बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – भारतकाे जम्मुकाश्मिरकाे पुलवामा भएकाे आतंकवादी आक्रमणमा परी ४० बढी सैनिककाे मृत्यु भएपछि भारतले पाकिस्तानविरुद्ध विभिन्न आराेप लगाउँदै आएकाे छ ।

काश्मिर हमलापछि दिनदिनै पाकिस्तानविरुद्ध भारतीयकाे कडा चेतावनी आएपनि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज पहिलाेपटक प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्- भारतले बिना प्रमाण पाकिस्तानलाई आराेप लगाएकाे छ । हामी स्थायित्वतर्फ अगाडि बढीरहेकाे समयमा किन यस्ताे गर्थ्याै र ? पाकिस्तानलाई यसबाट के फाईदा हुन्छ ? शंका लाग्छ भने पाकिस्तान आएर अनुसन्धान गर्न सक्नुहुनेछ ।’

‘जसले पाकिस्तानकाे जमिन प्रयाेग गरेर आक्रमण गरेकाे छ, त्याे हाम्राे पनि दुश्मन हाे । आतंकवाद पाकिस्तानकाे पनि समस्या हाे, यसले अरबाैं रकम खर्च भएकाे छ,’ इमरान भन्छन्, ‘भारतीय सञ्चारमाध्यम र नेताहरुले पाकिस्तानमाथि आक्रमण गरेर बदला लिने चेतावनी दिएका छन् भन्ने सुनेकाे छु, यदि पाकिस्तानमाथि आक्रमण भयाे भने पाकिस्तानले पनि केही नसाेची त्यसकाे प्रतिकार गर्नेछ ।’

आक्रमण पाकिस्तानमा रहेका आतंकवादीले गरेकाे भन्दै पाकिस्तानसँग सम्बन्धित विभिन्न पक्षमा भारतले प्रतिबन्ध लगाएकाे छ । खेलकुद,चलचित्र आदिमा पाकिस्तानसँगकाे सम्बन्ध ताेड्ने बाटाेमा रहेकाे भारतले पाकिस्तानलाई युद्धकाे चेतावनी दिँदै आएकाे छ । पाकिस्तानले याे आक्रमणकाे ठूलाे मूल्य चुकाउनुपर्ने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले चेतावनी दिएका थिए ।

तपाईको प्रतिक्रिया