शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडाैं – भारतकाे राजस्थानको प्रतापगढ जिल्लामा तीव्र गतिमा आएको ट्रकले सडक किनारामा नाचिरहेका जन्तीलाई किच्दा १३ जनाको मृत्यु भएको छ । यो घटनामा ४ बच्चासहित १३ जनाको मृत्यु भएको हो भने दुलहीसहित १८ जना घाइते भएका छन् ।

डिएसपी विजयपाल सिंहले बताएअनुसार दुर्घटना सोमबार राती चितौडगढ-प्रतापगढ ११३ राजमार्गकोे रामदेव मन्दिर नजिकै भएको थियो । विवाहमा बेहुलीका आफन्तहरुले उनलाई घोडामा चढाएर नाचिरहेका बेला तीव्र गतिको ट्रकले ठक्कर दिएर फरार भएको थियो । डिएसपी सिंहका अनुसार बसवाडाबाट निमबेहारा जाँदै गरेको ट्रकले उनीहरुलाई किचेको थियो ।

दुर्घटनामा घाइते भएका छोटी सादडीको सरकारी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते १५ जनालाई उदयपुर रिफर गरिएको छ । मृतककोे शव पोस्र्टमार्टमका लागि शवगृहमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । मुख्यमन्त्री अशोक गहलोतले दुख व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया