अर्थ

  • सरकारी सवारीको दुरुपयोग रोक्न संसदीय समितिको निर्देशन

    काठमाडौं – सरकारी सवारी साधन भाडामा लगाउने गरेको खुलासा भएको छ । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको आज बसेको बैठकमा सांसदहरुले सरकारी कार्यालय आफैले सरकारी सवारी साधन भाडामा लगाउने गरेको पाइएको बताएका हुन । बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष एमालेका सांसद कमलादेवी महतोले सरकारी सवारी साधन भाडामा समेत दिने गरेको पाइएको उल्लेख गर्दै आपत्ति जनाउनु भयो । उहाँले सवारी साधनको मर्मतको नाममा लाखौं रुपैयाँ सरकारी कर्मचारीले नै असुल्ने गरेको पनि बताउनु भयो । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांस...
  • ७ वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादनः ऊर्जामन्त्री शर्मा

    काठमाडौं – ऊर्जामन्त्री जनार्दन शर्माले सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घले आज भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारको प्रत्यक्ष निगरानीमा आठ हजार र निजी क्षेत्रको सहभागितामा नौ हजार मेगावाट विद्युत् उत्पादन थप गरी अबको सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने दाबी गर्नुभएको हो । उज्यालो अभियान प्रचारका लागि नभएर वास्तविकताका लागि भएको भन्दै ...
  • खाद्यान्नमा परनिर्भरता बढ्दो, वार्षिक ३९ अर्बको खाद्यान्न आयात

    काठमाडौं – आवश्यकताअनुसार खाद्यान्न आपूर्ति हुन नसक्दा वार्षिक ३९ अर्ब भन्दा बढीको खाद्यान्न विभिन्न मुलुकबाट आयात हुदै आएको छ । सरकारले कृषिमा वर्षेनी लगानी बढाउँदै नयाँ कार्यक्रम लागू गरेपनि उत्पादनमा अपेक्षाकृत प्रतिफल देखिन सकेको छैन् । खाद्यान्न उपयोग र व्यवस्थापनको कमी तथा परिवर्तन हँुदै गएको मानिसको खाने शैलीले चामल, मकै, गहुु, कोदो, फापरलगायत खाद्यान्नमा परनिर्भरता बढेको हो । आर्थिक वर्ष २०७२÷७३ मा ३९ अर्ब दुई करोड मूल्य बराबरको खाद्यान्न आयात भएको छ । जसमध्ये १९ अर्ब ९० करोड मूल्य बर...
  • ‘थप ४ अर्ब अनुदान वितरण गर्न प्राधिकरणको अख्तियारी’

    काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बितरण गर्न थप ४ अर्ब रुपैया अख्तियारी दिएको छ । प्राधिकरणले आज संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई भूकम्प प्रभावित जिल्लामा लाभग्राहीबाट माग भए अनुसारको अनुदान अभाव हुन नदिन उक्त रकम अख्तियारी दिएको हो । भूकम्प अति प्रभावित १४ जिल्ला र कम प्रभावित १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागी धमाधम अनुदान बितरण भइरहेकाले रकम अभाव हुन नदि...
  • ‘सरकारले हैन, आफैँ घर बनाउने हो, बरु ऋण चाहियो’

    काठमाडौं – सरकारबाट अनुदान पाएपछि घर आफैँ निर्माण गर्नुपर्छ भनी कालिञ्चोक गाउँपालिका–३, लामिडाँडाका ६० वर्षीय दिलबहादुर शिवाकोटीले पुनःनिर्माण सुरु गर्नुभएको छ ।  जिल्लाका अधिकांश पीडितमा सरकारले घर बनाइदिने भ्रम परेको उहाँको भनाइ छ । आफू यस्तो भ्रममा नपरेपनि पुनःनिर्माणका लागि दिइने भनिएको अनुदान सहयोग आउन ढिला भएकाले दुई वर्षसम्म पुनःनिर्माण गर्न नसकिएको शिवाकोटीको भनाइ छ । विसं २०७३ भदौ को अन्तिम साता पहिलो किस्ताको ५० हजार पाएपछि भूकम्पले भत्किएको घर पुनःनिर्माणको सोच उहाँले बनाउनुभयो । प...
  • रसुवाका तीन सय ६३ लाभग्राहीलाई दोस्रो किस्ता वितरण

