प्रवास

  • प्रधानमन्त्री प्रचण्ड र चीनका उपप्रधानमन्त्रीबीच के कुरा भयो ?

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा आज छलफल भएको छ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन आज हाइनान प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री दाहालले चीनका उपप्रधानमन्त्री झाङसँग भएका शिष्टाचार भेटका अवसरमा द्विपक्षीय एवम् क्षेत्रीय विकासलाई ध्यान दिएर चीनले अगाडि बढाउँदै आएको ‘एक क्षे...
  • प्रधानसेनापति क्षत्री र चिनियाँ रक्षामन्त्री जनरल चाङबीच भेटवार्ता

    काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जङ्गीअड्डामा आज भेटवार्ता भएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जनरल चाङ र प्रधानसेनापति क्षत्रीबीच भएको भेटवार्ता दुवै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो । सो अवसरमा उहाँहरुबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रक्षामन्त्...
  • भूमध्य सागरमा दुईसय भन्दा धेरै आप्रवासी डुबेको आशंका

    काठमाडौं  – भूमध्य सागरमा दुईसय भन्दा धेरै आप्रवासी डुबेको आशंका गरिएको छ । दुईवटा डुंगामार्फत युरोप जाँदै गरेका आप्रवपासी लिबियाको टापुमा डुबेका हुन सक्ने आशंका गरिएको बिबिसीले जनाएको छ । डुबेकामध्ये पाँच जनाको शव फेला परेको स्पेनको सहायता संस्थाले जनाएको छ । संस्थाले डुंगा डुब्दा दुई सय ४० जनाको ज्यान गएको हुन सक्ने आशंका गरेको छ ।  इटालीका कोस्ट गार्डले पनि पाँच जनाको ज्यान गएको  पुष्टि गरेका छन् । युरोप प्रवेश गर्ने क्रममा गएको वर्ष डुंगा डुब्दा पाँच हजार जना आप्रवासीको ज्यान गएको ...
  • लन्डन आक्रमणकारीको पहिचान, शंकास्पद ८ जना पक्राउ

    लन्डन – बेलायतको प्रहरीले लन्डनमा पाँच जना मारिने गरी भएको आतंककारी आक्रमणमा संलग्न मुख्य व्यक्ति खालिद मसुद भएको जनाएको छ । प्रहरीले घटनामा संलग्न व्यक्ति ५२ वर्षीय खालिद मसुद भएको जनाएको हो । उनी बेलायतको कैट काउन्टीमा जन्मिएर हाल वेस्ट मिडल्यान्डस्मा बस्दै आएको प्रहरीले दाबी गरेको छ । यसैबीच बेलायती सुरक्षा बलले बर्मिङ्घम शहरमा छापा मारेर घटनामा संलग्न रहेको आशंकामा आठ जनालाई पक्राउ गरेको छ । वेष्टमिनिस्टरस्थित संसद् भवननजिकै बुधबार गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँच जनाको मृत...
  • रसियाली पूर्वसांसदलाई गोली हानी हत्या

    कीभ (युक्रेन) – रसियाली पूर्वसांसद डेनिस भोरोनेन्कोभको बिहीबार कीभमा गोली हानी हत्या गरिएको युक्रेनी प्रहरीले जनाएको छ । सन् २०१६ मा रसियाबाट युक्रेन पुग्नुभएका भोरोनेन्कोभ रसियाको ‘वान्टेड’ सूचीमा रहेका रसियाली पूर्व कम्युनिस्ट सदस्य हुनुहुन्थ्यो । कीभका प्रहरी प्रमुख एन्ड्रिय क्रिस्चेन्कोले एक युक्रेनी टेलिभिजनसँगको कुराकानीमा पूर्व रसियाली सांसदको मृत्यु भएको पुष्टि गर्नुभएको छ । मृतक रसियाली पूर्वसांसद रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ, उहाँले बता...
  • भारतीय ‘गुगल ब्वाइ’ले पशुपतिनाथको पूजा गरेपछि सभागृहमा प्रतिभा देखाउने

    काठमाडौं - अद्भूत क्षमताका धनी भारतमा गुगल ब्वाइ भनेर चिनिने कौटिल्य पंडित बिहीबार नेपाल आउने भएका छन् । हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो । उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् । कौटिल्य भर्खर नौ बर्षका भए । उनको स्मरणशक्ति बेजोडको छ । अरु बालकझैं खेल्ने उमेरका कौटिल्य भने विश्वमा आफ्नो अद्भूत क्षमताका कारण चर्चित छन् । उनलाई विश्वका अधिकांश कुराको ज्ञान छ । उनी आफ्नो देशको बारेमा, अन्तरिक्षको बारेमा र यस संसारमा भएका सबै चीजबारे जानकारी राख्छन्...
  • बेलायतको लण्डनमा आतंककारी आक्रमण, पाँच जनाको मृत्यु

    लण्डन – बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण भएको छ । वेष्टमिनिस्टरमा रहेको संसद भवन नजिक भएको आक्रमणमापरि प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको छ । ज्यान जानेमा एक महिलासहित तीन जना सर्वसाधारण छन् । यस्तै प्रहरीको गोली लागेर आक्रमणकारीको पनि ज्यान गएको बिबिसीले जनाएको छ । घटनामा कम्तिमा ४० जना घाइते भएका छन् । कारमा आएका आक्रमणकारीले वेष्टमिनिस्टर ब्रिजमा पैदलयात्रीलाई ठक्कर दिएको र त्यसपछि संसद भवन नजिक गएर त्यहाँ रहेका प्रहरी अधिकारीलाई चक्कले आक्रमण गरेको सरकारी अधिकारीले बताएका...
  • सबै प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

    काठमाडौ - व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले १२ देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइपछि आज अनुमोदन गरेको छ ।  सरकारले लक्की शेर्पा (अस्ट्रेलिया), निरञ्जनकुमार थापा (इजरायल), शर्मिला पराजुली (ओमान), रमेशप्रसाद कोइराला (कतार), अर्जनुजङ्गबहादुर सिंह (गणतन्त्र कोरिया), प्रतिभा राणा (जापान), युवनाथ लम्साल (डेनमार्क), चोपलाल भुसाल (बङ्गलादेश), पदम सुन्दास (बहराइन), भीमकृष्ण उदास (म्यान्मा), विश्वम्भर प्याकुरेल (श्रीलङ्का) र महेन्द्रप्रसादसिंह राजपुत (साउदी अरेबिया)लाई राजदूत...
  • ‘भारतले नेपालमा हस्तक्षेप गरे चीनले ‘प्रतिरोध गर्ने’

    काठमाडौं – चिनियाँ सरकारको मुखपत्र मानिएको ग्लोबल टाइम्सले भारतले दक्षिण एसियाली राष्ट्रहरुमा भारतले हस्तक्षेप जारी राखे चीनले त्यसको प्रतिवाद गर्ने बताएको छ । आज लेख प्रकाशित गर्दै ग्लोबल टाइम्सले भारत चीनको विकासको परियोजनाको हिस्सा हुनुपर्ने कुरा दोहोराएको छ, जसले वान बेल्ट वान रोड परियोनातर्फ संकेत गर्छ । आज प्रकाशित एक कार्टुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वान बेल्ट वान रोडको बसमा चढ्ने वा नचढ्ने भनेर दुविधामा रहिरहँदा बसका यात्राहरु भने हाँसिरहेको देखाइएको छ । विहारमा भएको अन्तर्...
  • उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई आइएसको धम्की

    काठमाडौं – भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले धम्की दिएको छ । बुधबार बिहान उत्तर प्रदेशको वाराणसीको मिर्जापुर बजार क्षेत्रमा आइएसले धम्कीपूर्ण पर्चा छरेको हो । सो पर्चामा मार्च २४ मा पूर्वाञ्चलमा विध्वंश मच्चाउने चेतावनी दिइएको भारतीय संचारमाध्यमले जनाएका छन् । योगी सरकारलाई पर्चामार्फत चुनौती दिदैं भनिएको छ, ‘सक्ने भए ध्वंशलाई बचाउ ।’ मिर्जापुर थानाका प्रहरीले उक्त पर्चाबारे अनुसन्धान थालेको बताइएको छ । भारतीय...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित