सात समुद्रपारमा रहेर प्रवासी नेपालीहरुलाई लक्षित गरी सूचनाको सेवा प्रवाह गर्ने मुलभूत उद्देश्यले १९९९ देखि फ्याक्स पत्रकारिताबाट सुरु भएको हाम्रो यात्रा डिजिटल युगसम्म आईपुग्दा थुप्रै आरोह अवरोहहरु पार गरिसकेका छौं ।

नेपाल समाचार साप्ताहिक, समुद्रपारि मासिक म्यागजिन, समुद्रपारि डट कम हुँदै, समुद्रपारि अनलाईन रेडियोसम्मको हाम्रो लामो यात्रामा हाम्रो ध्यान केवल डायस्पोरिक नेपाली समुदायलाई सूचनाको सेवा प्रवाह गर्ने र नेपाली एकतालाई सुदृढ एवं समुन्नत बनाउने दिशामा केन्द्रित रह्यो । बिदेशमा रहेर पनि हाम्रो भाषा, साहित्य, लिपी र सँस्कृतिलाई, हाम्रा असल परम्परा र रितिरिवाजलाई जीवन्त राख्न लामो समयदेखि मिडियामार्फत हामीले खेल्दै आएको भूमिका सबैका सामु छर्लङ्ग छ ।

सूचना एवं प्रविधिको अत्यधिक बिकास र परिवर्तित समयको माग अनुसार थप जिम्मेवारीपूर्वक नयाँ ढंगले अगाडि बढ्नुपर्ने चुनौती हाम्रो सामु छँदै छन् । यी सबै चुनौतीहरुको सामना गर्दै निरन्तर अगाडि बढ्ने क्रममा हामी छौं । बिशेष गरी जापानमा रहेको नेपाली समुदायलाई सुसूचित बनाउने कार्यलाई हामीले पहिलो जिम्मेवारी ठानेका छौं । मल्टी मिडियाका छापा, अडियो, अनलाईन हुँदै श्रब्य-दृश्यमा आकर्षित अहिलेको पुस्ताको रुचीलाई समेत ध्यानमा राखी छिट्टै श्रब्य-दृश्य सामाग्री समेत प्रसारण गरिने योजना रहेको जानकारी गराउन चाहान्छौं ।

जापानको राजधानी टोकियोकै केन्द्रबिन्दु मानिने शिन्जुकु नजिकै पर्ने नेपालीहरुको बाहुल्य रहेको मिनी काठमाडौंकारुपमा बिकास हुँदै गरेको शिनओकुबोमा हाम्रो प्रधानकार्यालय रहेको छ भने काठमाडौंको बागबजारमा शाखा कार्यालय रहेको छ । सन् १९९९ को फेब्रुअरी २८ देखि साप्ताहिकरुपमा निरन्तर प्रकाशित हुँदै आएको जापानमा नेपाली भाषाको एक मात्र पत्रिका नेपाली समाचार र सन् २००६ को जुन ४ देखि जापानबाटै सञ्चालित अनलाईन पोर्टल समुद्रपारि डट कम जिएमटी इन्टर्नेशनल कम्पनीका प्रकाशन हुन् । जिएमटी इन्टर्नेशनल जापानमा नेपाली मिडिया हाउसकारुपमा परिचित एक कम्पनी हो । पत्रकारिताको क्षेत्रमा लामो अनुभव भएका, जापानमै उच्चशिक्षा हासिल गरेका प्राज्ञिक एवं उद्यमशील ब्यक्तिहरु सम्मिलित समुह नै जिएमटी इन्टर्नेशनल कम्पनीको अर्को नाम हो । यस कम्पनीले मिडियासंगै दक्ष प्राविधिकहरुद्वारा मिडियासंग सम्बन्धित होमपेज तथा ग्राफिक्स डिजाइन, पत्रपत्रिका, बुलेटिन तथा पुस्तक प्रकाशन, अडियो तथा भिडियोग्राफी, नेपाली, जापानी, अंग्रेजी भाषामा कागजात अनुवाद लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ ।

बद्लिदों परिस्थितिसंगै बदलिने पाठकको रुचीलाई समेत ध्यानमा राखी समयानुकुलका सामाग्री पस्केर पठनियता कायमै राख्न सक्नु मिडियाको सबैभन्दा ठूलो चुनौती हो । त्यसैले पाठक, शुभचिन्तकहरुको सुझाव, सल्लाह र प्रतिक्रिया हाम्रा लागि सदा अपेक्षित रहने छ । अस्तु !

OUR TEAM :

Tilak Malla
Editor In Chief

Shanti Malla 
Nrip Rawal

Sub-Editor 

Advisers :
Bhushan Ghimire
Tulsi Ram Kharel
Dr. Bhupal Man Shrestha
Ritu Kumar Dura 

Web Developer / Designer:
Ramesh Dura

IT Specialist / Graphic Designer:
Devanshu Bajracharya

 FOR CONTACT:
GMT International Co. Ltd.
2-14-4  Hyakunincho, Shinjuku-Ku, Tokyo 169-0073 JAPAN
Tel & Fax: 03-5937-5314, Mobile: 080-4150-5314
Homepage: www.gmt-intl.com
Email: info@gmt-intl.com

Founder Members of Samudrapari.com  (2006-06-04)
Tilak Malla
Belu Thapa
Mahesh Kumar Shrestha
Indira Suzuki
Dr. Ram Giri
Shalik Ram Bhandari
Kapil Dev Thapa
Dinesh Raj Gyawali
Ram Giri