प्रवास

  • टर्किस एयरको कार्गो जहाज दुर्घटना, कम्तीमा १६ को मृत्यु

    काठमाडौं – टर्किस एयरलायन्सको कार्गो जहाज दुर्घटना भएको छ । सोमबार बिहान हङकङबाट बिस्केसका लागि उडेको एयरलायन्सको बोइङ ७४७ जहाज किर्गिजस्तानको मानास विमानस्थल नजिकै दुर्घटनामा परेको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । जहाजका पाइलट र दुर्घटनास्थल आसपास घर भएका १५ स्थानीयको शव फेला परेको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
  • ब्राजिलको एक जेलमा कैदीबन्दीबिच झडप हुँदा १० जनाको मृत्यु

    ब्राजिल – ब्राजिलको एक जेलमा कैदीबन्दीबिच झडप हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ । ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज जेलमा कैदीबन्दीबिच झडप भएको हो । जेलमा रहेका कैदीका दुई समूहबिच झडप भएको प्रहरीले जनाएको छ । यो वर्ष लागेपछि ब्राजिलको जेलमा भएको यो तेस्रो झडप हो । जनवरीको सुरुमा एमाजोनास र रोराईमा राज्यका जेलमा भएको झडपमा परि एक सय जनाको ज्यान गएको थियो । एलकाकुज जेलबाट विस्फोट तथा गोली हानाहानको आवाज सुनिएको बिबिसीले जनाएको छ । जेलमा अहिले कैदीबन्दी...
  • पटनामा डुंगा डुब्दा कम्तीमा २१ जनाको मृत्यु

    काठमाडौं – भारत बिहारको राजधानी पटनामा डुंगा डुब्दा कम्तिमा २१ जनाको ज्यान गएको छ । सबलपुर दियाराबाट पटना घाट जाँदै गरेको डुंगा शनिबार बेलुका गंगा नदीमा डुबेको पटनाका एसपी चन्दन कुशवाहाले जानकारी दिनुभएको छ ।  क्षमता भन्दा बढी यात्रु रहेकाले डुंगा डुबेको प्रहरीले जनाएको छ । घटनामा १० जनालाई सुरक्षित निकालिएको छ । डुंगामा ४० जना रहेको अनुमान छ । बिहारका मुख्य मन्त्री नीतिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । बेपत्ताको खोजी तथा घाइतेको उपचार र राहत कार्यलाई तीब्र बनाउन उहाँले निर्देश...
  • इक्वाडोरमा सडक दुर्घटना, कम्तीमा १९ को मृत्यु

    क्वेइटो – दक्षिणपश्चिम इक्वाडोरमा एक विद्यालयको सवारी साधन र अर्को एक बस एकापसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १७ जना घाइते भएका राष्ट्रिय सुरक्षा सेवाले शनिबार जानकारी दिएको छ । शुक्रबार साँझ भएको यस दुर्घटनाका क्रममा विद्यालयको सवारी साधन भने आफ्नो मार्गअनुसार नचलाएको र यसमा कुनै यात्रु पनि नरहेका बताइएको छ । तर दुर्घटना भएको बसमा के कति व्यक्ति सवार रहेका थिए राष्ट्रिय सुरक्षा सेवाले कुनै प्रष्ट गरेको छैन । सो दुर्घटना दक्षिण पश्चिमी तटीय सहर...
  • ट्रम्प भन्छन्,‘रुस र चीनसँग सहकार्य गर्न चाहन्छु’

    काठमाडौं – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुस तथा चीनसँग मिलेर काम गर्न चाहेको बताउनुभएको छ । राष्ट्रपतीय चुनावमा भएको ह्याकिङको विषयलाई लिएर रुसमाथि लगाइएको प्रतिबन्ध तत्कालका लागि जारी रहेने तर केही समयपछि भने त्यो हट्ने ट्रम्पले बताउनुभएको छ ।  सिनेटको कमिटिले अमेरिकी चुनावमा रुसी साइबर आक्रमणबारे छानबिन गरिहेको छ । यही बेला ट्रम्पको यस्तो भनाई आएको हो । वाल स्ट्रिट जर्नलसँग राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आफू रुस र चीनसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभएको हो । ...
  • अस्पतालबाट चोरिएकी एक बालिका १८ वर्षपछि जीवित फेला

    काठमाडौं – अमेरिकामा जन्मनासाथ अस्पतालबाट चोरिएकी एक बालिका १८ वर्षपछि जीवित भेटिएकी छन् । सन् १९९८ को जुलाइमा फ्लोरिडाको ज्याक्सनभिलामा रहेको अस्पतालबाट जन्मने बित्तिकै चोरिएकी कामिया मोब्ली १८ वर्षपछि जीवित भेटिएकी हुन् । मोब्लीलाई अस्पतालबाट चोर्ने ५१ वर्षकी ग्लोरिया विलियम्सलाई प्रहरीले साउथ क्यारोलिनाको वाल्टरबोरोबाट पक्राउ गरेको छ । मोब्लीले विलियम्सलाई नै आफ्नी आमा मान्दै आएकी थिइन् । विलियम्सले मोब्लीको नाम पनि परिवर्तन गरेकी थिइन् । डिएनए परीक्षणबाट मोब्लीको पहिचान गरिएको हो ।...
  • युरोपमा रहेका पर्यटन दूतहरुले गरे पर्यटन प्रवर्द्धनको सामूहिक सुरुवात

    नेदरल्यान्ड्स – युरोपमा रहेका नेपाल पर्यटन बोर्डका मानार्थ पर्यटन दूतहरुले नेपालमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउने र अर्थतंत्रलाई टेवा पुर्याउने बिषयमा सामूहिक प्रतिवद्धता जाहेर गरेका छन् । बेनेलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यमा नेदरल्यान्ड्सको उत्रेख्त शहरमा ११ जनवरी २०१७ को दिन संपन्न मानार्थ पर्यटन प्रतिनिधिहरूको यूरोप बैठकमा नेपालमा पर्यटन भित्र्याउन भएका विद्यमान नीति, ब्यबस्था र कार्यहरु र आगामी दिनमा युरोपमा रहेका प्रतिनिधिहरुले गर्नुपर्ने कार्य र खेल्...
  • सिरियाको राजधानी दमासकसमा भएको आत्मघाती आक्रमणमा ७ जनाको ज्यान गयो

    दमासकस – सिरियाको राजधानी दमासकसमा भएको आत्मघाती  कम्तिमा पनि ७ जनाको ज्यान गएको छ । केही व्यक्ति घाइते भएका छन् । दमासकसको दक्षिणी क्षेत्रमा पर्ने कार्फ सौसामा आक्रमण भएको हो । त्यहाँ केही मन्त्री र उच्च सरकारी अधिकारीको बसोबास रहेको बिबिसीले जनाएको छ । तर समाचार संस्था एएफपिका अनुसार ति अधिकारीको बसोबास क्षेत्रभन्दा केही पर उच्च सुरक्षा रहेको ठाउँमा आक्रमण भएको हो । आक्रमणमा परि घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या बढ्ने मानवअधिकारवादी संस्था सिरियन अवजरभेटरी फर...
  • बिदाई मन्तव्यमा भावुक बने ओबामा, पत्नीलाई धन्यवाद दिँदा रोकिएनन् आँशु (भिडियोसहित)

    अमेरिका – अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो बिदाई मन्त्वयका क्रममा निकै भावुक देखिए । बुधबार सिकागोमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओवामाले पत्नी मिसेललाई धन्यवाद दिँदै गर्दा उनले आँशु रोक्न सकेनन् । ‘मिसेल लभन रबिन्सन, दक्षिणतिरकी केटी, पछिल्ला २५ वर्षदेखि, तिमी मेरो पत्नीमात्र होइन, मेरो छोरीहरुको आमामात्र होइन, मेरो सबैभन्दा असल मित्र रहँदै आएकी छौँ’ ओबामाले भने, ‘तिमीले म सँग नमागेको जिम्मेवारी सम्हाल्नुपर्यो, तर त्यसलाई तिमीले कुशलतापूर्वक पूरा गर्यौँ ।’ यति भनिरहँदा ओबामाले आँशु था...
  • काबुल बम आक्रमणमा ५१ जनाको मृत्यु, युएईका राजदूतसमेत घाइते

    काबुल - अफगानिस्तानको राजधानी काबुलसहितका विभिन्न स्थानमा गराइएको श्रृंखलावद्ध बम आक्रमणमा ५१ जना मारिएका छन् । काबुलस्थित संसद भवननजिक दुईवटा बम विस्फोट गराइँदा ३० जनाभन्दा धेरै मारिएका छन् । घटनामा कम्तिमा ८० जना घाइते भएका छन् । यस्तै कान्दाहारको गभर्नर्स गेष्टहाउसमा गराइएको विस्फोटमा ११ जना मारिएका छन् भने १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । घाइते हुनेमा अफगानिस्तानका लागि युएईका राजदूत पनि छन् । त्यसअघि हेल्मन्ड प्रान्तमा एक तालिबानी आक्रमणकारीले आत्मघाती बम विस्फोट गराउँद...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित