प्रवास

  • आज ब्रुनाईमा उधौली मनाईदैं

    ब्रुनाई । आज ब्रुनाईमा किरात लिम्बुहरुको मुख्य चाड उधौली मनाईदैं छ । उधौलीमा ब्रुनाईभरि छरिएर रहेका लिम्बु तथा ज्वाई कुलकुटम्बहरुलाई खुल्ला निमन्त्रणा गरिएको छ । जिआरयु सुंघाइअकार क्याम्प भित्र सम्पन्न हुन गईरहेको उक्त चासोक तङनाम साँझ ६ बजे शुरु भई मध्यरातसम्म चल्नेछ । उक्त चाडको लागि च्याब्रुङ झण्डै एक दर्जन ब्रुनाईमै निर्माण गरिएको छ भने युवायुवतीहरुले अभ्यास गरिरहेका छन् । लिम्बु खानाहरु बनाई कुटुम्बेरीहरुलाई ख्वाउने पनि प्रचलन रहेको छ । धाननाच, च्याब्रुङनाच, हाक्पारे र न्वागी पुजा आदी...
  • अमेरिकाले बल्ल भन्यो– ‘नेपाल अब सुरक्षित’

    वासिङ्गटन– अमेरिकाले आफ्ना नागरिकलाई विगतमा नेपाल भ्रमण नगर्न भनी जारी गरेको चेतावनीको सूचना मङ्गलबार खारेज गरेको छ । नेपालमा भ्रमण एक वर्षयतादेखि सुरक्षाको अवस्थामा राम्रो सुधार आएको र राजनीतिक हिंसाका रुपमा सडक आन्दोलनको अवस्था पनि रोकिएकोलेआफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्नु भनी जारी गरेको सूचना मङ्गलबारदेखि खारेज गरेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपालमा सडक आन्दोलनको अवस्था बढ्दो मात्रामा रहेको भन्दै गएको जनवरी महिनामा अमेरिकी नागरिकलाई नेपाल भ्रमण नगर्नु भनी सूचना जारी गरेको थियो । नेप...
  • डलर बढ्दाका डर

    चार महिना अघि प्रति एक अमेरिकी डलरको भाउ ७१ रुपियाँ हाराहारी थियो । यतिबेला त्यो भाउ क्रमशः बढ्दै ८४ रुपियाँ हाराहारी पुगिसकेको छ । नेपाली अर्थतन्त्रलाई यसबाट के कस्तो असर पर्छ भन्ने कुरामा अर्थशास्त्रीहरुको चासो र चिन्ता चुलिन थालेको छ । आयातमा निर्भर नेपाली अर्थतन्त्रका लागि अब प्रत्येक वस्तु तथा सेवाको आयातमा थप रुपियाँ तिर्नपर्ने भएको छ । हिजो एक डलरमा पाइने वस्तु तथा सेवाका लागि ७१ रुपियाँ तिरे पुग्थ्यो भने अब त्यसका लागि थप १३ रुपियाँ पनि तिर्न परेको छ । ठूलो बिदेशी ऋण भएको हाम्रो मुलुकले ...
  • समाजसेवी ई. चौधरीसँग जनजाति महासंघ कतारको भेटघाट कार्यक्रम

    दोहा - नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले आफ्नो स्थापनाकालदेखि दोस्रो कार्यकालको लगभग मध्यसम्म महासंघमा आवद्ध रहेर सक्रिय भुमिका निर्वाह गरिसक्नुभएका अग्रज ई. नारायण प्रसाद चौधरीसँग छोटो भेटघाट गर्‍यो । बिशेष गरी आफ्नो बिमा सम्बन्धी आवश्यक प्रकिया मिलाउन तथा आउँदो महिना २९ डिसेम्वरदेखि ७ जनवरीसम्म आयोजना गर्न लागिएको “सप्तरी महोत्सव २०६८” को प्रचारप्रसारको लागि गत नोभेम्वर ९ तारिखमा कतार आउनुभएका ई. चौधरी आफ्नो काम सकी २८ तारिखमा स्वदेश फर्किसक्नुभएको छ। गत नोभेम्वर २७ तारिखमा महा...
  • मलेसियामा सकियो एउटा सुन्दर सपना

    मलेसिया (क्वालालम्पुर)- आठ महिना अगाडि मलेसियामा ज्यान गुमाएका एक नेपालीको बल्ल दाहसंस्कार गरिएको छ । गौडा ९ लमजुङका मनिराज घलेको ज्यान गुमाएको आठ महिना पछि शुक्रबार मलेसियामै दाहसंस्कार गरिएको छ । चार वर्ष अगाडि पर्यटक भिषामा मलेसिया आएर अवैधानिक हिसाबले लुकेर सुरक्षा गार्डको काम गरिरहेका घले लामो समयदेखि आफन्तहरुसँग सम्पर्क विहिन हुनुभएको थियो । पछि कामदारहरुले उहाँ काम गर्ने स्थानमै झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । सेक्युरिटी कम्पनीमा अर्कैको पासपोर्टको फोटोकपि देखाएर काम गरिहरेका घल...
  • पेरिसमा नेपाल प्रबर्द्धन साँझ सम्पन्न (फोटोफिचर सहित)

    पेरिस – फ्रान्समा नेपाल प्रबर्द्धन गर्ने कार्यलाई जारी राख्दै तथा नेपाल पर्यटन वर्ष २०११ को उपलक्ष्यमा नेपाली राजदूतावास, पेरिस तथा नेपाल पर्यटन बोर्ड काठमाडौंको संयुक्त आयोजनामा शुक्रवार, १८ नोभेम्वर साँझ एक भव्य कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा मुख्य अतिथिको रुपमा फ्रान्सको परराष्ट्र तथा युरोपियन मामिला मन्त्रालयका एशिया विभागका प्रमुख Madame Veronique Roger-Lacan तथा परराष्ट्रका अन्य अधिकृतको समेत सहभागिता रहेको थियो । सो कार्यक्रमको उद्घाटन फ्रान्सका लागि नेपाली राजदूत महामहि...
  • बिट डायबेटिज वाल्कथन २०११ मा एनआरएनए एनसीसी यूएईको सहभागिता

    दुबई - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए एनसीसी) यूएईले बिट डायबेटिज वाल्कथन २०११ मा सहभागीता जनाएको छ । डायबेटिज अर्थात् मधुमेह रोगको बारेमा जनचेतना जगाउने उद्देश्यले ल्याण्डमार्क ग्रुपले हिजो शुक्रबार १८ नोभेम्बर २०११ का दिन आयोजना गरेको उक्त वाल्कथनमा करिब १२ हजार व्यक्तिले ३.१ किमी मार्च गरेका थिए । निःशुल्क डायबेटिज परिक्षणसँगै दुबईको ओआसिस सेन्टरबाट सुरु भएको उक्त वाल्कथनमा यूएईमा कार्यरत विभिन्न मुलुकका व्यक्तिहरूमाझ नेपालीहरूको पनि उपस्थिति रहेको थियो । यूएई...
  • केनेडीको मृत्युपछिको टेप फेला पर्‍यो

    वासिङटन- सन् १९६३ मा अमेरिकी राष्ट्रपति राष्ट्रपति जोन एफ केनेडीको हत्या भएपछि राष्ट्रपतिको विमान एयर फोर्स वनको श्रव्य टेप फेला परेको छ र यसलाई मङ्गलबार फिलाडेल्पिmयाको एक व्यापारीले बिक्रीका लागि राखिदिएका छन् । उक्त टेप दशकौँदेखि हराइरहेको विश्वास गरिएको थियो । त्यसमा राष्ट्रपति केनेडीको हत्यापछि तत्कालैको एयर फोर्स वन र हृवाइट हाउस तथा अन्य स्थानसँगको सम्पर्क तथा वार्ताको अंश रहेको छ । राब कलेक्सनले उक्त टेपको मूल्य पाँच लाख अमेरिकी डलर रहेको उल्लेख गरेको छ । राष्ट्रपति केनेडीको सन् १९६३ क...
  • सूचना सञ्चार र साहित्य क्षेत्रमा नौलो सूरुवात

    फ्लोरिडा - सूचना सञ्चार र साहित्य क्षेत्रमा संलग्न सम्पूर्ण वर्गका सर्जक र पारखीहरुलाई समेट्ने गरी हालै यहाँबाट ब्यावसायीकरुपमा दुई सामाजिक सञ्जालहरुको सुरुवात गरिएको छ । नेपाली व्यवसायी अभिज्ञा न्यौपाने (अबी न्यौपाने) प्रमुख रहनूभएको मीनी पेबल कर्पोरेशनद्वारा स्थापित योरनूक्स डटकम (YourNooks.com) र सोलनूक्स डटकम (SoulNooks.com) नामका यी दुई वेवसाइटहरुले सामाजिक तथा भाषीक क्षेत्रमा भिन्दाभिन्दै भूमिका निर्वाह गर्नेछन् । सोलनूक्स डटकम वेबसाइटको संचालनमा भने पहिल्यैनै साहित्यकार सुन्दर जोशीद्वारा ...
  • साहित्य महासंघद्धारा बुद्धको जन्मस्थल सच्चाउन सुझाव

    ब्रुनाई - विश्व नेपाली साहित्य महासङ्घ अन्तर्गत गठित नेपाल सम्बन्धि सूचना सुधार कार्यदलले बुद्धको जन्मस्थल सच्चाउन सुझाव पठाएको छ । कार्यदलका संयोजक तथा वेलायतको लागि नेपालको पूर्व राजदुत मुरारीराज शर्मा र कार्यदल सदस्य डा. गोविन्दराज भट्टराईद्धारा हस्ताक्षरित सुझाव पत्रमा अहिंसावादी भगवान बुद्ध लुम्बीनी नेपालमा जन्मिएको र विश्व सम्पदा सूचिमा रहेको तथ्यलाई आधार मान्नु आग्रह गर्दै गलत जानकारी अविलम्ब सच्चाउन आग्रह गरिएको छ । साहित्य महासङ्घ लगायत अन्य सुझावहरु र फेसबुकमा प्राप्त सुझावहरुको ...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित