मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौँ – जम्मू–काश्मीरको पुलवामामा बिहीबार भएको आत्मघाती आक्रमणको दुई दिनपछि शनिबार भारत पाकिस्तान सीमा नजिक एक विष्फोट भएको छ । विष्फोटमा भारतीय सेनाका एकजना मेजरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दले बताए अनुसार यो घटना राजौरीको नौशेरा सेक्टरमा भएको थियो । ज्यान गुमाएका मेजरको नाम सार्वजनिक गरिएको छैन ।

प्रवक्ता आनन्दका अनुसार शनिबार दिउँसो तीन बजेतिर मेजर नियमित गस्तीमा थिए । त्यतिबेला उनले भर्खरै खनेको माटो देखे । उनले तत्काल जमिनको तलासी लिन थाले, अचानक त्यहाँ विस्फोट भयो । त्यहाँ विस्फोटक पदार्थ राखिएको थियो । उनकासाथ रहेका अर्का एक जवान गम्भीर घाइते भएका छन् । उनको उपचार भैरहेको छ ।

गएको बिहीबार भारतीय सुरक्षाकर्मीको एक बसमा कारबाट आत्मघाति आक्रमण भएको थियो । विस्फोटमा ४२ जना भारतीय अर्ध सैनिक बलका जवानहरुको ज्यान गएको थियो । यसलाई सबैभन्दा घातक आक्रमण मानिएको छ ।

तपाईको प्रतिक्रिया