समुद्रपारि बिशेष

  • विवाह गर्ने बेला धेरै अघि भएको हो, तर महसुस भइसकेको छैन (भिडियो अन्तर्वार्ता)

    कल्पना भण्डारी सञ्चारकर्मी हुन् । उनीले अहिले तीज गीत ‘मै कति भाग्यमानी’ बजारमा ल्याएकी छिन् । करीब डेढ दशकको पत्रकारिता यात्रामा राम्रो छवि बनाएकी उनी गीतसंगीतलाई शौख र रुचीको विषय भन्छिन् । नाच्नमा सिपालु, गाउनमा माहिर र पेशाप्रति बफादार भण्डारीसँग हरितालका तीजको विशेष अवसरमा बजारमा आएको ‘मै कति भाग्यमानी’ बोलको गीत, उनीको पेशा र व्यक्तिगत जीवनमा आधारित रहेर गरिएको कुराकानी यस पटकको समुद्रपारि विशेषमाः https://www.youtube.com/watch?v=LKD8ORv30CY
  • पढ्न जानेले विदेश गएर आत्महत्या गर्दैनन्, कमाउने सपना देख्नु नै गलत

    काठमाडौं – पढ्न वा रोजगारीका सिलसिलामा प्रवास पुगेकाहरुले आत्महत्या गरेका घटनाले अहिले विकराल रुप लिदैछ । प्रवासमा रहँदाका विभिन्न अप्ठ्यारा, घरतिरबाट आउने चौतर्फि दबाब र भनेको जस्तो आम्दानी गर्न नसक्दा प्रवास पुगेका विशेषतः विद्यार्थीहरुले आत्महत्या गरेको घटना बढि छ । अझ, पढ्न जाने विद्यार्थीले कमाउँछु भन्ने सपना देख्दा बढि यस्ता दुर्घटना हुने गर्छन् । विद्यार्थीहरुले प्रवास जानु अघि कस्ता विषयमा ध्यान दिनु पर्ने रहेछ र विद्यार्थीका मनोकांक्षा कस्ता हुन्छन् ? यस पटकको समुद्रपारि विशेषमा यिनै वि...
  • नेपाल पर्यटन बोर्डको योजनाः जापानमा जापानी भाषा मै नेपालको प्रबद्र्धन

    काठमाडौं – केहीकेही जापानी नागरिकहरु यस्ता छन् जो नेपाल मै आएर मर्न पाए हुन्थ्यो भन्छन् । यसको आसय अधिकांश जापानीहरु नेपाललाई औधी माया गर्छन् ।  प्रकृति, सँस्कृति र जनजीवनमा समेत मेल खाने हुनाले जापानीहरु नेपाल पटकपटक आइरहन/घुमिरहन चाहन्छन् । तर, जापानी पर्यटक लक्षित कार्यक्रमहरु लैजान नसक्दा चाहेर पनि जापानीहरु नेपाल आउन सकिरहेका छैनन् । नेपाल जापान सम्बन्धको ६० औं वर्ष गाँठ मनाइरहेको सन्दर्भमा समुद्रपारि विशेषका लागि सहकर्मी शिव श्रेष्ठले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक...
  • जापानले धेरै कुरा सिकायो : ब्यवसायी लालचन

    टोकियो - आज भन्दा २६ वर्ष पहिले मनभरि सुनौला सपना पालेर जापान हानिएको गाउँले परिवेशको एउटा युवक आज एक सफल ब्यवसायीका रुपमा जापानमा चिरपरिचित छन् । कमै चर्चामा आउन पन पराउने उनी नयाँ र चुनौतीपूर्ण काम गर्न औधी रुचाउँछन् । जीवनका धेरैजसो उकाली ओरालीहरु संघर्षका थुप्रै जंघारहरु तर्दै आजको अवस्थामा आईपुगेको बताउने उनी आफ्नो मिहिनेत र पौरखमा बिश्वास राख्दछन् । बिदेशमा रहेका नेपालीहरुले सिकेको सीप, अनुभव, उनीहरुले आर्जन गरेको सफलता, उद्यमशीलता, समाजप्रतिको उत्तरदायित्व र मुलुकप्रतिको चिन्तनका बिषयम...
  • नेपालमा जापान फेस्टिवलः जापानीले देखाए नेपाली प्रस्तुति, नेपाली लठ्ठ (भिडियो कार्यक्रम)

    काठमाडौं – नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसरमा काठमाडौं स्थित टुँडिखेलमा ‘जापान फेस्टिवल २०१६’ आयोजना गरियो । कार्यक्रम स्थल प्रवेश गर्दा जापान कै कुनै ठाउँमा महोत्सव भइरहेको अनुभव हुन्थ्यो । जापानी नागरिकहरुको बाक्लो उपस्थिति, जापानी सँस्कृतिको प्रस्तुति, जापानी खानाका विभिन्न परिकार र खेलकुदका प्रदर्शनीहरुले अवलोकनकर्ताको रुपमा महोत्सव स्थल पुगेका नेपालीहरु लठ्ठ थिए । शनिवार आयोजना गरिएको एक दिने महोत्सवको विशेष प्रस्तुति ‘समुद्रपारि विशेष’मा । https://...
  • सक्ने हुँदामै देश फर्कन प्रवासीलाई शिला आलेको आग्रह (भिडियो अन्तर्वार्ता)

    काठमाडौं – युवा शक्ति विदेश पलायन हुने क्रम बढ्दै गएकोमा लोक गायिका शिला आलेलाई चिन्ता लागेको छ । प्रवासमा बस्ने भनेको कमाउनको लागि वा ज्ञान/शीप आर्जन गर्नको लागि हो । युवा अवस्था सबै प्रवासमै कटाउने र केही गर्न नसक्ने भएपछि नेपाल फर्कने सोच परिवर्तन गर्न उहाँको आग्रह छ । सँगै अर्का लोक गायिका सकुन्तला थापाले प्रवासमा जति समय बसिन्छ सो समयमा मेहनत गर्न र राष्ट्रियता नभुल्नको लागि आग्रह गर्नु भएको छ । लोक कलाकारिता, कलाकारको प्रवास अनुभव र समयसामयिक विषयमा शिव श्रेष्ठले गर्नु भएको भिडियो अन...
  • संस्कृतिसँग गाँसिएको कलाकारितामा रामचन्द्र र जुनुको जोडी (भिडियोसहित)

    काठमाडौँ – आज कुकुर तिहार, यमपञ्चकको दोस्रो दिन । देश तथा विदेशमा बस्ने नेपालीहरु पनि तिहारको मुडमा छन् । तिहारलाई विशेषतः सांस्कृतिक पर्वको रुपमा लिइए पनि यसलाई गीतसंगीतले झपक्क छोपेको हुन्छ । देऊसी र भैलो विनाको तिहार त कल्पनै नगरे हुन्छ । आजको समुद्रपारि विशेषमा हामीले हरेक चाडपर्वलाई गीतसंगीत मार्फत सयपत्री फूलका माला झैं गाँस्दै आउनु भएका एक सांगीतिक जोडी रामचन्द्र काफ्ले र जुनु रिजाललाई प्रस्तुत गरेका छौं । https://www.youtube.com/watch?v=xRsoQr3P2b8
  • कुक भिसामा जापान अाउन चाहनुहुन्छ ? कागजको कुक होइन, किचनको कुक भएर अाउनुस्

    टोकियो-नेपाली युवाहरूको ठूलो हिस्सा अझै पनि वैदेशिक राेजगारमा जान लालयित देखिन्छ । रोजगारीको लागि नेपाली युवाहरूको अाकर्षक गन्तव्य मुलुकमध्य एक हो जापान । जापानमा नेपालीहरूको संख्या हालैको दिनमा करीव ६० हजार नाघिसकेको छ । यहाँका नेपालीहरू धेरैजसाे रेष्टुरेन्ट व्यवसायमा अावद्ध छन् । लगानीकर्ता, स्वरोजगारी अथवा रोजगारी कुनै न कुनै रुपमा यस क्षेत्रमा आवद्ध नेपालीहरुको समस्या, चुनौती र सम्भावनाका बारेमा हामीले यसपटक कुराकानी गरेका छाैं । करीव २५ वर्ष अगाडि कुकका रुपमा जापान आएर १७ वर्षसम्म एउटै रेष्...
  • आज दसैँको नवौं दिन अर्थात महानवमी, यस्तो छ महत्व (भिडियो अन्तर्वार्ता)

    काठमाडौं – आज नवरात्रिको नवौं दिन अर्थात् महानवमी र आज दुर्गामाताको नवौं शक्तिस्वरुपा सिद्दिदात्रीको विशेष पूजा गरी मनाइदैँछ । साथै आज महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरुपा सिद्दिदात्रीको पूजा गर्नाले सम्पूर्ण संसारै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ । देवीपुराणमा उल्लेखभएअनुसार यिनै देवीको असिम कृपालेगर्दा शिवजी स्वंले पनि सिद्दि पाएका हुन् । सिंहको वाहनमा विराजमान यि देवीको प्रिय वस्तु कमलको फूल हो । यिन्को साधना गर्नाले यस...
  • आज फूलपाती : उखुदेखि अशोकको फूलसम्म, भित्र्याई मनाइँदै, यस्तो छ फूलपातीको महत्व (भिडियोसहित)

    काठमाडौँ – प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय वि...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित