सूचना-प्रबिधि

  • मालपोत कार्यालयमा अनलाइन सेवा

    पोखरा – जिल्ला मालपोत कार्यालय कास्कीले आज देखि अनलाइन सेवा शुभारम्भ गरेको छ । मुख्य सचिव डा सोमलाल सुवेदीले कास्की दाड सिड्कीकी लालकुमारी गौतम तथा घान्दु्रकका सोमबहादुर विक र वीरबहादुर विकलाई जग्गा धनी पँुर्जा वितरण गरी सो सेवाको शुभारम्भ गर्नुभएको हो । अनलाइन सेवा शुभारम्भसँगै आजदेखि मालपोत कार्यालयमा रहेका जग्गाको अभिलेख प्रविधिमैत्री, चुस्त र दुरुस्त भएको बताइएको छ । सो अवसरमा मुख्य सचिव डा सुवेदीले अब सूचनाप्रविधिको युग भएकाले सार्वजनिक सेवाहरु पनि प्रविधिमैत्री हुनुपर्ने बताउँदै यो सेवा...
  • एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

    काठमाडौं –जिल्लाको कुवाकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् । कुवाकोट– ३ मा रहेको नेपाल टेलकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका अधिकांश गाविसमा जिएसएम नमस्ते सेवा अवरुद्ध भएको हाट स्वास्थ्य चौकीका प्रमुख विनोद कँुबरले जानकारी दिनुभयोे । विगत एक महिनादेखि घाम लागेको समयमा लाइन आउने साँझ बिहान मोबाइल सेवा अवरुद्ध हने गर्दछ उहाँले भन्नुभयो “बादल लागेको दिन त फोनै लाग्दैन,” हाट एक महिनादेखि मोबाइलमा लाइन आ...
  • अब एनसेलमा फेसबुक निःशुल्क

    काठमाडौं – निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले निःशुल्क फेसबुक सेवा सुरु गर्ने भएको छ । एनसेलले फेसबुकसँगको सहकार्यमा आज रातिदेखि निःशुल्क फेसबुक सेवा सुरु गर्ने भएको हो । आज राजधानीमा आयोजित कार्यक्रममा एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियान अन्तरगत निःशुल्क सेवा सुरु गरिएको जानकारी दिएको छ । उसका अनुसार अब फेसबुक लगइन गरेर लाइक, कमेन्ट, शेयरका साथै स्टाटस लेख्न पैसा लाग्ने छैन, साथै फोटो अपलोड गर्न पनि पैसा लाग्दैन । तर, फेसबुक निःशुल्क सेवामा अरुले अपलोड भएका तस्वीरहरु हेर्न सकिने छैन । यस...
  • एसएमएसमार्फत विद्यार्थी भर्ना अभियान

    जुम्ला – जिल्ला शिक्षा कार्यालयको निर्देशनमा यहाँका सामुदायिक विद्यालयले ले एसएमएसमार्फत विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएका छन् । माघ २५ गतेबाट कार्यालयको निर्देशनमा यहाँका विद्यालयले यो अभियानलाई तीव्र बनाएका हुन् । भर्ना अभियान सुरु भएपछि चिसोका कारण बन्द भएका विद्यालयमा विद्यार्थीको चहलपहल देखिन थालेको छ । खासगरी जुम्ला, हुम्ला, मुगु र डोल्पामा यो अभियान सुरु भएको छ । माघ २५ गते सरोकारवालासँगको छलफलमा विगतको भन्दा अहिले भर्ना अभियानलाई आधुनिकतासँग गाँसिएको जिल्ला शिक्षा अधिकारी कुलबहा...
  • एनसेलले ल्यायो भ्यालेनटाइन अफर

    काठमाडौं – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकले आफूले छानेको एउटा विषेश नम्बरमा सुलभ दरमा कुरा गर्न सक्ने अफर ल्याएको छ । यस्तै रिङ ब्याक टोनमा पनि ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । बुधबारदेखि लागु हुने गरी एनसेलले भ्यालेनटाइन डे अर्थात प्रणय दिवशको अवसारमा दुई आकर्षक योजना सार्वजनिक गरेको हो । नसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग पेयर गरी सुलभ दरमा कुरा गर्न सक्ने अफर ल्याएको हो । आफ्नो नम्बरसँग आफूले चाहेको अर्को एनसेल नम्बर पेयर गरी मात्र ५० ...
  • एप्पल, फेसबुक, गूगलसहित ९७ प्रविधि कम्पनीको ट्रम्पलाई चुनौती

    काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको यात्रा प्रतिबन्धविरुद्ध एप्पल, फेसबुक, गूगलसहितका अमेरिकाकै सबैभन्दा ठूला ९७ प्रविधि कम्पनीले सामूहिक रुपमा कानूनी चुनौति दिएका छन् । ट्रम्पको प्रतिबन्धका कारण आफ्नो व्यापारमा ठूलो नोक्सान भएको भन्दै उनीहरुले कानूनी चुनौति दिएका हुन् । सानफ्रान्सिस्को अदालतमा चलेको मुद्दामा उनीहरुले सात मुस्लिम मुलकका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदा आफ्ना कम्पनीहरुलाई प्रतिभा खोज्न गाह्रो पर्ने तर्क गरेका छन् । यद्यपि, एक अदालतले ट्रम्पको आदेश ग...
  • सगुनले अमेरिकामा छलाङ मार्दै, २० मिलियन डलरको शेयर जारी

    काठमाडौं - नेपालीले स्थापना गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) एक्सचेन्जबाट मिनी आइपिओ जारी गर्न अनुमति पाएपछि अहिले शेयर बजारमा लगानी गर्नेहरुको ध्यान तानिएको छ । नेपालीले स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय खोलेर काम गरिरेहको कम्पनीले अमेरिकामा सेयर निस्कासन गर्नु मुटुमा नेपाली रगत बहनेहरुलाई गौरवको कुरा भएको छ। सगुनले अमेरिकामा सेयर जारी गर्नु जति गौरवको कुरा छ त्यति जति प्रवासमा रहेका हरेक नेपालीले लगानी गर्न पाउनु अ...
  • आजदेखि प्रिपेड मोबाइलमा पनि फोर–जी सेवा

    काठमाडौं  – नेपाल टेलिकमले शनिबारदेखि प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर–जी सेवा दिने भएको छ । आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा शनिबारदेखि काठमाडौं र पोखराका प्रिपेड सिम प्रयोगकर्तालाई पनि फोर–जी सेवा दिन लागेको हो । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटिएस टावरलाई अपग्रेड गरिएको छ । यस्तै पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ । झण्डै ३९ करोड रुपैयाँ खर्चिएर फोर–जी सेवा सुरु गरेको टेलिकमले जनाएको छ । गएको पुस १७ गतेदेखि काठमाडौं र पोखराका ...
  • टेलिकमको २० लाखका रिचार्ज कार्ड हराए

    काठमाडौं – नेपाल टेलिकमको १ सय रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । आयातका क्रममा २० हजार थन रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ । टेलिकमले एक सूचना जारी गर्दै आफ्ना एनटी रिचार्ज कार्ड हराएको जनाएको छ । सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड हराएको हो । यि सिरियल नम्बरका रिचार्ज कार्ड खरिद विक्री नगर्न टेलिकमले आह्वान गरेको छ । यसबाट ग्राहकबर्गमा समस्या पर्न सक्ने भएकाले टेलिकमले सचेत रहन भनेको छ । यि रिचार्ज कार्ड बजारमा आए भनेपनि प...
  • एनसेलले ल्यायो नयाँ एसएमएस प्याक, प्रति एसएमएस ३ पैसा

    काठमाडौं – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘नयाँ एसएमएस प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्क भित्र सुलभ दरमा एसएमएस सेवा लिन सक्नेछन् । ‘नयाँ एसएमएस प्याक’ शुक्रबारबाट सुरु भई १५ दिनसम्म सञ्चालन हुनेछ । यो एसएमएस प्याक अन्र्तगत ग्राहकले ५ रुपैयाँ (करसहित) मा एक सय ५० वटा एसएमएस वा २५ रुपैयाँ (करसहित) मा एक हजार वटा एसएमएस गर्न सक्नेछन् । २५ रुपैयाँमा एक हजार वटा एसएमएसको प्याक सञ्चालन गर्ने ग्राहकले ३ पैसा प्रति एसएमएसको न्य...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित