स्वास्थ्य

  • जोखिमपूर्ण शल्यक्रियाबाट दुई महिलाको ज्यान सुरक्षा

    पाँचथर – जिल्ला अस्पतालका चिकित्सकको टोलीले तीन दिनभित्र उच्च जोखिममा रहेका दुई गर्भवतीको सफल शल्यक्रिया गरेको छ । डा पवनकुमार साह नेतृत्वको टोलीले पाठेघरमा रहनुपर्ने गर्भ ट्युबमा रहेकी २२ वर्षीयासहित अत्याधिक रक्तश्राव हुनाका साथै भित्रै साल उप्किएकी ३६ वर्षीया अर्काे एक महिलालाई पुनर्जीवन दिएका हुन् । डा साहका अनुसार साविक पञ्चमी–१ गोपेटार घर भएकी २२ वर्षीया यशोदा राईको पाठेघरमा रहनुपर्ने गर्भ बाहिर बसेको थियो । दुई महिनाको गर्भ रहेकी उनी अत्यधिक पेट दुखेपछि गत वैशाख ३१ गते पाँचथर जिल्ल...
  • स्वास्थ्य कार्ड लिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुट

    काठमाडौं -चितवनको भरतपुरमा स्थापना भएको मनकामना अस्पतालले स्वास्थ्य कार्ड लिएका बिरामीलाई २० प्रतिशत छुटमा उपचार गर्ने भएको छ । नयाँ व्यवस्थापनसँगै सुविधायुक्त अस्पतालका रुपमा विकास गरिएको उक्त अस्पतालले पहिलो वार्षिकोत्सवका अवसरमा यस्तो घोषणा गरेको हो । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष प्रा डा अर्जुन श्रेष्ठले न्यून आय भएका बिरामीलाई सहज होस् भनेर यसरी छुटको व्यवस्था गरिएको जानकारी गराउनुभयो । अहिले अस्पतालले चौबीसै घन्टा आकस्मिक सेवासमेत दिइरहेको र वार्षिकोत्सवका अवसरमा ए...
  • महंगी नियन्त्रण गर्न सरकारले औषधी आफै किन्ने, आफै बेच्ने

    काठमाडौं – औषधीमा व्यापारिहरुले सयौं गुणा नाफा लिएको भेटिएपछि सरकारले औषधी आफै किनेर आफै बेच्ने भएको छ । विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिले दिएको सिफारिसका आधारमा यसरी औषधी बेच्दा ५० प्रतिशत सम्म सस्तो पर्न सक्ने देखिएको छ । सुझाव समितिले आत्मनिर्भर हुन सकिने औषधीहरुमा स्वदेशी उद्योगकै औषधी प्रयोग...
  • स्वास्थ्य मन्त्री थापाको नर्सलाई सुझावः उचित पारिश्रमिक माग्नुस्

    काठमाडौं - स्वास्थ्य मन्त्री गगन थापाले विना तलव स्वयंसेवी नर्स राख्ने अस्पतालहरुलाई कडा कारवाही गर्ने चेतावनी दिनु भएको छ ।  अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा सो चेतावनी दिनु भएको हो । मन्त्रालयले नर्सहरुको अवस्थाबारे अध्ययन गर्न नर्सिङ काउन्सिलकी सदस्य गोमा निरौलाको संयोजकत्वमा ‘नर्सिङ सुधार समिति’ गठन गरेको थियो । समितिको प्रतिवेदनमा नर्सहरुलाई कतै न्युन तलव र कतै स्वयंसेवीको रुपमा काम गर्न लगाइएको उल्लेख थियो । कार्यक्रममा मन्त्री थापाले भन्नुभयो, ‘यस विषयमा मन्त्राल...
  • स्वास्थ्य सामग्रीमा हुने करोडौ अनियमितता रोक्ने निर्देशिका पारित

    काठमाडौं – स्वास्थ्य सामग्री तथा उपकरणहरुको मुल्य निर्धारण नहुँदा अहिले सम्म भईरहेको अनियमिततालाई रोक्न स्वास्थ्य मन्त्रालयले नयाँ व्यवस्था गरेको छ । मन्त्रालयले औषधि परामर्श परिषद्को परामर्श वा औषधि सल्लाहकार समितिको सल्लाहमा प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको अधिकतम खुद्रा मूल्य तोक्ने व्यवस्था गरेको हो । उपकरणहरुको खरिद तथा वितरणलाई प्रभावकारी र व्यवस्थीत बनाउने उद्धेश्यले स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका, २०७४ सोमबारको मन्...
  • ‘सुर्तीजन्य पदार्थका पूरै खोलमा सन्देशमूलक चित्र हुनुपर्ने व्यवस्था’

    काठमाडौं - सरकारले सन् २०१८ बाट सम्पूर्ण धूमपान र सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत सन्देशमूलक छाप्नुपर्ने अनिवार्य व्यवस्था गर्न लागेको छ । आजदेखि राजधानीमा सुरु भएको ‘सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली नेतृत्वदायी तालिम’ मा बोल्दै स्वास्थ्यमन्त्री गगन थापाले नेपाल सरकारको सन् २०३० सम्ममा सुर्तीजन्य मुक्त पुस्ता निर्माण गर्र्ने उद्देश्य पूरा गर्न प्याकेटमा त्यसको प्रयोग गर्दा हुने रोगका डरलाग्दा चित्र हुनुपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“अहिले स...
  • राष्ट्रसंघको अध्ययनः खाद्य असुरक्षाका कारण विस्थापित हुने बढे

    काठमाडौं - खाद्य असुरक्षा तथा भोकमरीका कारण मानिस विस्थापित हुने क्रम बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । खाद्य असुरक्षा र बसाईंसरार्इंबिच गम्भीर सम्बन्ध रहेको र खाद्य असुरक्षाका कारण मानिस विस्थापित हुने क्रम पछिल्लो समय बढेको राष्ट्रसंघको नयाँ अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० खाद्य सुरक्षा, द्वन्द्व र बसाईंसराईं बिच रहेको सम्बन्धका बारेमा गरेको अध्ययनले मानिस विस्थापित हुने कारणमा खाद्य असुरक्षा प्रमुख मध्ये एक देखिएको हो । खाद्य असुरक्षा एक प्रत...
  • कैदी महिलाको उपचारकै क्रममा मृत्यु

    काठमाडौं – जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेकी एक कैदी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरमपुर–४ निवासी २० वर्षीया सरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अपहरण तथा शरीरबन्धक मुद्दामा २०७१ फागुन १८ गतेदेखि उनी कारगारमा रहेकी थिइन् । उनलाई जिल्ला अदालत झापाले आठ वर्षको कैद फैसला गरेको थियो । सोहीबमाजिम उनले कारागारमा कैद भुक्तान गरिरहेको प्रहरीले जनाएको छ । पाठेघरसम्बन्धी समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार...
  • मानसिक रोगः नियमित औषधि सेवनले उपचार सम्भव

    काठमाडौं – बेनी नगरपालिका–४ की अलिमायाँ विक झन्डै एक दशक घर छाडेर हिँडिन् । आर्थिकरुपमा विपन्नताका कारण चिन्ता बढ्दै गएपछि उनी मानसिक रोगको सिकार भइन् । मनमा चिन्ता पर्ने, खाना खान मन नलाग्ने, निन्द्रा नपर्ने समस्या बढ्दै गएपछि उनी मानसिक रोगबाट ग्रसित भएकी थिइन् । तीन छोरा र एक छोरीसहितका बालबच्चा छाडेर उनी घरबाहिर मात्रै घुम्ने, घरमा नआउने गर्न थालेपछि उनका आफन्तले ती बालबालिकालाई संरक्षणका लागि अनाथालयमा राखेका थिए । महिनौँ दिनसम्म पनि घरमा नआउने, बाटोमा गीत गाउँदै हिँड्ने गर्न थालेपछि उनी...
  • तपाईको सास फास्ट फुड बढी खाँदा गन्हाउँछ ? कारण यस्ता

    सास प्राय: सबैको गन्हाउँछ, बेला–कुबेला । तर, बढी मात्रामा फास्ट फुड खानेहरूको चाहिँ जति बेलै गन्हाउँछ सास । ‘जर्नल अफ नेचुरल साइन्सेज, बायोलजी एन्ड मेडिसिन’ मा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ । मानौँ, तपाईं बर्गर खानुहुन्छ भने, त्यसमा प्रयोग हुने प्याजले तपाईंको सास गन्हाउने होइन । बर्गरमा हुने आर्द्रता र राखिने तारिएका वस्तुहरूका कारण मुखमा दुर्गन्ध उत्पन्न हुन्छ । बर्गर खाँदा हाम्रो शरीरमा यस्तो प्रतिक्रिया हुन्छ, सामुन्ने पर्ने व्यक्ति पछुताउन थाल्छ । फ्राइज वा प्याटी तार...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित