स्वास्थ्य

  • ‘स्क्रब टाइफस’को निःशुल्क परीक्षण सुरु

    चितवन – चितवनमा ‘स्क्रब टाइफस’ रोगको निःशुल्क परीक्षण सुरु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट चितवनको भरतपुर अस्पतालका लागि २०० वटा किट उपलब्ध भएकाले परीक्षण निःशुल्क गर्न थालिएको हो । “हामीले भरतपुर अस्पताललाई किट उपलब्ध गराइसकेका छौँ, जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले भन्नुभयो, अब सरकारी अस्पतालमा निःशुल्क परीक्षण हुन्छ ।” जिल्लामा पहिलोपटक यही वर्ष स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो । चितवन मेडिकल कलेजले सुरुमा निजी रुपमा करिब रु द...
  • गोरखाका स्वास्थ्यसंस्था अझै त्रिपालमै

    गोरखा –  भूकम्प गएको १६ महिना भइसक्दा पनि गोरखाका अधिकांश स्वास्थ्य संस्था भवन पुनःनिर्माण गरी सञ्चालनमा ल्याउन सकिएको छैन ।भूकम्पले भत्काएको ५४ वटा स्वास्थ्य संस्थाका भवनमध्ये अहिलेसम्म श्रीनाथकोट, गाँखु, शेरा र धारपानीको भवन मात्रै पुनःनिर्माण भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले भवन निर्माण गर्ने जिम्मा लिए पनि अहिलेसम्म काम सुरु नगर्दा त्रिपालबाटै बिरामीको उपचार गर्नुपरेको स्वास्थ्यकर्मीको गुनासो छ ।त्रिपालमुनिको स्वास्थ्य संस्थामा घाम लागेका बेला गर्मीले त्रिपालभित...
  • वीर अस्पताललाई जनताको अस्पताल बनाउनुपर्छ : स्वास्थ्यमन्त्री

    काठमाडौँ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने बताउनुभएको छ । अस्पतालको आज निरीक्षण गर्दै उहाँले अस्पताल सबै वर्गका जनताको भएकाले सहज रुपमा गुणस्तरीय सेवा पाउने वातावरण बनाइराख्नुपर्नेमा जोड दिनुभयो । अस्पतालका सबै कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थापाले भन्नुभयो – “सम्पूर्ण नेपाली नागरिकको राम्रो उपचार पाइने भरोसाको केन्द्र भएकाले यहाँबाट दिइने सेवा पनि जनतामैत्री हुनुपर्छ ।” मन्त्री थापाले सय दिनको कार्ययोजना र समाधानका उपायसहित एक हप्ताम...
  • भक्तपुरमा पनि भेटियो स्क्रब टाइफसका बिरामी

    भक्तपुर – भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ । भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा शम्भुदत्त जोशीले जानकारी दिनुभयो । मुसा वा छुचुन्द्रोमा हुने एक प्रकारको किरा ‘माइट’ले टोकेमा सर्ने यो रोग दोस्रो विश्व युद्धपछि फेरि देखापरेको उहाँले बताउनुभयो । मुसा मारेर आएको बिरालो समातेमा पनि यो किराको सङ्क्रमण हुन सक्ने बताउँदै उहाँले उपचारमा ढिलाइ गरे यसबाट ज्यानै जान सक्ने उल्लेख गर्नुभयो ।...
  • वालिङमा एआरभी वितरण केन्द्र

    वालिङ – एचआइभी संक्रमितको सुविधालाई मध्यनजर गर्दै स्याङ्जाको वालिङमा एआरभी वितरण केन्द्रको स्थापना गरिएको छ । जिल्ला सदरमुकाममा रहेको एआरभी केन्द्रबाट मात्रै दिइने सेवा प्रभावकारी नभएपछि वालिङमा पनि केन्द्रको स्थापना गरिएको हो । हाल जिल्लामा १८० जनाले एआरभी औषधि प्रयोग गर्दै आएका जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख डाक्टर भोजराज गौतमले बताउनुभयो । “जिल्लामा रहेको केन्द्रबाट मात्रै संक्रमितले सेवा प्राप्त गर्न कठिन भएकाले हामीले वालिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पनि केन्द्र स...
  • जोर्नी खिइने समस्या बढ्दै !

    काठमाडौँ – सन्तुलित खानेकुराको अभाव, शारीरिक कसरतको कमी, एकैपटक धेरै हिँडडुल गर्ने प्रवृत्ति, मोटोपना, शरीरमा आवश्यक क्याल्सियमको कमीका कारण मानिसमा जोर्नी खिइने समस्या बढेको पाइएको छ । सिभिल अस्पतालका सिनियर कन्सल्ट्यान्ट सर्जन तथा अर्थोपेडिक विभाग प्रमुख प्रा डा दीर्घराज आरसी भन्नुहुन्छ – “जोर्नीमा चोटपटक लागेर, सङ्क्रमण भएर पनि विस्तारै जोर्नी खिइँदै जान्छ भने जन्मजात जोर्नी बिग्रिएर पनि जोर्नी खिइने हुन्छ ।” उहाँका अनुसार यसलाई ‘प्राइमरी कम्प्लेक्समेन्ट’ भनिन्छ । शरीरको कुनै भित्री ...
  • जंगली च्याउ खाँदा तीन बिरामी

    मोरङ – मोरङको कोसी–हरैँचामा जङ्गली च्याउ खाँदा शनिवार साँझ एकै परिवारका तीनजना बिरामी परेका छन् । जङ्गलबाट टिपेर ल्याएको च्याउ साँझको खानामा पकाएर खाँदा कोसी–हरैँचा नगरपालिका–११ बस्ने ४० वर्षीय दशन खाँ, उनकी पत्नी उषादेवी खाँ र छोरी अन्जली खाँ बिरामी परेका हुन् । बिरामी परेका तीनै जनाको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइहेको छ ।
  • अनशनरत गङ्गामायाको अवस्था नाजुक, आइसीयुमा राखियो

    काठमाडौँ – अनशनरत गङ्गामाया अधिकारीको अवस्था नाजुक भएपछि उहाँलाई अहिले आइसीयुमा राखिएको छ । गत बिहीबारदेखि गङ्गामायाले स्लाइन र औषधि समेत नलिई आमरण अनशन सुरु गरेपछि उहाँको अवस्था नाजुक भएको हो । मानवअधिकारकर्मी इन्द्र अर्यालका अनुसार गङ्गामायालाई स्लाइन चढाउन खोज्दा उहाँको नाडीमा रगत ‘जाम’ भएपछि अहिले घाँटीबाट स्लाइन दिने तयारी भइरहेको छ । आइतबारदेखि मानवअधिकारकर्मीले सरकारलाई दबाब दिन ‘गङ्गामाया बचाऔँ’ अभियान सुरु गरेका छन् । सोहीअनुसार मानवअधिकारकर्मीले आज उहाँ अनशनरत वीर अस्पतालमा नै धर...
  • जापान सरकारको सहयोगमा बनेको स्वास्थ्य भवनको उद्घाटन

    काठमाडौँ – जापान सरकारको सहयोगमा बनेको सामुदायिक स्वास्थ्य सेवा परिषद् डल्लु आवासको परिसरमा बनेकोे भवनको उद्घाटन गरिएको छ ।  नेपाली काँग्रेसका सांसद नवीन्द्रराज जोशी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको हो । सांसद जोशीले विकासको सबै काम समुदायमा आधारित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विकासको जिम्मा समुदायले लिने हो भने त्यो विकास दीर्घकालीन हुनुका साथै प्रतिफल सकारात्मक हुन्छ ।’ राजदूत ओगावाले जापान सरकार नेपालको विकासमा सधैँ सहयोग गर्न तय...
  • झाडापखाला र आउँको औषधि अभाव

    काठमाडौं – सरकारले वितरण गर्ने निःशुल्क औषधिकै अभाव देखिन थालेको छ । झन्झटिलो खरिद प्रक्रियाकै कारण अभाव हुन थालेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ । झाडापखाला र आउँको समस्या धेरै देखिने वर्षाको यो बेला झन् औषधिकै अभाव देखिएको छ । महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीका अनुसार झाडापखाला र आउँ परेका बिरामीलाई दिइने मेट्रोनिडाजोल ट्याबलेटको अभाव भएको छ । मेट्रोनिडाजोलको भने अभाव हुँदा झाडापखालाको महामारी देखिए उपचारमा नै समस्या आउन सक्छ । यो औषधिसहित अभाव दे...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित