शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं –  भारत प्रशासित जम्मु काश्मिरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा आज भएको गोली हानाहानमा ४ भारतीय सेनाको मृत्यु भएको छ । थप १ जना घाइते भएका छन् ।

गोलाबारी अहिलेपनि जारी रहेको बीबीसीले जनाएको छ । प्रहरी प्रवक्ता मनोजकुमारका अनुसार विस्तृत घटनाक्रम आउन अझै समय लाग्नेछ । प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीले उग्रवादी लुकेको सूचना पाएपछि संयुक्त अपरेशन शुरु गरेको थियो ।

सेनाले अपरेशन शुरु गरेपछि उग्रवादीका तर्फबाट भएको गोली प्रहारमा भारतीय सेना मारिएका हुन् । केही दिन अघि मात्रै सोही क्षेत्र नजिक ४६ जना भारतीय सैनिक मारिएका थिए ।

तपाईको प्रतिक्रिया