प्रवास

  • हल्लाभन्दा पहिले श्रमअनुभब बांड्नुपर्छ- उप तथा परराष्ट्र मन्त्री श्रेष्ठ

    युएई - उपप्रधान तथा परराष्ट्रमन्त्रि नारायणकाजी श्रेष्ठले गैर आवासीय नेपाली समाजले नेपाललाई के के नै गर्ने भनेर हल्ला गर्नुभन्दा पनि प्रवासको श्रम र अनुभबलाई ­­­­बाड्न सुझाएका छन। एनआरअनको जलबिद्युतमा लगानी गर्न गरिएको प्रयासलाई हल्लाको उपमा दिदै मन्त्रि श्रेष्ठले नेपालमा तत्काल लगानी भन्दा पनि नेपाली जनतालाई बिदेशीभूमिमा आर्जन गरेको श्रम अनुभबलाई बांडेर लगानीको बाताबरण बनाएपछि मात्र लगानीको कुरा गर्न एनआरएनका युएई प्रतिनिधिलाई अनुरोध गरेका छन । नेपालमा लगानीको बाताबरण राम्रो भए पनि एनआरएनले ...
  • छुसकको अवसरमा कोरियामा नेवाभोज

    कोरिया - नेवाः पुचः दक्षिण कोरियाद्वारा मिति २०१२ सेप्टेम्बर ३० तारिखमा कोरियाको ठूलो चाड छुसकको अबसरमा गरिएको नेवाः भोज २०१२ भव्यताका साथ सम्पन्न भयो । करिब ७० जनाको उपस्थितिमा सम्पन्न भएको सो भोज कार्यक्रम नेवारी ड्रेस पहिरेका तिन महिला सदस्यद्वारा उदघाटन गरेर सुरु भएको थियो र सोहि कार्यक्रममा गुरुज्यु नबिन बज्राचार्य तथा यस संस्थाका संस्थापक अध्यक्ष मणिराज जोशीले संयुक्तरुपमा नेवाः पुचः को आपतकालिन राहत कोष तथा नेपाल सम्बत ११३३ उपलक्ष्यमा ख्यातिप्राप्त गायक दीपक बज्राचार्य लाईभ इन कन्सर्टक...
  • बेल्जियमको स्थानिय निर्वाचनमा नेपाली महिलाको उम्मेदवारी

    बेल्जियम- बेल्जियममा आगामी अक्टोबर १४ मा हुन गईरहेको स्थानिय निर्वाचनमा एकजना नेपाली महिलाले उम्मेदवारी दिएकी छिन् । यदाकदा मात्र सुनिने डायस्पोराको राजनीतिमा नेपाली सहभागिता त्यसमाथि पनि महिला उम्मेदवारीको बिषयले यसपटक निकै चर्चा पाएको छ । यसै सन्दर्भमा उम्मेदवार लिला शर्मा मानन्धरले प्रेषित गर्नुभएको आफ्नो चुनावी बिज्ञप्ती यसप्रकार छ । बेल्जियममा आगामी अक्टोबर १४ मा हुन लागेको स्थानिय निर्वाचनमा प्रजातान्त्रिक मुल्य र मान्यतामा आस्था राख्ने पार्टी CD&V पार्टीबाट मेरो उम्मेदवारी रहेको छ ...
  • मगर भाषा प्रशिक्षणसहित कतारमा मगर भेला सम्पन्न

    दोहा - कतारमा मगर भाषा सम्बन्धि प्रशिक्षणसहित मगर भेला हालै सम्पन्न भएको छ । नेपाल प्रवासी मगर संघ दोहा कतारको आयोजनामा भएको सो भेलामा मगर भाषा लिपी र मगर ढुटको प्रशिक्षण दिईएको थियो । संघका अध्यक्ष भीमबहादुर तरामु मगरको अध्यक्षता र संघका केन्द्रिय समितिका प्रमुख सल्लाहकार देवबहादुर रानामगरको प्रमुख आतिथ्यता भएको सो भेला र भेला पश्चातको प्रशिक्षणमा उत्साहजनक मगर समुदायको सहभागिता रहेको थियो । संघका अध्यक्ष भीम तरामु मगर र अस्मित बुढामगरले प्रक्षिक्षकको भूमिका निर्बाह गर्नुभएको थियो भने बोर...
  • अर्जुन दाहालको नेतृत्व चयन गर्दै पत्रकार महासंघ युएईको तेस्रो अधिबेशन सम्पन्न

    युएई -  नेपाल पत्रकार महासंघ युएई शाखाको सेप्टेम्बर २८ मा भएको तेस्रो अधिबेशनबाट अर्जुन दाहालको अध्यक्षतामा नयां कार्य समिति गठन भएको छ । दुबईको एभरेस्ट इन्टरनेशनल होटलमा नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि खेमनाथ पौडेलको उपस्तिथिमा सम्पन्न अधिबेशनले आगामी दुई बर्षका लागि ११ सदस्यीय समिति निर्माण गरेको हो । नव गठित समितिमा उपाध्यक्ष भूपराज बस्याल, सचिब निमेष गिरि, सहसचिब त्रिलोचन कोइराला, कोषाध्यक्ष एकेन्द्र थापा रहेका छन । यसैगरी सदस्यहरुमा निमाकान्त पाण्डे, गीतामणी पान्डे, हरि नेप...
  • भूकम्प इन्जिनियरिङ बिश्व सम्मेलन पोर्चुगलमा प्रारम्भ – नेपालबाट १५ को सहभागिता

    लिस्बन- बिश्व भूकम्प इन्जिनियरिङ संगठन (IAEE) को आयोजना र पोर्चुगल भूकम्प इन्जिनियरिङ समाजको संयोजनमा पोर्चुगलको राजधानी लिस्बनमा यहि सेप्टेम्बर २४ देखि ५ दिने भूकम्प इन्जिनियरिङ सम्बन्धि १५ औं बिश्व सम्मेलन प्रारम्भ भएको छ। भूकम्प सम्बन्धि अनुसन्धाता, इन्जिनियर, प्राबिधिक, बिशेषज्ञ तथा सरोकारवालाहरुको बृहत् भेला गराई अनुभबको आदानप्रदान गराउन, भूकम्प सम्बन्धि नयाँ अनुसन्धानका नतिजाहरु प्रस्तुत गर्न तथा भूकम्पीय क्षति न्युनीकरण र समस्या समाधानका बिषयहरुमा गहन छलफल गर्न प्रत्येक ४ बर्षमा IAEE ल...
  • साउदीमा बैदेशिक रोजगार सम्बन्धी अन्तर्क्रिया

    रियाद - हिजो २५ सेप्टेम्बर २०१२  मंगलवार साँझ नेपाली दूताबास, रियादको आयोजनामा दूताबास कै कार्यालय परिसरमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना भयो । उक्त आयोजनामा बैदेशिक रोजगार सम्बन्धी अध्ययन गर्न नेपालदेखि आउनुभएका बैदेशिक रोजगार बिभागका महानिर्देशक श्री पुर्णचन्द्र भट्टराई लगायत श्रम तथा परराष्ट्र मन्त्रालयका केही उच्च पदस्थ ब्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो । साउदी अरेबियाको बैदेशिक रोजगारमा देखिएको केही अब्यबस्थित प्रक्रियाहरूलाई बुझ्न र साउदी सरकारसँग यो बिषयमा गम्भीररुपले छलफल गर...
  • मिलन लामालाई युएईमा सम्मान

    युएई - शुक्रबार २१ सेप्टेम्बरका दिन बर दुबईको याक एन्ड यती रेस्टुरेन्टमा आयोजित चियापान तथा सम्मान कार्यक्रम बिच नेपालबाट आउनुभएका ख्यातीप्राप्त गायक मिलन लामालाई सम्मान गरियो । केहि दिन पहिले युएई आउनुभएकी नायिका पुजन प्रधान, मोडल आशिस पुरुष, स्थानीय कलाकार रेखा घिमिरेको पनि उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली कल्याणकारी समितिकी अध्यक्ष ममता बिष्टले नेपाली कला, संस्कृति र भाषालाई बिदेशसम्म पुराइ प्रबासमा पनि नेपालीहरुको कार्यक्रममा सहभागी जनाउनुभएकोमा धरै धरै धन्यबाद प्रकट गर्नुभएको...
  • दुबईमा पत्रकारिता तालिम

    दुबई- वैदेशिक रोजगारीका सिलसिलामा युएइस्थित कार्यरत सञ्चारकर्मीहरुले युएइमा भएको घटना र प्रवासी नेपालीहरुको गतिविधिहरुलाई विभिन्न अनलाईन तथा प्रिन्ट मिडियाहरुमा समाचारहरु सम्प्रेषण गर्दै आएको क्रममा समाचारको भाषालाई अझै शुद्ध र सरल तरिकाले बनाउने सम्बन्धमा गत २१ सेप्टेम्बर शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा नेपाल पत्रकार महासंघ युएइ शाखाले भाषा सम्बन्धी पत्रकारिता तालिम कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा नेपालबाट आउनुभएका कान्तिपुर दैनिकका चिफ न्यूज डेस्क अखण्ड भण्डारीले तालिम दिनुभएको थ...
  • दुबईमा पनि तीज मनाइयो (फ़ोटोफ़िचरसहित)

    दुबाई - बर दुवईको इम्पेरियल स्विट होटलमा १४ सेप्टेम्वर २०१२ का दिन दर्शकले खचाखच भरिएको हलमा दिलशोभा श्रेष्ठको श्रव्य दृश्यले उपस्थित दर्शकहरुको मनलाई छुन सफल भएको थियो । श्रव्य दृश्यको प्रदर्शनको समाप्ति संगै कार्यक्रमकी साँस्कृतिक संयोजक एवं गायिका रेखा घिमीरेले सत्कर्म गरौ, सदभाव राखौ, सेवा नै धर्म हो, एकवारको चोला वितेर जान्छ यहि हाम्रो कर्म हो वोलको गितको प्रस्तुतिले उपस्थित सवैलाई स्तब्ध वनाउन सफल भएकी थिईन् । स्तव्ध भएको दर्शकलाई तताउन सायद तिम्रो वाटोमा मेरो पाईला नहोला भन्दै कर्मर मर्का...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित