पर्यवेक्षण गर्ने र एउटा निश्चित दायराभित्र नियमन गर्ने कुनै निकाय वा संयन्त्र छैन । नेपालीहरुको संख्यामा आएको बृद्धिदरलाई हेर्दा अबको एकाध वर्षमा लाख पुग्ने देखिन्छ । बढ्दो नेपालीहरुको संख्यासंगै समस्याहरु पनि त्यसरी नै बढिरहेका छन् । जापानको वर्तमान नेपाली समाजलाई केही वर्ष अगाडिसंग तुलना गर्दा अहिलेको समाज धेरै छिरलिएको अवस्थामा पुगेको  देखिन्छ । हाम्...
  • नयाँ वर्ष २०७३ को हार्दिक शुभकामना

    हामी बीचबाट वि. सं. २०७२ ले बिदा लिंदै छ । विदा लिदै गरेको वर्षभरिका तीतामीठा अनुभव र उपलब्धीको समीक्षा गर्दै अहिले हामी नयाँ वर्षको स्वर्णिम सपना बुन्ने संघारमा छौं । यतिबेला हाम्रो मथिङ्गलमा वर्षभरिका घटनाक्रम रिल झैं घुमिरहेका छन् । वर्षको प्रारम्भमै ठूलो जनधनको क्षती हुने गरी विनाशकारी महाभूकम्पको सामना गर्नुपर्‍यो । जसका कारण हजारौं नेपालीहरुले ज्यान गुमाउनु पर्‍यो भने हजारौंलाई घाइते, अपाङ्ग र बेसहारा बनाईदियो । अर्कोतिर युगौदेखिका महत्वपूर्ण भौतिक संरचनाहरु ध्वस्त बनाईदियो । बैशाख १२ ...
  • पूर्वाधारको विकासमा गम्भीरता आवश्यक

    नेपालमा छोटै समयमा ठूलठूला राजनीतिक परिवर्तनहरु भएका छन् । सक्रिय जीवन विताइरहेको वर्तमान पुस्ताले ति सबै घटनाक्रम र परिवर्तनहरुका लागि योगदान दिएका छन् र कम्तिमा पनि आरोह अवरोह झेल्दै साक्षी बनेका छन् । ती परिवर्तनहरु पछि मुलुकको कायापलट र व्यक्तिगत जीवनमा सहजताको अपेक्षा गरिदै आएको छ । तर अपेक्षा गरिए अनुसार मात्र नभएर देशको समग्र विकास र जनताको जीवनस्तर उकास्ने काम पटक्कै हुन सकेको छैन । समयको गतिसँगै हुने केही विकासलाई देखाएर यति भयो र उति भयो भन्नुको जवाफ ५० लाख भन्दा बढी विभिन्न नाममा अन्त...
  • नयाँ आउने राजदूतको नयाँ जिम्मेवारी

    जापानका लागि नेपाली राजदूतको कूर्सी अहिले खाली छ । आफ्नो चार वर्षे कार्यकाल पुरा गरी डा. मदनकुमार भट्टराई स्वदेश फर्किसकेका छन् । हरेक हिसाबले नेपालका लागि जापान जस्तो महत्वपूर्ण सहयोगी राष्ट्रमा नेपाली राजदूत लामो समयसम्म रिक्त रहनु कुनै पनि दृष्टिकोणले उपयुक्त मान्न सकिदैंन । निवर्तमान राजदूत डा. भट्टराईको कार्यकाल २०१५ को डिसेम्बर महिनामा समाप्त हुने बारेमा परराष्ट्र मन्त्रालय अवश्य अनभिज्ञ थिएनहोला । यद्यपि अर्को नयाँ राजदूतको समयमै नियुक्तिबारे समयमै गृहकाय हुन नसक्नु विडम्बनाको कुरो हो । ...
  • महाभूकम्प : चुनौती र अवसर

    २०७२ सालको शुरुवातमै नेपालले महाभूकम्पको सामना गर्दै ठूलो जनधनको क्षति व्यहोर्नुपर्‍यो । बैशाख १२ गते शनिवार दिउसो गोर्खाको बारपाक केन्द्रबिन्दु रहेको महाभूकम्प र त्यसको भोलिपल्ट दिउसो सिन्धुपाल्चोक केन्द्र रहेको दोस्रो ठूलो कम्पनले सिंगै देश हल्लायो भने करिब २० जिल्लामा नराम्रो असर पारेको छ । अहिलेको नेपाली समाजले भोगेको यो नै सबैभन्दा ठूलो प्राकृतिक प्रकोप हुन पुगेको छ भने मृतकको संख्या र व्यक्ति व्यक्तिका घर, गोठ, चौपाया, पंक्षी, बालीनाली लगायतका अन्य धनसम्पत्तिको क्षतिको विवरण आउन खोजी गरे ...
  • सन्दर्भ लोकतन्त्र दिवसको

    बिशेष सम्पादकीय दिवस नै दिवस भएको नेपालमा अहिलेसम्म मुख्य राष्ट्रिय दिवसको घोषणा हुन सकेको छैन । फागुन ७ मा प्रजातन्त्र दिवस, बैशाख ११ मा लोकतन्त्र दिवस, जेठ १५ मा गणतन्त्र दिवस जस्ता उस्तै प्रकृतिका दिवसको सूची लम्बिदो छ । संबिधान निर्माण भई घोषणा हुने दिनलाई संभवत सरकारले संबिधान दिवस घोषणा गर्ने नै छ । तर नेपालको राष्ट्रिय दिवसचाँही अहिलेसम्म घोषणा हुन नसक्दा मुलुकले अन्तर्राष्ट्रिय प्रचलन र मान्यता बमोजिम आफुलाई उभ्याउन सकेको छैन । माथिका सबै दिवसलाई मिलाएर कुनै एक दिनलाई राष्ट्रिय दिवस ...
  • विमानस्थल अवरुध्दको घटनाबाट सिक्नुपर्ने पाठ

    नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको र्टर्किस एयरको विमान दुर्घटनाले नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रको नाजुक अवस्था प्रष्टसंग उजागर गराइदिएको छ । त्यसैपनि काठमाडौंको भौगोलिक अवस्था, मौसमी प्रभाव र विमानस्थलको आकार लगायतका भौतिक स्थितिले त्रिभुवन विमानस्थल संसारकै असुरक्षित अर्थात खतरा विमानस्थलहरुको सूचीमा छ । भौगोलिक अवस्था परिवर्तन गर्न सकिने कुरा नभएकाले जे छ त्यसैलाई ग्रहण गर्नुको विकल्प छैन तर सुधार गर्न सकिने कुराहरु के के छन् र राज्यका तर्फबाट नगरी नहुने क...
  • एमआरपी लिन महिनौं कुर्नुपर्ने कहिलेसम्म ?

    आफ़्ना नागरिकलाई रोजगारीको प्रत्याभूति दिएर जिविकोपार्जनको व्यवस्था मिलाउनु राज्यको दायित्वभित्र पर्दछ । यस्ता कुराको चांजोपांजो मिलाउने काम राज्यका सञ्चालकहरुको हो । यसमा पटकपटक परिवर्तन भइरहने सरकार मात्रै नभएर प्रशासनको जिम्मेवारी लिएर बस्ने स्थायी निकाय कर्मचारीतन्त्र पनि पर्दछ । तर हाम्रो देश नेपालमा बेरोजगारहरुलाई रोजगारीको व्यवस्था गर्नु त परै जावस् आफ़्नै बलबुताले बैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई यात्राका लागि अनिवार्य आवश्यक पर्ने परिचय पत्र राहदानी समेत सहज रुपमा उपलब्ध हुन सकिरहेको...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित