शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडाैं – अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखेता पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन । खोजीका क्रममा थप आठ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ५० पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले बताए । यसअघि ४२ व्यक्तिको मृत्यु भएको बताइएको थियो । अमेरिकी सञ्चारमाध्यमले विभिन्न स्रोत उल्लेख गरी अझ १०० भन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाएका छन् ।

बेपत्ता व्यक्तिका खोजी, उद्धार र आगो निभाउने कार्यमा हजारौ अग्नि नियन्त्रकहरू परिचालन गरिएका र उनीहरूले आफ्नो ज्यानको बाजी लगाएर उद्धार कार्य जारी राखेको सञ्चार माध्यमहरूले जानकारी दिएका छन् । जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ। समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरूपमा जंगलको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट खासगरी जंगलको आसपास बसोबास गर्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया