सूचना-प्रबिधि

  • मुस्ताङमा वायु ऊर्जाको परीक्षण

    काठमाडौं  – मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा एक मेगावाट क्षमताको वायु ऊर्जा प्रणाली जडान हुने भएको छ । नेपालको ‘एभरेष्ट बिन इनर्जी’ प्राली र दक्षिण अफ्रिकाको ‘एभरेडी क्यास्ट्रोल इनर्जी’को सहकार्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा वायु ऊर्जा उत्पादन गर्न लागिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विज्ञान प्रविधि सल्लाहकार डा रवीन्द्र ढकाल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वायु ऊर्जा विभाग प्रमुख सन्तोष राई, एभरेष्ट बिन प्राली र दक्षिण अफ्रिकाका प्रतिनिधिको संय...
  • एनआरएनलाई लक्षित गरि सगुनले २० मिलिएन डलरको मिनिआएपीओ खुलाउँदै

    काठमाडौं – अमेरिकामा रहेका एनआरएन नेपालीले प्रवर्द्धन गरेको स्टार्टअप कम्पनी सगुनले मिनीआइपिओ जारी गर्ने तयारी गरिरहँदा एनआरएन नेपाली माझ त्यसको चर्चा हुन थालेको छ । नेपालबाट कानुनी रुपमा विदेशमा लगानी गर्न नपाएपनि विदेशमा रहेका एनआरएनहरुमा भने सगुनमा गर्ने लगानीको अवसरका बिषयमा चर्चा हुन थालेको छ । एनआरएनले प्रवद्र्धन गरेको सगुन अमेरिकी कानुन अनुसार मिनि आइपिओ जारी गर्न लागेको सम्भवतः पहिलो कम्पनी हो । सामाजिक सञ्जाल सगुनमा लगानीको अवसर खुल्ने चर्चासँगै जापानमा रहेका नेपालीहरुमा पनि कौतुहलता...
  • सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो

    मेलवर्न – सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालै अष्ट्रेलियामा भएको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालको प्रयोग र मानिसको तनाव, चिन्ता र खुसीबीचको सम्बन्धका बारेमा अध्ययन गर्दा यस्तो भेटिएको हो । युनिभर्सिटी अफ मेलवर्न र मोनास युनिभर्सिटीले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सामाजिक सञ्जालले एक अर्कालाई सम्पर्कमा रहिरहन सहयोग गरेकाले मानसिक तनाव कम गराएको हुन सक्ने निश्कर्ष निकालिएको छ । नकारात्मक सन्देशहरु पनि लेखिने प्रत्यक्ष रुपमा वार्ता गर्न ...
  • मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन हुने

    काठमाडौँ – नेपालमा पनि स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन अध्यापन हुने भएको छ । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक आगामी शैक्षिकसत्रदेखि अन्तराष्ट्रियस्तरमा सो विषयमा पठनपाठन सञ्चालनमा ल्याउन लागेको हो । तीन वर्षमा अध्ययन सम्पन्न हुने सो विषय छ सेमेस्टरमा हुने कलेजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसका लागि ती दुई शैक्षिक निकाय कलेजका अध्यक्ष सुलभ बुढाथोकी र विश्वविद्यालयका उपकुलपति प्रा...
  • उदयपुरमा सिसिटिभीको नियमन हुन सकेन

    उदयपुर – गृहमन्त्रालयले सिसिटिभी क्यामेरालाई एक वर्षअघि कानुन बनाएर नियमन प्रयास गरे पनि स्थानीय प्रशासनको बेवास्ताको कारण उदयपुरमा गृहको कार्यविधि नै बेवारिसे बनेको छ । गृहले सिसिटिभी क्यामेरा जडान तथा सम्बन्धी कार्यविधि २०७२ जारी गरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर मात्र सिसिटिभी जडान गर्न पाउने व्यवस्था कार्यान्वयन नभएको हो । कार्यविधिले व्यापारीक प्रयोजनको लागि जडान गरिएका सिसिटिभी क्यामेरा सञ्चालन गर्न नपाइने भएपनि उदयपुरमा अहिलेसम्म एउटा पनि दर्ता भएको छैन । जिल्ला विकास समिति उदयपु...
  • सीसीटिभीको निगरानीमा बेनीबजार

    बेनी – म्याग्दीको सदरमुकाम बेनी बजारको सुरक्षाका लागि सीसीटिभीमार्फत निगरानी सुरु गरिएको छ । उद्योग वाणिज्य सङ्घ म्याग्दीको पहलमा रु १५ लाखको लागतमा बेनी बजारका विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान गर्न सुरु गरिएको हो ।  बजारको निगरानीका लागि विभिन्न १६ स्थानमा सीसीटिभी राखिने भएको छ । जसमध्ये अहिलेसम्म आठवटा सीसीटिभी राखिएको छ भने बाँकी आठवटा पनि जडान गर्ने तयारी भइरहेको उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताउनुभयो । बजारमा घट्ने आपराधिक क्रियाकलापको न्यूनीकरण ग...
  • २,५०० डलरको ल्यापटप ३० डलरमा

    मेक्सिको – मेक्सिकोका अधिकारीले कम्प्युटर कम्पनी डेललाई गल्तीले अनलाइनमा प्रकाशित भएको विज्ञापनमा गरिएको दाबी पूरा गर्न आदेश दिएको छ । विज्ञापनमा कम्पनीले आफ्नो कम्पनीबाट निर्माण भएको राम्रो कम्प्युटर झण्डै ३० डलरमा किन्न सकिने बताएको थियो । गल्ती थाहा हुने बित्तिकै अमेरिकी कम्पनीले विज्ञापन फिर्ता गरेको थियो । कम्पनीले विज्ञापन अनुसार कम्प्युटर किन्नका लागि पैसा जम्मा गराएकाको पैसा फिर्ता गर्ने जनाएको छ । तर उपभोक्ताले मेक्सिको उपभोक्ता एजेन्सीमा उजुरी गरे । एजेन्सीले उपभोक्ताको पक्ष...
  • आज राति र भोलि टेलिकम सेवा प्रभावित हुन सक्ने

    काठमाडौं  – शुक्रबार रातिदेखि शनिबारसम्म नेपाल टेलिकमको मोबाइल सेवा प्रभावित हुनु सक्ने भएको छ । सेवा विस्तारको लागि प्राविधिक काम गर्नुपर्ने भएकाले एनटीसीका सबै मोवाइल फोन अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको हो । यो समयमा मोबाइलमा डाटा नचल्ने, रिचार्ज र विल भुक्तानी समेत नहुने सम्भावना छ । टेलिकमले केही समस्या भए फोन नम्बर ४२३९३३५ मा सम्पर्क गर्न आफ्ना सेवाग्राहीलाई आग्रह गरेको छ ।
  • विज्ञान र प्रविधि क्षेत्रमा लगानी बढाउने प्रमको प्रतिबद्धता

    काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा यहाँ आज आयोजित ‘नेपालमा वैज्ञानिक अन्वेषण : सम्भावना र चुनौती’ विषयको एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विगतमा विज्ञानको क्षेत्रमा बजेटको व्यवस्था नगरिएको सन्दर्भमा आफूले पूरक बजेट ल्याएर भए पनि यस क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो । प्रधानमन्त्री दाहालले संविधान जारी भइसकेको अवस्...
  • टेलिकमको ‘फोर जी’ सेवा पुसदेखि

    काठमाडौँ – नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको हो । टेलिकमको प्रस्ताव बमोजिम प्राधिकरणको गत शुक्रबारको बोर्ड बैठकले फोर जी सेवा सञ्चालनका लागि अनुमति दिएको टेलिकमका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार २०१७ जनवरी १ (१७ पुस २०७३) देखि सेवा सञ्चालन तथा विस्तार गर्नेगरी प्राधिकरणले...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित