शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – फ्युगो नामक ज्वालामुखी विष्फोटका कारण ग्वाटेमालाका ४ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

एंटीगुआ शहरको दक्षिण पश्चिमी क्षेत्रमा ज्वालामुखीको लप्कासहित लाभाहरु फैलिदैं गएको बीबीसीले उल्लेख गरेको छ । गत जुनमा पनि ग्वाटेमालामा ज्वालामुखी विष्फोट हुँदा २ सय बढी मानिसको मृत्यु भएको थियो भने सयौं विस्थापित भएका थिए ।

तीव्र गतिमा फैलिएको खरानी र तातो ग्यासका कारण कयौं प्रभावित बनेका थिए । खरानी, ताता लाभा तथा आगोका लप्काह ३२ सय फिट भन्दा माथिको उचाइसम्म पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया