सूचना-प्रबिधि

  • राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने

    काठमाडौँ – नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । चौँथो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ । सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले त्यस्तो व्यवस्था गरेको हो । सूचना प्रविधिको उपयोग गर्दै विभागले विकास गरेको ‘मोबाइल एप्स नेपाल पासपोर्ट’ सेवाको आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्र...
  • आजदेखि सवारी चालक अनुमतिपत्रको काम स्वयम्भूमा पनि

    काठमाडौं – स्वयम्भूको ठूलो भर्‍याङबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम सुरु भएको छ ।यातायात व्यवस्था विभागले आइतबारदेखि ठूलो भर्‍याङमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र वाग्मतीको सेवा विस्तार गरेको हो । कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले यही पुस २७ गतेदेखि चाबहिल र भक्तपुरको जगातीमा पनि कार्यालय खोलिने जानकारी दिनुभयो । ‘एकान्तकुनामा मात्र रहेको वाग्मती अञ्चल कार्यालयलाई तीन स्थानमा विस्तार गरेपछि सवारी चालक अनुमतिपत्रको आवेदन फाराम ...
  • नेपाल टेलिकमलको फोर जी सेवा आजदेखि सुरु

    काठमाडौं – नेपाल टेलिकमले पछिल्लो समयमा विकसित प्रविधि चौथो पुस्ता (फोरजी) मोवाइल सेवा आजदेखि सञ्चालनमा ल्याउँदैछ । टेलिकमले आज आइतबारदेखि ताररहित थ्रीजीको विकसित प्रविधि फोरजी सञ्चालनमा ल्याउन लागेको हो ।  अहिले चलिरहेको भन्दा दु्रतगतिको मोबाइल डाटा इन्टरनेट सुविधा दिने फोर जी सेवा आइतबारदेखि काठमाडौं उपत्यका र पोखरामा शुरु हुन लागेको हो । हालको थ्रीजीको तुलनामा फोरजी सेवा ५ गुणा बढी दु्रतगतिमा सञ्चालन हुने टेलिकमको दाबी छ । फोरजी प्रयोगबाट द्रुतगतिमा इन्टरनेट सेवा, भिडियो कलका अतिरिक्त ठुला...
  • विज्ञान प्रविधिको समूचित उपयोग गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

    काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान प्रविधिको समूचित उपयोग गरी राज्यको विकास र समृद्धि कायम गर्न सक्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलन तथा एकता भेलाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माण तथा विकासमा प्राविधिकको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणमा खटिएका इन्जिनियरको सुरक्षा र आवश्यकतालाई सरकारले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले देशको समृद्धि र राजनीतिक...
  • मोबाइल छिटो चार्ज गर्न अपनाउनुस यी ५ तरिका

    काठमाडौं – मोबाइल फोन चलाउन निकै आवश्यक परेको बेला फोनको ब्याट्री चार्ज हुन घण्टौँ लाग्ने समस्या आउँदा कस्तो छटपटी हुन्छ ? हामी सबैले भोगेकै कुरा हो । तर यसको समाधानका लागि कुनै जादुमय तरिका छैन । यद्यपि केही काइदा छन् जसले ब्याट्रीलाई राम्रो ढंगबाट चार्ज गर्नका लागि लाग्ने समयलाई केही कम गर्न सहयोग गर्छन् । ती उपाय तपाइँले पनि अपनाउन सक्नुहुन्छ । ·  फ्लाइट मोडमा राख्नुहोस्:  यो एउटा निकै साधारण तरिका हो जसले तपाइँको फोन तिव्र गतिमा चार्ज भैरहन्छ । यसो गर्दा लगभग मोबाइल अफ गरेर चार्ज ग...
  • फेसबुकले बैंककका प्रयोगकर्तालाई बिस्फोट हुन सक्ने भन्दै सचेत गरायो

