शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – भारतमा कर्नाटक राज्यको बैङ्लोरमा बुधबारबाट शुरु हुने भनिएको एयर प्रदर्शनीको अघिल्लो दिन आज अभ्यासका क्रममा दुईवटा विमान आपसमा ठोक्किदा एकजना पाइलटको मृत्यु भएको छ ।

अभ्यास येलहांको एयरपोर्टमा भइरहेको थियो । उनीहरु एयरक्राफ्ट रिहर्सलको वेला उडान भरिरहेका थिए । आकासमा पुगेपछि दुवै विमान एकआपसमा ठोक्किएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बैङ्लोर प्रहरीका अनुसार आपसमा ठोकिएपछि विमानमा आगो लागेको थियो । आगलागीपछि विमान येलंहा एयरपोर्टको न्यू टाउन नजिकै खसेका र दुर्घटनामा अर्का एकजना नागरिक घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया