हाम्रो विचार

  • जापानको नेपाली समाज

    पछिल्ला केही वर्षयता जापानमा नेपालीहरुको संख्यामा आएको बढोत्तरीसंगै नेपाली समाजको दायरा पनि फराकिलो बन्दै गएको छ । आधा लाख भन्दा बढि जनसंख्या रहेको जापानको नेपाली समाजलाई दिशा निर्देश गर्ने, अनुगमन तथा पर्यवेक्षण गर्ने र एउटा निश्चित दायराभित्र नियमन गर्ने कुनै निकाय वा संयन्त्र छैन । नेपालीहरुको संख्यामा आएको बृध्दीदरलाई हेर्दा अबको एकाध वर्षमै लाख पुग्ने देखिन्छ । बढ्दो नेपालीहरुको संख्यासंगै समस्याहरु पनि त्यसरी नै बढिरहेका छन् । जापानको वर्तमान नेपाली समाजलाई केही वर्ष अगाडिसंग तुलना गर्द...
  • शालिनताको खाँचो

    नेपालमा जस्तै साना ठूला चुनाव अरु मुलुकमा पनि हुन्छन् तर चुनाव अघि र चुनाव पछि नेपाली समाजमा जस्तो भड्कीला प्रदर्शन हुने गरेको अन्त कमै देखिन्छन् । अन्त टाढा किन जानुपर्‍यो र हामी बसेको जापानमा हालैमा भएको आम निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को गठबन्धनले दुईतिहाई बहुमत हासिल गरी नयाँ जनादेश प्राप्त गर्न सफल भएको छ । जसले गर्दा प्रधानमन्त्री सिञ्जो आबेको लोकप्रियता थप चुलिएको छ भने दोस्रो बिष्वयुध्दयता जापानको इतिहासमा उनी सबैभन्दा लामो समय सत्तामा टिक्न सफल र शक्तिशाली प्र...
  • शरणार्थी समस्या नेपालमा पनि

    कुनै पनि देशको सरकारले आफ्नो देशका नागरिकका लागि आधारभूत मानवअधिकार सुरक्षाको प्रत्याभूति गर्नुपर्छ । जब सरकार आफ्ना नागरिकको आधारभूत मानवअधिकार तथा सुरक्षाको प्रत्याभूति गर्न सक्दैन वा चाहँदैन त्यस्तो अवस्थामा त्यस देशका नागरिक अन्यत्र शरणार्थी बन्न पुग्छन् । शरणार्थी समस्या व्यक्तिको सुरक्षा तथा आधारभूत मानव स्वतन्त्रतासंग सम्बन्धित छ । आफ्नो जीवनको सुरक्षा र स्वतन्त्रताको संरक्षणका लागि आफ्नो देश छोड्नुबाहेक अर्को विकल्प नरहेको अवस्थामा मानिसहरू शरणार्थी बन्न पुग्छन् । बढ्दो शरणार्थी समस्य...
  • तरंग वाम ध्रुवीकरणको

    नेपाली कम्युनिष्टहरु फुट्न मात्र जानेका छन् भन्ने अमिट छाप परेको अन्तर्राष्ट्रिय समुदायमा वाम ध्रुबीकरणको अप्रत्याशित घोषणाले नेपाली राजनीतिमा मात्र नभएर बिश्व समुदायमै नयाँ तरंग पैदा गरेको छ । संगसंगै यसले मुलुकलाई सही दिशातर्फ लैजानेमा आशाको सञ्चार पनि गरेको छ भने अर्कोतर्फ विभिन्न खालका टिका टिप्पणी पनि सुरु भएका छन् । ’खरानीभन्दा जोगी धेरै’ भनिएझैं नेपाल जस्तो सानो मुलुकमा करिव सयको हाराहारीमा रहेका राजनीतिक पार्टीलाई संबिधानतः ब्यवस्थित गर्न थ्रेसहोल्डको प्रावधान राखिएको छ । जति धेरै पार...
  • शुभकामना बडा दसैंको

    नेपालीहरुको महान चाड बडा दसैं घरघरमा भित्रिईसकेको छ । नवदूर्गा भवानीको विशेष पूजाआजा र उपासना गरेर हिन्दु धर्मावलम्बीहरुले दसैंलाई घर घरमा भित्र्याईसकेका छन् । घटस्थापनाको दिन जमरा राखेदेखि दसैंको उमंग सुरु हुने यस पर्वमा नौ दिनसम्म नवदूर्गाको पूजा, उपासना गरेर दशौं दिन मान्यजनको हातबाट टीका लगाएपछि दसैं औपचारिक रुपमा समापन हुने गर्दछ । हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड भएकाले पनि यो धर्म मान्नेहरुको बाहुल्यता रहेको नेपालमा यसलाई बिशेष रुपमा मनाउने गरिन्छ । तथापि नेपालमा अहिले दसैं सबैको...
  • स्थानीय सरकारको प्रत्याभूति

    ढिलै भए पनि मुलुकले संविधान कार्यान्वयनको एउटा दिशा समातेको छ । जसअनुसार संविधानले परिकल्पना गरेको सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने उदघोषकासाथ पाँच नंबर प्रदेश बाहेक सबै ठाउँमा स्थानीय सरकार गठन भईसकेका छन् । यद्यपि यसका अधिकार क्षेत्रका बारेमा स्पष्ट कानुन बन्न नसक्दा निर्वाचित प्रतिनिधिहरु अलमलमा छन् भने जनताहरुले स्थानीय सरकारको प्रत्याभूति गर्न सकेका छैनन् । स्पष्ट कानुनसहित जिल्ला तहका प्रशासकीय भूमिका र त्यहाँ रहने अधिकारीहरुको मानसिकतामा परिवर्तन ल्याउन सकिएन भने नागरिकले सिंहदरबा...
  • इ भोटिङको नयाँ प्रयोग

    एनआरएन जापानको इतिहासमा पहिलोचोटी इ भोटिङ प्रणालीबाट निर्वाचन सम्पन्न भएको छ । समयको माग अनुसार नेपाली समाजलाई सूचना र प्रविधिमा अभ्यस्त बनाउनेतिर प्रयासको थालनी गरिनु आफैमा सह्रानीय कार्य हो । ढिलोचाँडो डिजिटल प्रविधिमा नगएसम्म हाम्रा सामाजिक गतिबिधिहरु स्मार्ट हुनै सक्दैनन् । पुरातनबादी सोचबाट ग्रसित हाम्रो नेपाली समाजमा पहिलोचोटी नयाँ प्रबिधिको प्रयोग आफैमा चुनौती र जोखिम दूवै हो । यसलाई सरलीकृत र अभ्यस्त हुन केही समय लाग्न सक्छ । सामाजिक सञ्जालको दुनियाँमा मात्र चकचक गर्न रमाउने हाम्रो समाज...
  • देउवा सरकारका चुनौती र अवसर

    नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा २०६३ को आमूल परिवर्तन पछि दसौं प्रधानमन्त्रीको रुपमा बालुवाटार प्रवेश गर्नुभएको छ । १२ वर्ष पछि चौथोपटक मुलुकको कार्यकारी प्रमुख बन्ने अवसर पाउनुभएका प्रधानमन्त्री देउवासामु चुनौतीका चाङ् मात्रै छैनन् अवसरहरु पनि उत्तिकै छन् । संबिधान संशोधन बिना यसपछिका निर्वाचनमा भाग नलिने अडानमा रहेको राष्ट्रिय जनता पार्टीलाई चित्त बुझाउनुपर्ने दायित्व एकातिर छ भने अर्कोतिर संबिधान संशोधनका लागि आवश्यक पर्ने दुईतिहाई बहुमत प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सहयोग बिना स...
  • स्थायित्वको जग : स्थानीय निर्वाचन

    खेतीकिसानी गरी खानेहरुको बाहुल्यता रहेको हाम्रो देशमा असारे चटारोको बेला स्थानीय निर्वाचन भाग दुईको आयोजना गरिएको छ । प्रदेश नं ३, ४ र ६ मा भएको भाग एक निर्वाचनको भरतपुर महानगरपालिका बाहेक अन्यत्रको नतिजा आईसकेको छ । पहिलो चरणको निर्वाचनमार्फत नेपाली जनताले दलहरुलाई स्पष्ट सन्देश सहितको अभिमत जाहेर गरिसकेका छन् । उक्त नतिजालाई हेदा पार्टीको मूल्य, मान्यता, विचार, सिद्धान्त र एजेण्डा अनुरूप मतदाताहरुले मत हालेको खासै पाईएन । क्षणिक लाभ र साबिकको सम्बन्ध टुट्न नदिनका लागि चाहेर होस् या नचाहेर पुरा...
  • स्थानीय तहको निर्वाचनः संघीयता कार्यान्वयनको कोसेढुङ्गा

    नेपालको संघीय गणतान्त्रिक यात्रा कार्यान्वयनको दिशामा गएको छ । गाउँपालिका तथा नगरपालिकाहरूको गठन र स्थानीय निकायको चुनाव संघीयता कार्यान्वयनको कोसेढुङ्गाका रूपमा रहेका छन् । लामो समयदेखि केन्द्रीय तथा एकात्मक राज्य व्यवस्थामा अभ्यस्त संरचना र संस्कारले एकैपटक संघीय प्रणालीलाई सहजै आत्मसात् गर्न कठिनाइ पर्छ नै । तर नवगठित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पदस्थापन गरिसकेपछि आम नागरिकका लागि सेवाप्रवाह, विकास निर्माण, सामाजिक तथा भौतिक सुरक्षा र राजस्व व्यवस्थापनमा कुनै ढिलासुस्ती वा शिथिल...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित