शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं । सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानका सडक सद्दे छैनन् । भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तार कार्य सम्पन्न नहनु, सवारीसाधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याँक्ने पुराना यातायातका साधन विस्थापन नहुनाले उपत्यकावासी वर्षौदेखि धुलो र धुवाँबाट आजित छन्  ।

धुलोका कारण बच्चादेखि वृद्धवृद्धासमेत प्रभावित भएको चिकित्सकहरूको भनाइ छ  । ‘अहिले वृद्धवृद्धा र तन्नेरी मात्र होइन, बच्चामा पनि दमको समस्या अत्यधिक पाइएको छ,’ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बमले नयाँ पत्रिकासँग भने, ‘धुलोले जनताको स्वास्थ्यमा यति गम्भीर असर गरेको छ कि यसलाई कसैले गम्भीरतापूर्वक लिएकै छैनन्  ।’ केही वर्षअघिको तुलनामा अस्पताल आउने श्वासप्रश्वासको समस्या भएका बिरामीको संख्या अत्यधिक बढेको डा. बमले बताए  ।

यस्तो छन् धुलो धुवाँबाट लाग्ने रोग
– श्वासप्रश्वासको समस्या हुन्छ
– मुटुरोग लाग्न सक्छ
– थकान महसुस हुन्छ
– टाउको दुख्ने र चिन्ता बढ्ने हुन्छ, आँखा चिलाउने, नाक चिलाउने, घाँटी खसखसाउने हुन्छ
– फोक्सो र फियोमा गम्भीर असर पुग्ने, प्रजनन क्षमताकम ह्रास आउने, रक्तसञ्चारमा समस्या हुने र पूरै स्नायु प्रणालीमा असर गर्छ
– गाउँघरका मानिसहरू दाउरा बालेको धुवाँबाट बढी प्रभावित हुन्छन् भने सहरी मानिसहरू धुलो, मोटर गाडी, कलकारखानाका विशाक्त धुवाँबाट बढी प्रभावित हुन्छन् ।
– छालाका रोग लाग्ने र विषाक्त, धुलो धुवाँका कारण क्यान्सरसमेत हुनसक्छ।
– दम, फोक्सोको क्यान्सर, अल्जाइमर्स र पार्किन्सन्स रोगहरू, मनोवैज्ञानिक जटिलता, अटिजम, आँखाका समस्या, कम तौलको बच्चा जन्मनेलगायतको समस्या हुन सक्छ ।

तपाईको प्रतिक्रिया