शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – खानाको डाइबिटिजसँग प्रत्यक्ष सम्बन्ध छ । यस्तै मोटोपना, हृदयाघात आदि पनि खानासँग सीधा सम्बन्ध राख्छन् । तर, मानसिक स्वास्थ्य र आहारमा के सम्बन्ध छ ? यो अध्ययनको गम्भीर विषयको रूपमा रहेको छ ।

मध्ययुगतिर मानिस आफ्नो मुड परिवर्तन गर्न विभिन्न खानाको प्रयोग गर्ने गर्दथे । रमाइलो मुड बनाउन र उत्तेजना ल्याउन अन्डा, बिउ, अनार, मयुरको प्रयोग गर्दथे ।

हालै अमेरिकामा रहेको न्युयोर्क ब्यघटन स्वास्थ्य र कल्याण अध्ययन नामक एक संस्थाको नेतृत्वमा गरिएको अनुसन्धानअनुसार वयस्क (३० वर्षभन्दा कम)ले अरूको तुलनामा तीन गुणा बढी फास्टफुड खान्छन् र तिनीहरू मानसिक रूपमा विचलित हुने गर्दछन् ।

फास्टफुडमा सामान्यतया फ्याटी एसिड उच्च रूपमा पाइन्छ र शरीरमा भ्रामक प्रतिक्रिया उत्पन्न गर्दछ । जुन चिन्ता र डिप्रेसनसँग प्रत्यक्ष जोडिएको छ ।

३० वर्षभन्दा माथिका वयस्कका लागि कम कार्बोहाइड्रेट र फलफूलले तनाव हटाउन महत्वपूर्ण भूमिका खेल्छ । विशेषगरी, फलफूलले मस्तिष्कको रक्षा गर्ने एन्टिअक्सिडेन्टको रूपमा काम गर्छन् ।

अध्ययनअनुसार सन्तुलित डाइटिङ दिमागका लागि महत्वपूर्ण हुन्छ । यस्तै, फ्याटी एसिड, खनिज पाइने खानेकुरा, भिटामिन बी, सी र ईबाट म्याग्नेसियम, फलफूल आदिको सेवनले सीधै मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ ।

तपाईको प्रतिक्रिया