    रसुवा – रसुवाका तीन सय भन्दा बढी भूकम्प प्रभावितलाई दोस्रो किस्ता वितरण गरिएको छ । जिल्ला समन्वय समिति रसुवाबाट एक सय ७६ र विभिन्न गैरसरकारी संस्थाबाट एक सय ८७ गरी तीन सय ६३ लाभग्राहीको खातामा रकम निकासा गरिएको हो । प्राविधिकको सल्लाह अनुसार घर बनाएका लाभग्राहीको खातामा दोस्रो किस्ता बापतको एक लाख ५० हजार रुपैयाँ निकासा गरिएको स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो । पहिलो किस्ता बुझेर प्राविधिकको सल्लाह अनुसार घर बनाइरहेका पाँच सय १६ लाभग्राहीमध्ये दोस्रो किस्ता पाउन योग्य ...
  • कर्मचारीको व्यवस्थापन नहुँदा भूकम्पपीडितलाई सास्ती

    काठमाडौं – दोस्रो किस्ताका लागि सम्झौता भएर पनि भूकम्पपीडितले राहत रकम पाउन सकेका छैनन् । स्थानीय तहमा कर्माचारीको व्यवस्थापनको अभावकै कारण भूकम्पपीडितले रकम पाउन नसकेका हुन् । गत २०७३ फागुन २८ गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट दोस्रो किस्ताका लागि सम्झौता भए पनि अहिलेसम्म राहत रकम पाउन नसकेको गुनासो साविक रबिओपी गाविस हाल धुलिखेल नगरपालिकाकी स्थानीय कल्पना कोइरालाले पोख्नुभयो । “घर बनाउन त ऋण गरेर सुरु गरियो तर अहिले दोस्रो किस्ताबापतको रकम नपाउँदा ब्याज बुझाउन निकै गाह्रो भएको छ”...
  • नेपाल पर्यटन बोर्डको मोवाइल एप ‘वेलकम नेपाल’ सार्वजनिक

    काठमाडौं – नयाँ वर्षकको अवसर पारेर नेपाल पर्यटन बोर्डले मोवाइल एप ‘वेलकम नेपाल’को सार्वजनिक गरेको छ । आन्तरिक तथा बाह्य दुबै खालका पर्यटकलाई लक्षित गरि मोवाइल एप सार्वजनिक गरिएको बोर्डद्वारा जारि गरिएको विज्ञप्तिमा जनाइएको छ । बोर्डका अनुसार एपमा नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु तथा विभिन्न क्रियाकलापहरु समेटिएको छ । मोबाइल एपमा नेपालका अधिकांश पर्यटकीय गन्तव्य, ट्रेकिङ रुट, पर्यटकलाई आवश्यक पर्ने सूचनालगायतका जानकारी प्राप्त गर्न सकिनेछ । नेपाली पर्यटनको बारेमा सम्पूर्ण जानकारी राखिएको हुँ...
  • लोप भैसकेको पदमार्ग ‘सराङकोट–नौडाँडा’ पुनः सञ्चालन हुने

    काठमाडौं – पर्यटकीय नगरी पोखरासँग प्रत्यक्ष सरोकार राख्ने पदमार्गमध्येको ‘सराङकोट–नौडाँडा’ पदमार्ग पुनःसञ्चालनमा आउने भएको छ । पोखरा आउने पर्यटक जाने गरेको सराङकोट– कास्कीकोट–तोरीपानी–नौडाँडा पदमार्ग बाटो विस्तारसँगै हराउने अवस्थामा पुगेकोमा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले पर्यटन सम्बद्ध संस्थासँगको सहकार्यमा उक्त पदमार्गलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरेको हो । सराङकोट डाँडाको फेदीदेखि लगभग १४ किमि दुरीमा रहेको यो पदमार्ग एक दिनको पदयात्रा गर्न रुचाउने जो कोही पर्यटकका लागि उत्कृष्ट गन...
  • बूढीगण्डकी र नलसिंहगाड कम्पनी ढाँचामा अगाडि बढ्ने

    काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना अन्ततः कम्पनी ढाँचमा नै निर्माण हुने भएको छ । कुल एक हजार २०० मेगावाट क्षमताको यो आयोजना कम्पनी ढाँचामा अगाडि बढाउने कि समितिले नै अगाडि बढाउने भन्ने विषयमा चर्को बहस हुँदै आएको थियो । सरकारले यो आयोजनालाई कम्पनी ढाँचामा नै अगाडि बढाउने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । फ्रान्सेली कम्पनी ट्याक्टबेलले विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) समेत तयार पारिसकेको, वातावरणीय प्रभाव मूल्याङ्कनको कामसमेत...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित