शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – उत्तर कोरियाले हालसालै विकसित गरिएको अत्याधुनिक हतियारको परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यमले नेता किम जोङ उनको उपस्थितिमा उक्त परीक्षण भएको शुक्रबार जनाएका छन् ।

परीक्षण गरिएको हतियार के हो र कस्तो छ भन्नेबारे खुलाइएको छैन । तर यो हतियार निकै रणनैतिक भएको किमका बुवा किम जोङ इलले नै बनाउन भनेको बताइएको छ । त्यसको परीक्षणका बेला किमले आफ्ना बुवालाई सम्झेको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ ।

यो वर्षको सुरूमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनसँग सीमावर्ती गाउँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा भएको शिखर वार्तापछि किम पहिलो पटक हतियारको परीक्षणमा उपस्थित भएका हुन् । दक्षिण कोरिया र अमेरिकासँगका शिखर वार्तामा  उत्तर कोरियाले आणविक कार्यक्रम रोक्ने र पूर्णअनआणविकीकरण हुने वचन दिएको थियो ।

आफ्नो देशमा भएका आणविक भट्टीमा अन्तर्राष्ट्रिय विज्ञलाई हेर्न दिन पनि ऊ सहमत भएको थियो ।

तपाईको प्रतिक्रिया