    काठमाडौं – फेसबुकले बैंककका प्रयोगकर्तालाई बिस्फोट हुन सक्ने भन्दै सचेत गराएको छ । फेसबुकले गल्तिले थाइल्याण्डको राजधानी बैंककमा विस्फोट हुन सक्ने भन्दै सचेत गराएको हो । ‘सेफ्टी चेक’ फिचर एक्टिभेट गरेका बैंकका प्रयोगकर्तालाई फेसबुकले विस्फोट हुन सक्ने भन्दै सचेत गराएको हो । फेसबुकको ‘फेफ्टी चेक’ फिचरले डेन्जर जोनमा रहेका प्रयोगकर्तालाई सचेत रहन आग्रह गर्दै सूचना दिन्छ । फेसबुकले आफ्नो विश्वसनीय तेस्रो पक्षलाई घटनाको पुष्टि गर्न भनेको थियो । तर बैंककमा त्यस्तो कुनै विस्फोटको खतरा नर...
  • सवारी चालक अनुमति पत्रको फाराम आइतबारदेखि अनलाइनबाटै

    काठमाडौँ – सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने कार्यको शुभारम्भ गर्दैछ । अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपी मा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो । “कार्यालयमा सम्पर्क राख्नका लागि हाललाई एकान्तकुनामै जानुपर्छ, भक्तपुरको सल्लाघारी एवम् काठमाडौँका चाबहिल र कलङ्कीमा ...
  • खतरनाक हुनसक्छन् इन्टरनेट जडित उपकरण

    काठमाडौं – के तपाईंको घरमा रहेका टेलिभिजन, गेम खेल्ने मेसिन तथा अन्य इन्टरनेटसँग जोडिने उपकरणहरु सुरक्षाको दृष्टिकोणले खतरनाक सावित हुन सक्छन् ? इन्टरनेट संजालसँग सम्बन्धित विषयमा युरोपमा काम गर्ने संस्था एनिसाले हालै प्रकाशित गरेको एक रिपोर्टले आश्चर्यजनक तथ्य बाहिर ल्याएको छ । रिपोर्टअनुसार केही देशका सरकारहरुले सर्वसाधारणका घरमा प्रयोग हुने इन्टरनेटजडित उपकरणहरुमा यस्ता डिभाइस जडान गरेको छ, जसबाट सरकारले सर्वसाधारणका गतिविधिमा निगरानी गर्न सकोस् । यस्ता उपकरणहरुलाई ब्याकडोर डिभाइस ...
  • नक्कली समाचार चिनाउने संकेत राख्दै फेसबुक

    काठमाडौं – नक्कली समाचारहरु फेसबुकमा भाइरल बन्ने समस्या चर्किदै गएपछि फेसबुकले त्यस्ता समाचारलाई निरुत्साहित गर्न नयाँ उपाय अपनाएको छ । फेसबुकले अब संकास्पद समाचार चिनाउन समाचार सेयर गरिएको लिंकसँगै एउटा खतराको संकेत राख्ने छ जसले त्यो समाचार ‘नक्कली’ वा ‘बिबादित’ भन्ने बुझाउने छ । हेडलाइनमुनी रातो संकेत राखेर फेसबुकले लेख्नेछ( ‘तथ्य जाँचकी तेस्रो पक्षद्वारा बिबादित घोषित गरिएको समाचार ।’त्यस्ता समाचार नक्कली वा बिबादित हुन कि हैनन् भनेर प्रयोगकर्तालेसमेत उजुरी गर्न सक्नेछन् । त्यसरी उजुर...
  • मुस्ताङमा वायु ऊर्जाको परीक्षण

    काठमाडौं  – मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा एक मेगावाट क्षमताको वायु ऊर्जा प्रणाली जडान हुने भएको छ । नेपालको ‘एभरेष्ट बिन इनर्जी’ प्राली र दक्षिण अफ्रिकाको ‘एभरेडी क्यास्ट्रोल इनर्जी’को सहकार्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा वायु ऊर्जा उत्पादन गर्न लागिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विज्ञान प्रविधि सल्लाहकार डा रवीन्द्र ढकाल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वायु ऊर्जा विभाग प्रमुख सन्तोष राई, एभरेष्ट बिन प्राली र दक्षिण अफ्रिकाका प्रतिनिधिको संय...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित